Skip to content

पडकाएरै दीपावली र छठपर्व२०७२लाई बिदाइ गरियो


दीपावली र छट हिन्दूहरूको दोस्रो ठूलो चाड आयो र गयो । सधैं यी चाड आउछन र जान्छन् । यी पर्व दशैंभन्दा फरक पक्कै छन् । दशैंमा झै माछा मासू यी पर्वमा चल्दैनन् । अँझ छठ गर्नेहरूकहाँ त एक महिनादेखि माछा मासु बन्द गरिएको हुन्छ। एकातिर मासुको माग कम हुन्छ भने अर्कोतिर एक महिना भएनि केही प्राणीको आयु लम्बिन जान्छ र आयात पनि घट्न पुग्दछ । आयात घटेपछि देशमा मुद्रासंचिति हुन्छ र सो मुद्राले अन्य बस्तु पैठारी गर्न सकिन्छ ।

तर दशैमा यसको बिपरित हुन्छ । मासुको माग प्रशस्त बढदछ । देशको क्रय शक्ति कम हुन्छ । यी हिन्दूको चाड भएनि केही मुस्लिमले छठ चाहि मनाएको पाइन्छ जसले गर्दा समाजमा भेदभावमा कमी ल्याउनुका सथै एकत्वको भवना अभिवृद्धि गर्दछ । एक हिसावले यी पर्व पवित्रता र शुद्धताको प्रतिक मानिन्छ ।

नेपाल बाहिर पनि धुमधामसँग मनाइने यी पर्वमा गाउँ शहर नजिकका नदी तलावहरू र बाटोघाटो पनि सफाइ गरिनुका साथै जताततै उज्यालो र झिलिमिली पारिएको हुन्छ । वर्षायाममा फोहर भएका तलाउहरू सफा मात्र बनाइदैन रङग लगाएर झकिझकाउ पनि बनाइन्छ । त्यतिमात्र हैन गाउँ वा शहरका सबै परिवार विनाभेदभाव एकै स्थानमा बसी छठीमाताको आरधना गर्ने गर्दछन् । दीपावली चाहि मारवाडी समुदायमा विशेषप्रकारले गर्दछन् भने छठचाहि सबैले एकै प्रकारले ।

दीपावलीमा दीपको विशेष महत्व रहन्छ र यसको अर्को अर्थ आफू भित्र भएको अन्धकारलाई हटाउनु र सफा गर्नु पनि हो । छठको चाहि कुनै चाहेको मनोकामना पूर्ण भएमा वा त्यसप्रकारको माग पूरा गराउन सूर्य भगवानलाई आरधना गरिन्छ । सूर्यदेव पनि प्रकाशसँग सम्बन्धित नै छन् । सूर्यदेवको छठमा ठूलो महत्व रहेको छ । यस्तो पवित्र पर्वको केही अवगुण पनि छन् । यो पर्व पहिले अत्यन्तै सतर्कतासाथ मानाइन्थ्यो तर आज भोलि भने केही बिकृति पनि भित्रिएको छ । एकातर्फ मासुको मागमा त केही कमी गरेको पक्कै छ तर अर्को तर्फ पटाका अत्यधिक भित्रिन थालेको छ । यस्ता विस्फोटक पदार्थले स्वास्थ्यमा असर पार्न सक्दछ भने स-साना नानीहरूको मस्तिष्कमा र कमजोर मुटु भएकाहरूलाई असर पुर्‍याउन सक्दछ ।

आफ्नो देशमा उत्पादन नहुने हुनाले भारतबाट आयात गर्दा बिदेशी मुद्रा बहिर्गमन हुन जान्छ । पटका पट्काएर धर्म कदापि हुदैन बरु नाश नै हुनेहो । दीपावली र छठका रात तराइमा सुत्न सकिदैन पटकाका आवाजले । यसलाई फोड्नुलाई सान र रमाइलो मान्ने बिकृति भित्रिनुले आउने पुस्तामा चिन्ताको विषय भएको छ । यसपाली नेपालको तराइमा लगाएको अघोषित नाकाबन्दीका कारण अभाव र महगींका बावजुत पनि मुश्किलले घर घरमा दीप जले, नदीनाला सिङगारिए, बन्दकर्ताले केही खुकुलो बनाए आवत जावत केही सहज भयो । ठूला राज्यलाई अघोषित नाका बन्दीले सामान निकासी पैठारीमा खासै चासो छैन र हुदैन पनि । समुद्रसँग सीमा जोडिएका देशलाई भूपरिवेष्टित देशमा सानो अर्थको सानो सिर्का रोकिएर केही फरक पर्दैन । कुनै बस्तु सड्नगल्न लाग्यो भने चाहि १/२ बटा इन्धनका ट्यांकर र ग्यासका बुलेट मिसाएर पठाएसि कसरी नाका बन्दी भन्नु र ? हामी यति पनि बुझ्दैनौ कि सडेगलेका माछा आलुमै लोभिन पुग्द छौं ।

चाड पर्वको अर्को अर्थ हुन्छ समाजमा एक आपसमा मिल्नु,भेदभाव नगर्नु, धुलो मैलो फाल्नु, सफासुग्गर पार्नु, सामूहिक्ता, समर्पण र एकरुपता आदि आदि । आफ्नो देशमा जे उपलव्ध छ त्यही प्रयोग गर्नु पर्छ, जस्तो माटाका प्यालामा तेल राखेर बालिने दीप, त्यो पनि भएन भने केराको सुप्लामा बालिन्थ्यो पहिले पहिले । तर उज्यालोमा कमी आएको थिएन । पोखरी, तलाउ नदी सफा थिए स्नान गर्न लायक पनि थिए तर आज त्यो छैन । मैन बत्ती र विजुलीको झिलिमिली पार्न थालियो । त्योभन्दा पनि बिडम्बना त पहिले पटका पट्काइन्न थ्यो, पट्काइ हाले पनि १/२ वटा साना खाले पट्काइन्थ्यो । तर आज भोलि पटका फोडिएन भने दीपावली र छट नै हैन भन्ने अवस्था भै सक्यो। अविभावकले पनि रोक्न नसकिने अवस्था देखिन थालेको छ ।

दीपावलीमा तराइका प्राय हरेक घरमा पट्काइन्छ भने छटमा गाउँ र नदी तलाउहरूमा पटका पट्काइन्छ । हामीले बुझ्ने कोशिस गरेनौ वा बुझ्न सकेनौं यो पटका कहाँ बन्छ ? र पटकाएर के फाइदा हुन्छ भनेर । यसको पछाडि संचार माध्यम र सरकारले यथेष्ट संदेश यस विरुद्ध प्रचार प्रसार हुन सकेको छैन ।तर यस्तो बन्दीमा पनि, नेपालीको प्रत्यक्ष दैनिन्दियमा असर पर्ने दवाइ,इन्धन र ग्यास छिमेकीले पठाएन । समाजलाई हानी पुर्‍याउने, स्वास्थ्यमा असर पर्ने बस्तु नेपाल भित्रियो । हुने नहुने हरूका पसीनाबाट संकलित मुद्रा विदेशिए हाम्रो भलो होला त ? यसमा खै हाम्रो चियो र चासो ? आफ्नो देशमा उत्पादन नहुने बस्तु पटकाएर के फाइदा, यदि कुनैको आँखामा पर्‍यो भने अन्धो हुन्छ र भएका पनि छन् । त्यस्तो बस्तुलाई तराइमा प्राय हरेक नेपालीले घरघरमा भित्र्याउनु राम्रो होला त ? सीमा नाका र अन्य बाटोका सुरक्षाकर्मीले रोकेर नरोकिने,छेकेर नछेकिने, थुनेर नथुनिने कस्तो बस्तु होला यो ?

हाम्रो करोडौं रुपैया हावामा उडाइएको छ । खास गरी नेपालको मध्ये क्षेत्र धनुषा,महोत्तरी, सर्लाही,रौतहट, बारा र पर्सामा यसको ठूलो प्रयोग भएछ । दीपावलीको साँझ र छटको रातभरि जस्तो विष्फोटनले हामी र हाम्रा नानीहरूमा कस्तो असर गर्ला ? आँकलन गर्न सकिन्छ । भोलिपल्ट देखी कम भएको छ । उक्त दिनको साँझ र राती पछि आन्नदले सुत्न सकिएको छ । यदि लक्ष्मीजी र छटीमाता पटकाले खुशी हुने भए हरेक सालभन्दा यसपाली बढी नै फुटेको छ खै त सुख शान्ति र सम्पन्नता आएको ? झन अभाव र कँगालपन हुदैछ ! अब नसोचे कहिले सोच्ने,हामीले नसोचे कसले सोच्ने ? सलाई र पटकाले कसलाई फाइदा पुगेको छ ? पटका नकिनी दिदां कुन घर,गाउँलाई के चाहि हानी नोक्सानी भएको छ त ? कमसे कम पटका किन्नलाई हामी लेपालीले बहिष्कार गर्‍यौं भने पनि त्यो पैसाले कति दवाई किन्न सकिन्थ्यो होला सोचौं त एक पटक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *