झरेर गए ती दुई तारा


झरेर गए ती दुई तारा, आउलान् र फेरि उदाउन
सेवक थिए यस धर्तीका, कठीन छन् ती अब पाउन ।।

प्रेमनारायण सर्लाहीका, थिए दोलखाका जनार्दन ।
वैदिक संस्कारका व्याख्याता, देशका धुरन्धर विद्वान।।

धनी तीक्ष्ण बुद्धि विवेकका, र थिए दुवै सन्त ब्रह्मण ।
दिए संस्कृत भाषा – गीताका, ज्ञाता भै बैज्ञानिक प्रमाण ।।

लिन सतमार्ग हामीलाई, र सन्त गुरुजन देखाए ।
ती गीता-भागवत कथाका, जानी अमृतपान चखाए ।।

भाषा जे बोलौ छैन फरक, मल जल संस्कृतको गरौं ।
खोले संस्कृत ग्राम दोलखा, विश्वास स्वधर्मकै परौं ।।

आशा थियो वर्ष केही अँझै, सेवा दिने छन् यस धर्तीमा ।
आयो टप्प टिप्यो लग्यो मिति, पुग्यो शोकमात्र हो व्यर्थमा ।।

थियो विशेष सन्त मिलन, क्या भाग्यमानी म ठान्दछु ।
जुट्यो फुट्यो पाउन कठीन, दुर्लभ अब त्यो म मान्दछु ।।

कणकण बुझे तव पाए, जन जन बाडें निस्वार्थ भै ।
जगेर्ना विस्तार गर्न पथ, त्यो लागौ अब घरघर गै ।।

भेटिन्न भागवत कथाहा, हरुमा यी सधैं लगाउथे ।।
ज्ञान बाट्न गाउँगाउँ सन्त, विद्वान खोजीखोजी हिड्दथे ।।

अमूल्य निधि यस देशका, थिए ती वैभवशाली जोर ।
प्रातकालीन कान्तिपुरमा, अब सुनिन्न त्यो मीठो स्वर ।।

हाम्रो मन मस्तिष्कमा बसी, गए ती भवसागर तरे ।
शिक्षा भाषा धर्म संस्कृतिको, आजीवन सत्प्रयास गरे ।।

दुर्घटना र घटना थियो, वियोग नजानी पार्दैन त्यो ।
बिन्ती जति गरे पनि अव, ईश्वर किन त्यही मान्दथ्यो ।।

झरेर गए ती दुई तारा, आउलान् र फेरि उदाउन
सेवक थिए यस धर्तीका, कठीन छन् ती अब पाउन ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *