बाह्रमहिना दिन बाह्रको म त पनाती,
नाती, छोरा, भाइ सबैको हूँ म जाति !!
काखमा जान्छु, खेल्छु हल्लाई हात खुट्टी,
भावले बोल्छु, सुन्छु म त्यो हातको चुट्की ।।
माँको न्यानो काखहरुमा, घुम्ने चाह मेरो,
नराख भइमा, मलाई त्यो चकटी छैन प्यारो ।।
बाह्रै चोटी खान्छु, सुत्छु, उठ्छु बाह्रै प्रहर,
बाह्रै पटक सु-आची हुन्छ नानामा हैन रहर ।।
बाह्र बाह्रैको कामले बित्छ बाह्र बाह्र !
को ठूलो-सानु, वर-पर म देख्छु बराबर ।।
बाँ-बाँ, चरी-सुरी, कुरी ती सव साथी मेरा ,
मामा-पापा, काका-काकी सव हुन प्यारा ।।
बुबु भए हुन्छ मिठो के को भन्ने हैन ,
माया गर्ने हात खोज्छु, कसको भन्ने छैन ।।
एया भए झि- फू गरि दिनु रुनु मेरो काम,
मुस्कुराउछु दिन-बिहान मेरो सधै प्रणाम ।।
