अभावै अभावको दशै २०७२ को छ शुभ कामना
छैन इन्धन, वर पर आफन्तहरूकहाँ, गइ रमाउन
भाउ बेसा दोब्बर भयो, यहाँ सकिएन दशै मनाउन
उता भूकम्प गयो, यता तराइ बन्द, सकिएन चलाउन
अभावै अभावको दशै २०७२ को छ शुभ कामना
तर्क र आशा सवले गरे, खै त आपूर्ती टरेको
परार गयो, पोहोर गयो दशै, योपाली जाने नै भो
न खसी- भेडा, च्याग्रां आयो, न खुले सुपथ पसल
न चले सवारीहरू, न खेती पाती भए सफल
यो छैन, त्यो छैन, लुट्ने लुटिरहेकै पाइन्छ
बिगार्नेहरूलाई देश भाँडमै गए पनि स्वार्थ चाहिन्छ
मुश्किल छ चूलो बल्न यहाँ हुने हरूकाहां पनि
लाउने,खाने नहुने भयो, कमाउने हरूका पनि
बाँच्न जान्नु पर्छ अभावको, घेरा बीचमा पनि अब
बैकल्कि उर्जाको जोहो गरी, कम गरौं आयात सव
साटौं शुभकामना आफन्तबीच सधैं स्वाभीमान बनी
बाचौं नेपाली, स्वावलम्बी, पौरखी र इमान्दार बनी
