Skip to content

मानस तीर्थको महत्व

  • by
DivyaDeepDahal

एक पटक अग्स्त्यमुनिले लोपामुद्रासँग भन्नुभयो, “निष्पापे! म त्यो मानसतीर्थको वर्णन गर्दछु, जुन तीर्थमा स्नान गरेर मनुष्य परम गति प्राप्त गर्दछ, त्यसलाई सुन ।”

सत्य, क्षमा, इन्द्रिय-संयम, सबै प्राणीहरुप्रति दया, सरलता, दान, मनको दमन, सन्तोष, ब्रह्मचर्य, प्रिय भाषण, ज्ञान, धृति र तपस्या-यी प्रत्येक एक एक तीर्थ हो । यसमा ब्रह्मचर्य परम तीर्थ हो । मनको परम विशुद्धि तीर्थको पनि तीर्थ हो । जलमा डुबुल्कि लगाउनेको नाम मात्र स्नान हैन जसले इन्द्रिय-संयमरुप स्नान गरेको छ, त्यही स्नान हो र जसको चीत्त शुद्ध भएको छ, त्यही पवित्र हो ।

जो लोभी, कुरौटे, निरदयी, दम्भी र विषयहरुमा आशक्त छ, त्यो सबै तीर्थहरुमा राम्रोसँग स्नान गरेर पनि पापी र मलिन नै रहन्छ । शरीरको मैलो उतार्नाले नै मनुष्य निर्मल हुदैन । मनको मैलो निकालेपछि मात्र भित्रबाट सुनिमेल हुन्छ ।

जलजन्तु, जलमा नै जन्मन्छन् र जलमा नै मर्दछन्, परन्तु ती स्वर्गमा जादैनन्, किनकि उनका मनको मैल धोएको हुन्दैन । विषयमा अत्यन्त राग नै मनको मैल हो र विषयहरुसँग वैराग्य हुनु नै निर्मलताहो ।

“चित्त” भित्रको वस्तु हो त्यो दुषित रहेमा मात्र तीर्थ स्नानले शुद्ध हुदैन । शुराभाण्ड (एक प्रकारको जलजीव)लाई चाहे सय पटक जलले स्नान गराए पनि त्यो शुद्ध हुदैन । त्यो अपवित्र ने रहन्छ ।

त्यस्तै जबसम्म मनको भाव शुद्ध हुदैन तवसम्म उसको लागि दान, यज्ञ, तप, शौच, तीर्थसेवन र स्वाध्याय – सबै अतीर्थ हुन्छ । जसको इन्द्रियहरू संयममा छ त्यो मनुष्य जहाँ रहे पनि उसकोलागि त्यहीं कुरुक्षेत्र, नैमिषारण्य र पुष्कारादि तीर्थ विध्यमान रहन्छ ।

ध्यानले विशुद्ध भएको, राग-द्वेषरुपी मलको नाश गर्नेवाला ज्ञानजलमा जो स्नान गर्दछ त्यही परम गति प्राप्त गर्दछ ।

सभार- जीवनचर्या अङ्क ।
वर्ष ८४, संख्या १ पृष्ठ ४९/५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *