जहाँ प्रेम हुन्छ, त्यहाँ नियम हुँदैन । जहाँ नियम हुन्छ, त्यहाँ प्रेम हुँदैन । अर्थात् प्रेमको कुनै सीमा स्तम्भ, कुनै संविधान हुँदैन । जे पनि जायज र सम्मत नै ठहरन्िछ । युद्धलाई पनि त्यस्तै भनिन्छ । सबै सम्भव हुन्छ भनिन्छ युद्धमा । अर्थात्, युद्धको कुनै गणित र सूत्र हुँदैन, ठ्याक्कै लागू हुने ।