Skip to content

नेपाल साप्ताहिक

आखिर किन लेख्छु म ?

  • by

“तपाईं किन लेख्नुहुन्छ?” पत्रकारले बारम्बार सोध्ने प्रश्न हो यो। केही घटना, विषय या उद्देश्यभित्र कतै स्पर्श गर्छ, विचार एवं भावनाहरू उद्वेलित हुन्छन्, तिनलाई व्यक्त गर्न नपाउञ्जेल एकप्रकारको छटपटी, पीडाजस्तो अनुभव हुन्छ। त्यही पीडा र उकुसमुकुसबाट मुक्त हुन म लेख्ने गर्छु।

नीला आँखा भएकी केटी

  • by

नेपाल साप्ताहिक ४४२जीवनमा कहिलेकाहीँ विगतका घटना वा आइलागेका प्रसंगहरू स्मृतिपटलबाट हट्दा रहेनछन्, बिर्सिइँदा पनि रहेनछन् । हामी ती घटना वा प्रसंगहरूको सम्झना गरौँ नगरौँ तर ती मानौँ यादहरूको भुमरी बनेर हामीभित्रै पत्र-पत्रजस्तो टाँसिएर बसेका हुँदा रहेछन् ।

नयाँ वर्ष

  • by

ए तँ त नयाँ वर्ष तँ फेरि आइस्
न त गरिबको पेट भराइस्, न त महँगी घटाइस्
खालि डर, त्रास र भय मात्र ल्याइस्
ल भन् त नयाँ वर्ष तँ फेरि किन आइस् ?

अविस्मरणीय अर्ती

  • by

हिजोआज जबजब म रेडियोबाट रामकृष्ण ढकालको सुमधुर स्वरमा घन्कँदै गरेको एउटा गीत सुन्छु, तबतब निकै गम्भीर रूपमा त्यसबाट प्रभावित हुने गर्छु। यस गीतको सुरुका दुई हरफ यस्ता छन् :

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् !
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् !

आघोरीहरू

  • by

राति कतिबेला हो, त्यो थाहा भएन। तर, त्यो एउटा मुसो पानीको बाल्टीमा खसेर मरेछ। छप्ल्यांग आवाज आएको पनि सुनिएन। सायद पानी ‘साइलेन्ट किलर’ बनिदिएछ। पानीले भरिएको बाल्टी ढाक्नुपर्ने थियो। प्रचार पनि यही गरिन्छ अर्थात् स्वास्थ्यका लागि पानी ढाकेर राख्नुपर्छ। सजिलो कुरो हो, पानी ढाक्नुपर्छ भन्नु।

म अब भूमिका लेख्ने छैन

  • by

यो कुनै महावाणी वा सोसरहको आप्तवचन भने होइन तर पनि यसो भन्नाको कारण भने छ। के छ भनेर प्रश्न नगरिए पनि सोच्न भने सकिन्छ। यो एउटा सम्बन्धबाट प्राप्त निराशाको सुस्केरा हो। कसरी?

कसरी कवि भयौ त ?

  • by

सेमिनार सुरु हुनै लागेको रहेछ। ढोका खोलेर म सुटुक्क भित्र पसेँ र सबैभन्दा पछाडिको लाइनको खाली सिटमा गएर बसेँ। यहाँ गैरमातृभाषामा लेखिएको साहित्यसम्बन्धी आफ्ना अनुभवहरू दुई जना साहित्यकारहरूले सुनाउने कार्यक्रम थियो।

खगेन्द्र सर

  • by

यसपालि खगेन्द्र सरलाई देखेँ मैले। खगेन्द्र सरलाई नदेखेको १८ वर्ष भइसकेको थियो। बुझाएर पढाउनुपर्दा र बुझाएर पढाउनेहरूको कुरा चल्दा खगेन्द्र सरको आकृति मेरो आँखाअघि उभिन्छ। खगेन्द्र सरको आकृति उभिएपछि म पनि मिहिनेत गरेर पढाउन थाल्छु।

अयोग्य

  • by

गोधूलि साँझले त्रिशूलीको पानी सुनजस्तै टल्किरहेको थियो। हिउँदको याम, त्रिशूली शान्त भएकाले पनि पानीले टल्कने मौका पाएको थियो।

पाँच मुक्तक

  • by

छिमेकी
छिमेकीहरू हाम्रो साँध आफूतिर तान्छन्
हामी चिया प्यूँदै चियापसलमा
छिमेकीलाई गाली गर्छौं
साथीहरू दिनरात हाम्रो खुट्टा तान्छन्

आमा बन्ने रहर

  • by

रात परिसकेको थिएन, बत्ती भने बलिसकेका थिए। “के छ हालखबर यार !” अलि हतारिँदै हिक्मत आइपुग्यो। विशाला केही पहिले आइपुगेकी थिइन्।

चल्तीको भाषामा, उनीहरू गर्लफ्रेन्ड-ब्यायफ्रेन्ड हुन्।

भ्रमको रात र सम्भावनाको विश्वास

  • by

जहाँ प्रेम हुन्छ, त्यहाँ नियम हुँदैन । जहाँ नियम हुन्छ, त्यहाँ प्रेम हुँदैन । अर्थात् प्रेमको कुनै सीमा स्तम्भ, कुनै संविधान हुँदैन । जे पनि जायज र सम्मत नै ठहरन्िछ । युद्धलाई पनि त्यस्तै भनिन्छ । सबै सम्भव हुन्छ भनिन्छ युद्धमा । अर्थात्, युद्धको कुनै गणित र सूत्र हुँदैन, ठ्याक्कै लागू हुने ।