फेर्नुपर्ने संस्कार छ आफ्नो

  • by


फेर्नुपर्ने संस्कार छ आफ्नो
नयाँ नौलो विचार छ आफ्नो ।

देखी सहँदैनन् जो अरूको प्रगति
उसलाई नि नमस्कार छ आफ्नो ।

नधाएर मन्दिर कहाँ जाऊँ म ?
बैगुनी सारा यार छ आफ्नो ।

जुधेदेखि फेरि नजर कसैसित
बिग्रेलाजस्तो घरबार छ आफ्नो ।

के हुन्छ कुन्नि अरूलाई प्रेममा ?
असम्भवप्रायः उपचार छ आफ्नो ।

कल्पनामा बनेको त्यो घर एउटा
नलिने कैले आकार छ आफ्नो ।

लाग्यो नशा जब यो स्वाभिमानको
पँहुचबाहिर प्रचार छ आफ्नो ।

नदेख्ने कोही अन्याय अत्याचार
नसुन्ने कोही पुकार छ आफ्नो ।

नेपाल साप्ताहिक ४३७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *