Skip to content

नेपाल साप्ताहिक

कुसंस्कारप्रति आभार

  • by

आज अचानक मलाई मेरो संस्कारप्रति गर्व हुन थालेको छ। हिजोका दिनमा हाल मैले मिल्काइसकेका कतिपय संस्कारहरूमा कु जोड्ने गरेका मेरा शुभचिन्तकहरूको मथिंगलमा कान्छो छोरोलाई अह्राएर सू गराइदिन मन लागेको छ। त्यस्ता थुप्रै संस्कार, जसलाई मैले साथीहरूको लहैलहैमा लागेर कुसंस्कारको तमगा भिडाउँदै पन्छाइदिएको थिएँ, ती सबै कन्टेनरबाट खोजीखोजी ल्याउँदै मलाई चाँदीको फ्रेममा सजाउन मन लागिरहेको छ।

भो आमा !

  • by

धमिरा बनेर आफ्नै सन्तानहरूले
खोइरो खन्न थालेपछि
खोक्रो रित्तो कमजोर काया लिएर
जीर्ण खम्बाहरूको आडमा भाँचिएका डाँडाभाटा गन्दै

टाटा सुमो हाईवे

  • by

बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने निम्तो पाएको थिएँ मैले। पुग्नुपर्ने थियो हेटौँडा बजार। सिमराको पहिलो उडान गुण एयरवेजको रहेछ बिहान १० बजेको। काठमाडौं-सिमरा यात्राको समय १२-१५ मिनेटको मात्र हुने भएकाले जहाजबाटै जाने निश्चय पनि गरियो। बेलैमा उड्न पाए ढिलोमा पनि साढे ११ बजे त हेटौँडा पुग्ने टुंगै थियो। कार्यक्रम २८ मंसिर ०६७ को थियो।

महिला मनोविज्ञानको चित्र

  • by

स्वास्नीमानिसहरू प्रेमका पाठशाला हुन्, मेरो जीवनमा पाठशाला बनेर उभिएका ती प्रिय स्वास्नीमानिसहरूलाई…

पत्रकारिता गर्दागर्दै साहित्यकार बनेका मणि लोहनीले आफ्नो कथासंग्रह परास्त प्रेम स्वास्नीमानिसहरूलाई समर्पण गरेका छन्। कुन्नि कति स्वास्नीमानिसको प्रेम पाउन सफल भए मणि?

पुराना तर गजबका सन्दर्भ

  • by

पञ्चायतको उत्सर्गकालमा नेपाली पत्रकारितामा सबैभन्दा बढी पढिने तीन स्तम्भहरू थिए। साप्ताहिक मञ्च र पछि साप्ताहिक विमर्शमा जनार्दन आचार्यको ‘समय-समय’, जुन अहिले पनि नेपाल साप्ताहिकमा निरन्तर छ। त्यसपछि पढिने स्तम्भ थियो, यिनै पत्रिकामा विजयकुमार पाण्डेको ‘आदि-इत्यादि’।

गजे घलेको गाउँ

  • by

कृष्ण आचार्य/बारपाक(गोरखा)

घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक गोरखा सदरमुकामदेखि एकदिनको पैदल दूरीमा पर्छ। सार्वजनिक सवारीसाधन प्रयोग गरेर जानेहरूका लागि छ देखि आठ घन्टा लाग्छ। निजी सवारी लिएर जानेहरू चारदेखि छ घन्टामै पुग्न सक्छन् बारपाक।

रुपान्तरण

  • by

सहकारीको अर्थ सहकार्य, आर्थिक-सामाजिक रूपान्तरणको आधार। थोरै-थोरै रकम नियमित रूपमा जम्मा गरेर सामूहिक कार्य गर्ने थलो। यस सहकारीमा तपाईं-हामी सबैले सदस्यता लिनुपर्छ र हामी आफैँले आफ्नो रूपान्तरण गर्ने जग बसाल्नुपर्छ।” जीवन सरले हामी सबैलाई नियाली-नियाली मधुर मुस्कानसहित प्रस्ताव राख्नुभयो। जीवन सर कुनैबेला हाम्रा राजनीतिक नेता पनि हुनुहुन्थ्यो। जीवन सर हामीमध्ये कतिका स्कुलका गुरु पनि हुनुहुन्थ्यो। उहाँको प्रभावकारी प्रवचनलाई नकार्न र तर्क गर्ने हामीसँग हिम्मत र खुबी दुवै थिएन, हामीले जीवन सरको प्रस्ताव पारित गर्यौँ।

हिउँ र म

  • by

झ्यालको पारदर्शी काँचबाहिर परेको
हिउँसँग रात झरिरह्यो।
भित्ताबाहिर खोपामा बास बसेको परेवा
साथ छुटेर हो वा एक्लोपनामा
रातभर घुरिरह्यो, म ब्यूँझिरहेँ।

इनरहार्बरको नयाँवर्ष

  • by

अबको केही घन्टापछि सुरु हुनेछ अर्को नयाँ वर्ष ! अर्थात् नयाँ वर्ष सन् २००८। हामी त्यहाँ महान् समयको उल्लास-उत्सवमा मिसिन पुगेथ्यौँ, डाउन टाउन। मेरील्यान्ड राज्यको मुख्य सहर बाल्टिमोर। यसै त सधैं हिस्सी पर्दो र गगनचुम्बी महलको सौन्दर्यले मोहनी लाउने बाल्टिमोर यतिखेर थियो, झिलीमिली उज्यालोले झकीझकाउ। साताभरि सास न बास भएर काम गर्ने अमेरिकीहरू नयाँ वर्षलाई छातीभरि थन्काउने चटारोमा देखिन्थे झन् व्यस्त।

पुतली युद्धकी ढाल

मेरी बहिनी पुतली १२ वर्षकी भई । अझै पनि उसमा बालापन गएको छैन । ऊ पुतलीजस्तै छुनमुन छुनमुन नाच्छे । जिस्कन्छे । ऊ दिनहुँ मलाई जिस्काउँदै भन्छे, “दाइ मलाई भाउजू ल्याइदेऊ न ।” म झन् उसलाई जिस्काउँदै भन्छु, “धत् मोरी ! मलाई यस्तो भन्छेस् । बरु तँलाईचाहिँ ज्वाइँ खोजेर पठाइदिन्छु ।”

एउटा यक्ष प्रश्न काठमाडौंलाई

  • by

राणाकालीन गाउँको गर्जमान ठालूजस्तो
जाबो दसहाते पटुकीको पगरी पहिरिएर
हामी पूर्व मेची र पश्चिम महाकालीमाथि
जंगे हैकम चलाउने
ए को हो, त्यो काठमाडौँ ?

मैले देखेका ‘फाइभ स्टार’

  • by

म साधारण परिवारमा जन्मेँ-हुर्कें। अर्को शब्दमा भन्दा म सडकछाप मानिस हुँ। मेरो शिक्षादीक्षा पनि साधारण देहाती विद्यालय र गाउँले परिवेशमा भएको हो। म जन्मिँदा शिक्षाको प्रकाश मेरो गाउँसम्म पुगेको थिएन। मेरो जिल्ला सर्लाहीमा सम्भवतः एउटा पनि हाइस्कुल थिएन। मेरो छिमेकी गाउँमा एउटा ‘मिडल’ स्कुल थियो, जहाँ ७ कक्षासम्म पढाइ हुन्थ्यो।

देश र नागरिकता हराएर

  • by

ड्यासमा एउटा असांस्कृतिक पर्वको रिहर्सल भइरहेको छ। तयारी उत्सवमय छैन। कसैको विशिष्ट प्रवेश र कसैको ससम्मान बहिर्गमनलाई समारोह बनाउन सकिन्छ। यो त्यही समारोह हो, जहाँ न्यूनतम आवश्यकताका पात्रसंख्यामा यस्तै केही भइरहेको छ।

क्रस रोड

  • by

“मिस्टर मोरिस…मिस्टर मोरिस…!” म ओछ्यानबाटै चिच्याएँ।

“के भयो ? टेबल ल्याम्प ननिभाई सुत्नुपथ्र्यो नि !” ऊ मेरो कोठासँगै जोडिएको कोठाबाट बोल्दै निस्कियो र मेरो कोठाको बत्ती बालिदियो।