बेलुकाको बसबाट कार्यक्षेत्रतर्फ प्रस्थान गर्दा धादिङको गजुरीमा बस टक्क रोकियो । सडक दुर्घटनामा बालिकाको मृत्यु भएकाले यातायात बन्द भएको रहेछ । रातभर िबाटो खुल्ने आशामा बित्यो । बिहान भयो तर बाटो खुल्ने कुनै छाँटकाँट नदेखेपछि हामी गजुरी बजारतर्फ लाग्यौँ । करबि ९ बजिसकेको थियो, एउटा सानो चिया पसलमा हातमुख धोई चिया पिएर घटनास्थलमा पुग्यौँ । घटनास्थलमा सेतो कपडाले छोपेको सानो शिशुको लास र छेउमा दुईवटा माटाका घैँटा घोप्ट्याएर राखिएको हृदयविदारक दृश्यले मनलाई भावविह्वल बनायो ।

नजिकैको घरको पेटीको बेन्चमा म थचक्क बसेँ । एकैछिनमा बसका यात्रीहरूको ठूलो भीड नारा लगाउँदै प्रहरी पोस्टतर्फ बढ्दै गयो । ‘अनिकालमा बीउ जोगाउनु, हूलमुलमा जीउ जोगाउनु’ भन्ने उक्ति सम्भ”mदै म नजिकैको घरभित्र पसेँ । त्यस घरकी छोरीसँग घटनाबारेमा जानकारी लिने विचार गरेँ । गजुरी बजारको तामाङ परविारकी अढाई र चार वर्षकी दुई छोरीहरू खाना खाएर करबि दुई सय मिटर तल अर्को घरमा सुत्न जाँदै गर्दा काठमाडौँदेखि सिन्धुलीतर्फ गइरहेको बसले अढाई वर्षकी सानी नानीलाई ठक्कर दिँदा घटनास्थलमै बालिकाको मृत्यु भएको रहेछ । स्थानीय युवाहरूले चालक र बसलाई कब्जामा लिनुका साथै बालिकाको लासलाई सडकमा राखेर बाटो अवरुद्ध गरेका थिए । पीडित पक्षद्वारा क्षतिपूर्तिस्वरूप १० लाख रुपियाँ माग गरएिपछि कुरा नमिलेका कारणले सडक अवरुद्घ भएको रहेछ ।

‘बालबालिकाहरूलाई अग्रपंक्तिमा राख !’ अर्थात् बालबालिकाको हकअधिकारको संरक्षण, सम्वर्द्धनबाट नै नयाँ नेपालको निर्माण सम्भव हुने हुनाले सरकारले ‘सुनिश्चित बालअधिकार, नयाँ नेपालको पूर्वाधार’ भन्ने नारा अघि सारिएको हो । बालअधिकारको संरक्षण गर्भधारण प्रक्रियादेखि सुरु गरनिुपर्छ, बालबालिकाहरूको जन्मसँगसँगै उनीहरूको वृद्धि र चौतर्फी विकासका निम्ति राज्यले बालमैत्री वातावरण निर्माण, सुत्केरी आमाहरूको स्वास्थ्यको उचित व्यवस्था गर्न र शिशुहरूको हेरचाह गर्न आवश्यक व्यवस्था गर्नुपर्छ । यसैगरी, आमाबाबुले आफ्ना सन्ततिको उज्ज्वल भविष्यका निम्ति शिशु अवस्थादेखि नै उचित स्याहार, रेखदेख र बात्सल्य प्रदान गर्नुपर्छ ।

आफ्ना बालबालिकाहरूको रेखदेख र हेरचाहमा अभिभावकले कम ध्यान दिनु, राजमार्गमा घरआँगनमा जस्तै बालबच्चाहरूलाई दौडिन, खेल्न र उपि|mन दिनुजस्ता गम्भीर त्रुटि र लापरबाहीका कारण सडक दुर्घटना हुने र यसबाट बालबालिकाहरू बढी प्रभावित हुने गरेको पाइन्छ । प्रभावकारी कानुनको अभावमा कतिपय घटनाहरूमा गाडीको ठक्करले सामान्य घाइते हुँदा पनि गाडी पछाडि फर्काई घाइतेलाई किचेर ज्यान लिनेजस्ता जघन्य अपराधमा चालकहरू नै सहभागी हुने गरेका दृष्टान्त छन् ।

यस्ता घटनाका कारण एकातिर पारविारकि पीडाले अभिभावक मूर्छित हुन्छन् भने अर्कोतिर घटनाको कानुनी उपचारतर्फ भन्दा स्थानीय युवाहरू प्रतिशोधको भावना लिई यातायातका साधनहरू तोडफोड गर्ने र सडक अवरुद्ध गर्ने क्रियाकलापले थप धनजनको क्षति हुने गर्छ । राजमार्गमा हुने यस्ता घटनाका कारण चक्काजाम संस्कृतिको विकास भएको छ । सडक अवरुद्ध हुँदा हजारौँ यात्रुहरू गन्तव्यमा पुग्न नसकी बिचल्लीमा परेका हुन्छन् भने गन्तव्यमा पुर्‍याउनुपर्ने कतिपय सामग्री बाटैमा कुहिनुका साथै अलपत्र पर्छन् । यसले गर्दा समग्र अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । यात्रामा रोकिएका बिरामी, वृद्धवृद्धा, केटाकेटीहरूलाई सहयोग गर्नुभन्दा बासी खाना, अत्यावश्यक वस्तुहरू -चाउचाउ, बिस्कुट, नम्किन, पानी)को अनियन्त्रित मूल्यवृद्धि गरी बेच्ने मौकावादी व्यापारकि प्रवृत्तिका कारण जीवन थप कष्टकर हुने गर्छ । यस्ता घटनालाई अवसरका रूपमा लिई लुटपाट, चोरीजस्ता सामाजिक अपराधका घटनाहरू गराउने जमात पनि सक्रिय हुने गरेको पाइन्छ । फलतः बालबालिकाको बाँच्न पाउने तथा संरक्षित हुन पाउने अधिकारसमेत हनन हुनपुग्छ ।

बालअधिकार संरक्षणका लागि नेपालले सकारात्मक कदमको थालनी गरेको छ । नेपालको अन्तरमि संविधान-२०६३ ले बालअधिकारलाई मौलिक हकका रूपमा स्थापित गर्नुका साथै अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि १९८९ लाई अनुमोदन गरी पक्ष राष्ट्र बनेको छ । यसै परपि्रेक्ष्यमा नेपालले बालअधिकारलाई संरक्षण गर्न बालबालिकासम्बन्धी ऐन-२०४८ निर्माण गरी लागूसमेत गरेको छ । सोको कार्यान्वयनका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको स्थापना भएको छ र केन्द्रीय स्तरमा केन्द्रीय बालकल्याण समिति तथा जिल्लास्तरमा जिल्ला बालकल्याण समिति र जिल्ला बाल संरक्षण समिति गठन भई क्रियाशील छन् ।

बालअधिकारको क्षेत्रमा संवैधानिक र कानुनी व्यवस्था हँुदाहँुदै पनि बालअधिकार हननका घटनाहरू हाम्रो समाजमा दिनहँु भइरहेका छन् । यसको जिम्मेवार को ? यस्ता घटनाको भागीदार हामी सबै हुनुपर्छ ।

बालबालिकाहरूको बाँच्न पाउने नैसर्गिक अधिकार, बालविकास, बालसहभागिता र बालसंरक्षण बालअधिकारका अभिन्न अंग हुन् । राज्यद्वारा निर्मित ऐनकानुनको कार्यान्वयन र पालना गर्नुसमेत हामी सबैको दायित्व हो । त्यसैले बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण हुन पाउने र सहभागिता जनाउन पाउने अधिकारलाई सुनिश्चित गर्न सबै सचेत हुनुपर्छ ।

राज्यले सडक निर्माण गर्दा सडक जीवनसँग गाँसिएका पक्षलाई संवेदनशील ढंगबाट लिनुपर्छ । फुटपाथ, जेब्राक्रसिङ् र साइकिल चलाउने छुट्टै बाटोको अनिवार्य व्यवस्था गर्नुपर्छ भने सडक व्यवस्थापनलाई सुदृढ गर्नर् प्रभावकारी कानुनको निर्माण र कार्यान्वयन गर्नुपर्छ ।

बालअधिकारको सुनिश्चितताबिना नयाँ नेपालको निर्माण हुन सक्दैन । बालअधिकार संरक्षण गर्ने दायित्व अभिभावक, परविार, नागरकि समाज, राजनीतिक दल, समुदाय र राज्य स्वयंको हुन आउँछ । बालअधिकारको संरक्षणमा राज्यको पहिलो दायित्व हुँदाहुँदै पनि परविारका सदस्य तथा अभिभावकको रेखदेख, स्याहारसुसार र बात्सल्य पनि कम महत्त्वपूर्ण हुँदैन । अवोध शिशुलाई लापरबाही ढंगबाट सडकमा छोडिदिने र दुर्घटनामा परी मृत्यु भएमा मृतक बच्चाको जिन्दगीको क्षतिपूर्तिस्वरूप दसौँ लाखसम्म माग गर्ने संस्कारको विकास हुनु निश्चय पनि राम्रो होइन । आजका बालबालिकाहरू भोलिका भविष्य हुन्, यिनीहरूको जिन्दगीको मोलतोल गर्नुहुँदैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “बालबालिकाको मोलतोल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *