Skip to content

गोरखापत्र

शक्ति उपासनाको पर्व

  • by

नेपालीहरूको महान् चाड दसैँ पर्वले हाम्रा घरआँगनमा प्रवेश गरिसकेको छ । हिजो शनिवारदेखि घर एवं शक्तिपीठहरूमा घटस्थापना गरी जमरा राखेर मनाउन सुरु गरिएको यो पर्व यही असोज १२ गते सोमबार विजयादशमीको दिन समा

हनुमानले सूर्य निले

  • by

एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगाम

कच् – कच्

  • by

संसारकै गञ्जागोल र पीडामै विलिन हुनु नै मान्छेको रचना भएको किमार्थ हुन सक्दैन । मान्छे महात्मा हुन अझ देवता हुन आदर्शले झकिझकाउ हुन संसारले सिँगारिन नै संसारमा रचनामा आएको हो । अनुशासनमा र नियममा रहिद

‘बर्दी’ पहिरिने जगदीश घिमिरे

  • by

उहिले उपन्यास, नाटकले अलि पहिले संस्मरणले उहाँलाई चर्चितै बनाएको हो । नेपाली साहित्यमा दरिलै उपस्थिति जनाउनुभएकै हो उहाँले । बीचको केही दशक हराए हराए जस्तै हुनुभएको उहाँ अहिले चर्चाको शिखरमा हुनुहुन्छ

भाषा विवाद र राष्ट्रियताको प्रश्न

  • by

परमानन्द झाको सपथ विवाद यतिबेला कानुनी निरूपण र कार्यान्वयनको सीमा नाघेर भाषिक बहसको अस्त्र बन्न पुगेको छ । रूपमा उपराष्ट्रपति पदको गोपनियताको सपथमा प्रयुक्त भाषा देखिए पनि सारमा यसले धेरै प्रश्नहरू र पूर्व मान्यताहरूको विनिर्माण हुन खोजेको संकेत गरेको छ ।

किराँत धर्ममा महिलाको स्थान

  • by

किराँतहरू नेपालको पूर्व क्षेत्रमा बस्ने आदिवासी जनजाति हुन् । किराँत समुदायभित्र विभिन्न जातीय समुहहरू छन् । मुन्धुम किराँतहरूको मुख्य धार्मिक ग्रन्थ हो । यो किराँतीहरूको वेद भनेर चिनिन्छ । लोकगाथा, लोकोक्ति र टुक्काहरूको संग्रहलाई मुन्धुम भनिन्छ । मुन्धुम लिखित र मौखिक दुबै परम्पराबाट विकास हुदै आएको छ ।

के हो ब्राहृमणवाद ?

  • by

हिजोआज नेपाली पत्रपत्रिकाका लेख तथा राजनीतिका कुनै व्याख्यामा राज्यको पुनः संरचना, सङ्घीय राज्य, जातीय कुरा नउठेको प्रायः पाइँदैन । जातीय कुरा नलेखे तथा त्यसको आधारमा चर्का नारा नदिए सायद कसैले खाएको पच्न पनि छोडेको हुनु पर्दछ । नेपालमा जातीय विभेद र उत्पीडन नभएको पनि होइन । त्यसैको जगमा हिजोआज गालीको पर्याय बनेको छ- बाहुनवाद ।

‘दोषी चस्मा’ प्रतीकात्मक अभिव्यक्ति

  • by

सुप्रसिद्ध मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ नामक कथाको शीर्षक नै स्वयंमा प्रतीकात्मक छ । यसले केशवराजको दृष्टिकोणलाई प्रतीकात्मकरूपमा प्रष्ट्याएको छ । कथामा केशवराजले चस्मामाथि पोखेको रिस, कोठामा पुगेर उनले लुगा फुकाल्न लाग्दा टिमिक्क परेको सुरुवाल उनको गोडाबाट हत्तपत्त निस्कन नसकेको अवस्थामा उत्पन्न हुनपुगेको उनको रिसको आवेग आदि विविध पक्षले उनीभित्र समाहित हीन मनोग्रन्थी सम्बद्ध जटिल समस्याको गहनतालाई प्रतीकात्मक रूपमा प्रष्ट्याउने काम गरेको छ ।

स्वरबिनाको अभिनय

अभिनयमा स्वरको महफ्वपूर्ण स्थान रहेको हुन्छ । स्वरको आरोह अवरोह नै अभिनय अभिव्यक्तिको सशक्त माध्यम हो । त्यसैले सबल स्वरका धनी अभिनयीहरूको कला यात्रा चिरकालिक हुने गर्दछ । भारतको हिन्दी चलचित्र संसारतिर हेर्ने हो भने त्यहाँ स्व. पृथ्वीराज कपुर, स्व. बलराज साहनी जस्ता इतिहास जितेका अभिनेताहरूदेखि लिएर स्व्. नरगिस, स्व्. नीनाकुमारीजस्ता संवेदनशील स्वरका धनी अभिनेत्रीहरूले आफ्नो बसल स्व्रको माध्यमले छोडेका छाप अविस्मरणीय बनेको छ ।

मखुन्डो पहिरेको मान्छे

  • by

चाकडी, चुक्ली र चाप्लुसी यो सहरको वातावरणको अनौठो विशेषता हो । यी विशेषतालाई बुझेको र यसलाई व्यवहारमा उतारेको हुँदा उसले निकै उन्नति र प्रगति गरेको छ । वातावरणअनुसार चाकडी, चुक्ली र चाप्लुसी गर्न जानेको हुादा उसले सुख र चैनले बाँच्नकालागि नभइ नहुने तीनवटै चीन प्रशस्तै पाएको छ, जस्तै पद, पावर र पैसा । त्यसपछि यी तीनवटा चीजले पाउन सकिने कुराको त गन्ती नै छैन । थरीथरी गाडी र बङ्गला अनि थरीथरी सुरा र सुनदरी त उसका लागि सामान्य भइसकेका छन् ।

गीत र कविताका भक्त – हरिभक्त

  • by

हरिभक्तका हरेक गीतहरूले सङ्गीतका जो कोही स्रोताहरूलाई आत्मकेन्द्रीत र एकाग्र बनाउन पुग्छ । गीत र कवितामा सङ्गीतको प्राण भर्न सक्ने कटुवाल नेपाली साहित्यका अत्यन्त चर्चित लोकप्रिय एवम् निडर व्यक्तित्वका रूपमा सुस्थापित व्यक्तित्व हुन् ।

प्रकाशमय सांस्कृतिक पर्व- इन्द्रजात्रा

  • by

एकमहिने लामो गुँला-पर्व (स्वयम्भु मेला)सँगै उपत्यकामा विभिन्न जात्रा पर्व एक शृङ्खलामै सुरु हुन्छ । रोपाइँ कार्य पनि सकिने समय परेकाले उपत्यकावासीहरूको फुर्सदिलो क्षण जात्रामय हुनथाल्छ र लगत्तै सुरु हुन्छ- इन्द्रजात्रा ।

शुभसङ्केत होइन – भाषाविवाद

  • by

मानिस सामाजिक प्राणी भएकाले समाजमा बस्दा ऊ आफ्नो परिवेश तथा वातावरणबाट घेरिएको हुन्छ । मानिसले जे देख्छ, सुन्छ, बुझ्छ र अनुभव गर्छ, त्यसलाई अभिव्यक्त गर्छ । यस अभिव्यक्तिको प्रक्रिया नै ‘भाषा’ हो । कुनै पनि मुलुकको परिचय भौगोलिक सीमाले मात्र दिँदैन, त्यस सीमाभित्र बसोबास गर्ने मानव जातिको भाषाले पनि विश्वलाई मुलुकको पहिचान गराउँछ । मानव जातिको मौलिक पहिचान नै भाषा हो । मानिस आफ्नो जातीय, राष्ट्रिय एवं मानवीय धरोहरको सुरक्षा भाषाकै माध्यमबाट गर्छ । संस्कृति, सभ्यता, परम्परा, कला, ज्ञान, विज्ञान सबै मानवीय तथा बहमूल्य सम्पत्ति भाषाद्वारा नै सुरक्षित छन् ।

मेरी लुखुरी

  • by

तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन. कि सुकसुकाउँदी ? डणाँक छिन् कि लुरी ? डरलाग्दी छिन् कि माया लाग्दी, भयानक छिन् कि कल्कुलाउँदी ? एक क्विन्टलकी छिन् कि एक मुठ्ठी कि ? कराईजस्ती काली छिन् कि हिउँजस्ती गोरी ? चार हात कि छिन् कि एक बित्ता कि ? भकुण्डी छिन् कि ख्याउटी ? चेप्टी छिन् कि लाम्ची ? सुन्तली छिन् कि टर्री ? कस्ती छिन् तपाईंकी प्राण पियारी अर्थात् श्रीमती ? मेरी त लुखुरी छन् ।

अस्तायो भानु

  • by

रोगले गाँजेपनि जाँगरले धानेको उहाँको शरीर राजनीतिमा लागेपनि साहित्य र साहित्यिक पत्रकारिताले चिनाएको उहाँको चिनारी सडक कविता क्रान्तिदेखि राजनीतिक क्रान्तिसम्म उत्तिकै सहभागी हुने उहाँको व्यक्तित्वसङ्घर्ष र रोगसँग जुद्धाजुद्धै, कैयौँ योजना र आकाङ्क्षा बुन्दाबुन्दै ८० को उमेरसम छोएको उहाँको जीवनले अन्ततः २०६६ सालको भदौ ४ गते मोती जयन्तीको मध्यरात विश्राम लियो ।

गणेशध्वजबाट प्रेमध्वज भएँ

  • by

मेरो जन्म १९९३ साल जेठ महिनामा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । बुबाको नाम रत्नध्वज प्रधान र आमाको प्राणदेवि प्रधान हो । म सानै छँदादेखि बुबा काठमाडौँमा व्यापार गर्नुहुन्थ्यो आमा चौतारामा नै बस्नुहुन्थ्यो । मामाघर काठमाडौँ असन टोलमा हो ।

ढुङ्गा

  • by

बाटो छेउको त्यो ढुङ्गालाई मान्छेहरू वर्षौंदेखि पूजा गर्दै आइरहेका थिए । ढुङ्गा चिप्लो र राम्रो थियो । त्यसैले कसैले आकषिर्त भएर त्यसलाई थपक्क स्थापना गरेर पूजा गरिदिएको हुनुपर्छ । निरन्तरको पूजा, फूल, अक्षता र अबीरले गर्दा ढुङ्गा दर्शनीय देखिन्थ्यो । त्यसैले बाटोमा हिँड्नेहरू त्यसलाई यसो ढोगेर, घुमेर र पूजा गरेर जान्थे ।

रमेश विकलः ‘शारदा’ देखि ‘शारदा’ सम्म

  • by

साहित्यिक बजारमा एउटा मान्यता राख्ने गरिएको छ, कलम बोक्नेहरू सबै लेखक हुँदैनन् र हाम्रै देशको सन्दर्भमा हेर्ने हो भने यो मान्यताले एउटा महफ्वपूर्ण अर्थ बोकेको देखिन्छ । साहित्यिक इतिहास पल्टाउँदा त्यो इतिहासले यसको पुष्टि गर्छ । जस्तो कि, नेपालको जेठो साहित्यिक पत्रिका ‘शारदा’ (स्थापना दर्ता नं. ००१) का पृष्ठहरूमा अंकित थुप्रै नामहरू, जो नेपाली साहित्यको धरोहरका रूपमा रहेका छन्, आफ्ना उत्कृष्ठ लेखनीका कारणले नै ती स्रष्टाहरू स्थापित भएका हुन् ।

कुशे औंसीमा पितृसम्मान

  • by

कुश समस्त पापलाई विनाश गरी मानवलाई पुण्यार्जन गर्न सहयोग पुर्‍याउने पवित्र तृण विशेष नै कुश हो । कुशलाई संस्कृतमा दर्भ, पवित्र, याज्ञिक, ह्रस्वगर्भ, यज्ञभूषण, दीर्घपत्र, क्षुरपत्र, त्रिदोषघ्न र शैत्यगुण विशिष्टगुणका रूपमा लिएको पाइन्छ । कुशको उत्पत्ति विषयमा भागवतमा एक यस्तो प्रसङ्ग आउँछ- यज्ञपुरुषले आˆनो शरीर फट्कार्दा कतिपय रौँहरू बर्हिष्मती नाम गरेको पुरीमा झरेका थिए । त्यसैबाट कुश उत्पन्न भएका हुन् भन्ने मानिन्छ ।

अविस्मरणीय व्यक्तित्व मोतीराम

  • by

नेपाली भाषाको श्रीवृद्धिमा मोतीराम भट्टको महत्त्वपूर्ण योगदान छ । तीस वर्षको कलिलो उमेरमा बिते पनि नेपाली साहित्यमा बहुप्रतिभाशाली व्यक्तिको रूपमा यिनको स्मरण गरिन्छ । छोटोे उमेरमा मोतीरामले नेपाली भाषाप्रति लगाएको गुन ज्यादै अतुलनीय छ । नेपाली भाषालाई छापेर विश्ववाङ्मयमा पुर्‍याउने, आदिकवि भानुभक्तको खोजी गरेर उनलाई नेपालीमाझ चिनाउने, गजललाई नेपालमा भित्र्याउने एवं नेपाली पत्रकारिताको थालनी गर्ने बहुप्रतिभाशाली व्यक्तिका रूपमा उनको नाम नेपाली साहित्य आकाशमा चम्किरहेको छ ।