Skip to content

गोरखापत्र

सौगातको पद

  • by

‘काम गर्न त सक्छ हजुर, खुबि नभएकै त हैन ।’ ‘खुबि भएर के गर्नु, बेवकुफ छ ।’ आफ्नो सहायक अधिकृतप्रति सचिवको सकारात्मक धारणा नभएको विदूर सजिलै बुझ्छन् । यतिखेर प्रेम विदूरको बैठकमा बसिरहेका छन् । कोठामा एक्लै भएकाले उनी सरसर्ती बैठकमा आँखा घुमाउँछन् । कोठाको चारै कुनातिर एक एक वटा ठूला पित्तलका गमना छन् ।

साइवर क्लव

  • by

त्यस दिन मलाई घरमा उकुसमुकुस भयो । केही काम गर्न पनि मन लागेन । दिन पनि धुम्म परिरहेछ । पानी पनि परेको छैन । बडो उदास उदास दिन भएको छ । मानो कुनै अशुभ समाचार सुन्न पर्लाजस्तो । कोठामा भित्रबाहिर गर्छु, बरण्डाबाट बाहिरको दृश्य निहार्छु । सबैतिर विरक्त वातावरण मात्र छ ।

अँध्यारो पनि उज्यालो लाग्छ

  • by

सारा आप्तवचनलाई डस्टविनमा हालिदिउँ कि जस्तो झोँक चल्छ कहिले । आगो लगाएर सल्काइदिउँ कि जस्तो पनि जङ चल्न थाल्छ कहिले । हो म कहिलेकाहीँको कुरा गर्दैछु । मृतवत् मन्त्र जपेर वर्तमानमा युद्ध जित्न सक्तैनौँ । उन्नाइसौँ शताब्दीका एकजना अमेरिकन कविको उक्ति छ मृत्यु नै सौन्दर्यको जननी हो । आत्प्रवचन लाग्ने यस भनाइमा अनुगुञ्जित विपरीत विचार र यसको मौन विद्रोहले म आकषिर्त हुन्छु । अवधारणामै पैरो गएजस्तो लाग्यो ।

अरिष्ट र गरिष्ट हुँदै वरिष्ठ भएँ

  • by

सुन्ने र पढ्नेलाई प्रस्तुत रचनाको शीर्षक देखेर अवश्य अनौठो लाग्न सक्छ । म आफैँलाई पनि त्यस्तो लाग्न सक्छ किन कि मैले जे भन्न खोजेको छु त्यो अनौठो नै छ र खासगरी म व्यक्तिसँग सम्बन्धित छु । अर्थात् मेरो आफ्नै बारेको, खासगरी बाल्यकालदेखि सङ्घर्ष गर्दै आएर जवानीसम्म पुगेको कुरा । खास गरी मैले यसमा तीनवटा त्यस्ता विशेषण बुझाउने शब्दलाई मेरो आफ्नै जीवनमा प्रयोग गरें ।

उपहार ससुराको फैसला हजुरबाको

  • by

हाम्रो समाजमा बिहेको माग राख्ने चलन नभए पनि मागी बिहेमा केही न केही पाइहालिन्थ्यो । केही नभए पनि एकसरो लुगाफाटो र सुत्नलाई एउटा खाट र डसना सिरक कतै नजा ! तर मैले मागी कोइन ‘भागी’ बिहा गरेको थिएँ । अर्थात् ‘प्रीति’ बसेर अभिभावकको मन्जुरीबिना केटी भगाएको थिएँ । जातपात केही नमिल्ने भएर होइन धनसम्पत्ति नमिल्ने भएर । अर्थात् उनीहरू धनी थिए र म पढेलेखेको भएर पनि गरीब ।

नादिया र परेवाहरू

‘उनी मलाई आत्मघाती बमवर्षक भएको देख्न चाहन्थे ।’ आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । अफरोजलाई के लाग्थ्यो भने देशभन्दा ठूलो केही पनि हुँदैन । प्रेम पनि हुँदैन । श्रीमती, परिवार र माया भन्ने कुरा देशभन्दा महान हुँदैन भन्नेमा ऊ विश्वस्त थियो । त्यही भएर उनी आफ्नी पत्नी नादियालाई शरीरभरि बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा पठाउन चाहन्थे ।

कवि शिरोमणिको भविष्यवाणी नै ठीक

  • by

वि.सं. २०४२ सालमा ‘व्यथा’ (साहित्यिक त्रैमासिक) को कविवर भरतराज पन्त विशेषाङ्कभन्दा २०६६ मा प्रकाशित कविवर भरतराज पन्त स्मृतिग्रन्थ आकारले निकै मोटो छ र यसमा लेख्नेहरू पनि निकै छन् ।

मनभित्र देवकोटा छचल्किँदा

  • by

छपन्न वर्ष लामो कालखण्ड । सिङ्गो एउटा मान्छेको जीवनभित्र । मान्छे उभ्याउने डोबहरूसित । छचल्किरहेथे । अनिदि्रत तन्द्रासित मानो मन एक सागर । न प्रकार एउटा सिङ्गो आकाश । जसको न लम्बाइ । न चौडाइ । न उचाइ । न गहिराइ । न आकार । न प्रकार । शून्यमा शून्यसरी बिलाउने मानिस । शून्यमा शून्य जस्तै आकाश । न यसको छ ब्यास । न कुनै प्यास । छिल्लिन खोज्यो छिल्लिन्न । यो हर्मन हेसले अपन शङ्कर लामिछानेको प्याज माथिको अमूर्त चिन्तनभन्दा भिन्न । हर्मन हेसले मान्छेलाई प्याजसित तुलना गरे ।

नयाँ नेपालको नयाँ भाषिक नीति

  • by

अचेल दिनहुँ जस्तो संविधानसभामा भाषा नीतिबारे चर्काचर्की र चियाचर्चा हुनु सर्वथा स्वाभाविक हो । राज्यको पुनर्संरचना हुनुछ, नयाँ संविधानको निर्माण हुनु छ र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु छ । यी प्रश्नहरू यक्ष प्रश्नहरूको रूपमा राष्ट्रको सामूमा प्रस्तुत छन् । अर्कोतिर सशस्त्र समूह देशको भाषा र भूगोलको विभाजनको बुलन्द नारा लगाइ राखेका छन् ।

आदिकवि भानुभक्तको सम्मानमा कन्जुस्याइँ किन ?

  • by

ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृतशिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताका सूत्रमा उन्न नेपालीभाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान हो । कारावासमा बस्दा समेत अटुटरूपमा काव्यसाधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सीमित गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपालीभाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो । यसर्थ राष्ट्रले दिएको ‘आदिकवि’को उपाधि पनि अपुग हुनजान्छ परन्तु देशव्यापी रूपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ ।

घोडचढी

  • by

नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो ।

हतियार

  • by

पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा बसेर काम गरिसकेको कमरेड प्रवीणको नाम पनि जनमुक्ति सेनामा जानेमा परेको थियो ।

गुरुको महिमा अपरम्पार

  • by

हजारौं योनिमा विचरण गरेपछि एकपटक मात्र मानवयोनि प्राप्त हुन्छ । यस्तो दुर्लभ मानव योनिलाई सफल र साकार पार्न पुर्खाहरूले आचार, व्यवहार र अनुशासनका जटिल व्यवस्था गरेको पाइन्छ । आचार र व्यवहारका कुराहरूको प्रसङ्ग कोट्याउनुपर्दा बाहृय शुद्धि र आन्तरिक शुद्धिसमेत आवश्यक हुन्छ । मानसिक शुद्धि तपः ध्यान, जप, पाठ आदि आन्तरिक शौचका लक्षण हुन् भने बाहृय मुहूर्तमा उठ्नु, शुद्ध तथा तीर्थ, नदीको जलले स्नान गर्नु, आचमन गर्नु, प्राणायाम गर्नुलाई बाहृयशौच भनिन्छ ।

देशको छ चिन्ता, तिमी माया माया भन्छौं

  • by

‘आज बाल वृद्ध युवक नरनारीहरूले भेला भएर जुन आदर प्रकट गर्नुभयो यसले मेरो मन आश्चर्यचकित गद्गद छ । यत्रो आदर गर्न योग्य म छैन तर जनताको भावनाले नै ढुँगोले पनि देवत्व प्राप्त गर्दछ । यसबाट देशमा एकता बढ्ने छ । राष्ट्रभाषाको सेवा गर्दै आएको छु र शक्तिले भेटेसम्म गर्दै रहनेछु । सरकारतर्फबाट प्रधानमन्त्रीज्यूले जुन ५ हजार दिनु भयो सो साहित्य भवनका निम्ति अर्पण गर्दछु । आवाल वृद्ध सबैलाई धन्यवाद छ ।’

आफ्नैपनमा रमाएको जाति ताजपुरिया

ताजपुरीयाहरूको मूलथलो नेपालको पूर्वी जिल्लाहरू झापा र मोरङ हो । नेपालकै पूर्वी जिल्ला झापा र मोरङमा बसोबास गर्ने राजवंशी र यिनीहरू हेर्दा उस्तै उस्तै देखिन्छ । भेषभूषा, भाषा संस्कृति उस्तै उस्तै देखिए तापनि यी दुई जातिहरू बीच विहावारी हुँदैन ।

भाषा समस्या मेटी सद्भाव बढाऔँ

  • by

नेपालले सबै क्षेत्रमा परिवर्तन चाहेको छ र समतामुखी समाजको स्थापना गर्ने लक्ष्यतिर अग्रसर छ । विगत कालदेखि अवलम्बन हुँदै आएको एक भाषा नीति असफल भइसकेको छ । अतएव भावी संविधानले भाषा सम्बन्धमा नयाँ सोच अवलम्बन गरी त्यसको स्वरूप निर्धारण गर्नुपर्दछ । अन्तरिम संविधानसम्म पनि नेपालीलाई राष्ट्र भाषा, सरकारी कामकाजको भाषा तथा शिक्षा माध्यमको भाषाका रूपमा मान्यता दिइएको छ । प्राथमिक तहसम्म मातृ भाषामा शिक्षा दिने मातृभाषालाई स्थानीय तहमा व्यवहार गर्नसक्ने जस्ता प्रावधान राखी मुख्यतः एक भाषाका वर्चस्व कायम राख्ने र यस नीतिलाई निरन्तरता दिने प्रयासमात्रै भएको छ ।

सृष्टि र सङ्गीतको मूलरूप

ज्ञानवाचक, सत्तावाचक, लाभवाचक र विचारवाचक विदधातुबाट वेदशब्द बन्ने भएकाले वैदिकमन्त्रहरूलाई विविध ज्ञानको भण्डारको रूपमा लिने गरिएको छ । आदिकल्पमा सृष्टिसत्ता सञ्चालनका लागि स्वयं सृष्टिकर्ता ब्रहृमाजीको मुखबाट उत्पन्न भएकाले वेदका मन्त्रहरू विनिर्गत स्वरूपका हुन् भन्ने भनाइ महाभारतमा आएको छ ।

सजायँको डरले ‘गोठाले’ बनाइएँ

  • by

साँच्चै भन्ने हो भने म अहिले बाँच्न सङ्घर्ष गरिरहेको छु । ८८ वर्षको उमेर टेक्नै लागेको त्यसमा पनि अनेकौँ समस्या र रोगले मेरो जीवन सङ्घर्षमा बितिरहेको छ । जीवनभर साथ दिने श्रीमतीको ६ महिनाअघि निधन भयो र आफ्नै काखमा हुर्केको छोरो रमेशको ६५ वर्षको उमेरमा ४ महिनाअघि निधन भएपछि अचेल म बढी पीडित बन्न पुगेको छु ।

स्तर नेपाली साहित्यको

  • by

अचेल बेलाबेला जमघट, छापा वा केही सभा समारोहहरूमा उठ्ने गरेको प्रश्न हो- नेपाली साहित्यको स्तर कति र के कस्तो छ ? प्रश्न सरल र उत्तम छ, तर हेर्दा र गुन्दा भने त्यति नै हास्यास्पद र निरर्थक देखिन्छ, जति मान्छेको मूल्य पशुसँग दाँज्नु । यो तिक्तता होइन, यथार्थ हो । हामीले नेपाली साहित्यको स्तर दाँज्ने हो भने सर्वप्रथम त्यस्तो एउटा मापदण्ड तयार गर्नुपर्छ, जसबाट सजिलै साहित्यिक विधागत मूल्याङ्कन गर्न सकियोस् । त्यस्तो छैन भने यसको मापन कसरी गर्ने नेपाली साहित्यको स्तर कति छ ?

भवानी भिक्षुः शतवाषिर्की विशेष ‘नेपालको छोरा, म कसरी अनेपाली’

  • by

भवानी भिक्षुको जन्म वि.सं.१९६६ साल जेठ २१ गते बृहस्पतिवार भएको हो । पश्चिम नेपालले दुईवटा सुपुत्र जन्माउने सौभाग्य प्राप्त गरेको छ । एउटा गौतम बुद्ध जसलाई ‘एसियाको प्रकाश’ भनिन्छ र जसमाथि नेपालले मात्र होइन विश्वले नै गर्व गर्न थालेको छ । हाम्रो देश नेपाल गौरवान्वित भएको छ, सम्मानित भएको छ र लाभान्वित भएको छ । हाम्रो शिर सगरमाथाभन्दा पनि बढी उचो भएको छ, उन्नत भएको छ । अर्को सुपुत्र भवानी भिक्षु हुन जसमाथि नेपाली वाङ्मय गौरव गर्दछ ।