छेपाराहरू र प्याज छोडाउने संस्कृति


एक हप्ता भयो निदाउन कठिन भएको । मेरी प्राण प्यारी अर्धाड्ढनिी खै. गर्दछिन् रत म अवाक रहन्छु । निन्द्रा नपर्नुको चुरो कुरो आफैँले केलाउन हम्मे परिरहेकेको थियो । स्वाभाविक छ श्रीमतीले शङ्का गर्नु । कतै मेरा खसमले आफ्ना निम्ति साँचेको माया खण्ड खण्ड गरी वितरण त गर्दै छैन ? त्यस्तो पो सोचिरहेको हुनुपर्छ भन्ने लाग्छ । मनमस्तिकले मलाई निन्द्रा नपर्नुको कारण खोजिरहेका थिए । केस्राकेस्रा गरी केलाउन लागेँ र सम्भिmन खोजेँ त्यसदिनदेखिका घटनाहरू, जुन दिनदेखि आफूलाई मैले असजिलो प्राय ठानेको थिएँ ।

आज म खिया लागेको आफ्नो मस्तिष्कलाई माझ्ने प्रयत्नमा छु । कुनै विद्वान ठहरिनभन्दा पनि केवल मेरो निन्द्रा हराउनुको कारण समात्न ता कि म पुनः भोलिबाट एक जिउँदो लाससरी सुत्न सकुँ । सिपाहीमा भर्ति भएको प्रथम छ महिना झैँ कठिन क्षणमा म उभिएको छु तालिम छाडौँ भोलिको हवल्दार बन्ने आशा । नछाडौँ सहन गर्न कठिन । अनवरत लागिरहेँ । धेरै पन्ना कागजहरू च्यातिए, कोरिए, च्यातिए, कोरिए, च्यातिए पुनः लामो सुस्केराले हारको सङ्केत दियो । लेख्ने आदत नभकोले होला निराकार चित्र झैँ कोर्दै, च्यात्दै गर्दा पनि औँलाहरू दुखे । मेरो बिचलित मास्तिष्क पुनः एकपटक एकाग्रतातर्फ उन्मुख भयो । सडकको यो र ऊ किनारा गरी हिँड्ने जँड्याहासरी रल्लिएको मेरो मस्तिष्क आज दिनको अन्तिम घटनामा पूर्णविराम लागे झैँ टक्क रोकियो ।

मेरा सबै इन्द्रियहरूले मलाई पुनः जाँगर चलाएर, कलम बन्द नगर्न उक्साए । थालनी अलि कठिन नै भएपनि मेरो लेखनीको गतिमा कमि नआउने दृढतासाथ निन्द्रा हराउनुको कारण नियाल्न तल्लिन रहेँ । घटना सबैका लागि सामान्य भए तापनि मलाई भने अत्यन्तै भावुक बनाउने त्यस घटनाले मेरो किशोर अवस्थामा पुर्‍याएरै छाड्यो ।

किशोरावस्था देखिनै सोचमा मग्न रहने स्वभावले छाडेको छैन आजसम्म । अवश्य पनि भावुकता मेरो विशेषता थिएन तर आज हो झैँ लाग्दछ । घटनाक्रमहरू यति निर्दयी बनेर आए कि भावुकता मेरो अभिन्न आँखि भएरै छाड्यो । अहिले सिलिड्ढको पङ्खा घुमेको आवाजबाहेक सबैतिर चकमन्न प्रायः छ । लाग्छ पृथ्वी नै निन्द्रामा मस्त छ । म मात्र एक्लो बिउँझिएको हुँला झैँ भान हुन्छ । एस.एल.सी. पास गरेपछि कलेज पढ्ने धोको पूरा भएको खुसी एकातिर थियो भने आमासँग छुट्टनिुको पीडा अलग्गै । हाँसो अनि रोदन दुवैलाई महसुस गर्दै हिँड्नलाग्दा करेसाबारी किनारै किनार मेरो बाटोमा उभिएकी मेरी आमाका आँसुले टल्पलाएका आँखालाई ओझेलमा पार्ने प्रयत्न एकातिर थियो भने, बाले दिएको खर्च आपुग होला, धनकुटे विस्कुट, सुन्तले चक्कलेट अनि सतिवयर खाने मेरो आदतमा ठेस लाग्ला भनेर बाको आँखा आखा छली पैसा दिँदाको क्षण कम हृदयस्पर्सी थिएन । बेलामा खाना खानु, धेरैपढ्नु, अनि ठूलो मान्छे बन्नु, आफ्नो ख्याल गर्नु बस यी चाहना बोकेकी रहिछन् मेरी महतारीले । यी सबै उनका मागहरू कुन चैँ उनका लागि थिएन र ? निष्कपट निश्वार्थ मेरै भलो चाहेकी रहिछन् । त्यो दिन पनि आज झैँ निन्द्रा परेको थिएन, अर्कोदिन अलिकति निदाएँ ।अर्को-अर्को दिन गर्दै मेरी महतारीको सम्झना पनि केवल ठेसलाग्दा मुखबाट निस्केको आमा अअअ शब्द मै सीमित भयो । विधिको विधान पनि कतिविध्न कठोर! न मेरी आमालाई बिर्साउनुअघि मलाई जन्माउनुपूर्वको प्रसव वेदना किन सम्झाउन सकेन मलाई ? आफू जन्मँदा आमाले भोगेको कष्ट किन आफ्नी श्रीमती सुत्केरी हुँदाको वेदना र चीत्कारल पनि प्रस्ट्याउन सकेन ?

हो आमा, आज बल्ल चेत खुल्यो, तिम्रा चाहनाहरू पूरा गर्न मेरो सामथ्र्य पुगेन तर आमा तिम्रो सल्लाहविनानै बुहारी ल्याए तापनि उनले मलाई तिमिले गरे झैँ ख्याल गर्छिन । बेलामा खान दिन्छिन, कतै मलाई दुख्यो भने आफैँलाई पीडा भएको बोध गर्छिन्, तिम्रो नाति र मलाई सधैँ तनाव मुक्त बनाउन उनको निस्कपट मुस्कुराहट प्रयाप्त झैँ लाग्दछ । मेरा सबै अभावहरू उनको आगमनसँगै रित्तिएझैँ लाग्दछ । धेरै दिनपछि आएको आमाको यादले मेरा कलमको गतिमा अवरोध होला झैँ भएको थियो ।

रात धेरै छिप्पिइसकेको छ । घरिघरि भुस्याहहरूको कोलाहल अनि बेलाबेला एकतमाससँग खुला सडकको मजा लिइरहेका भटभटेको आवाजले पनि मेरो गति रोक्ने निरर्थक प्रयत्न गर्दै थिए भने म एक कर्तव्यपरायण योद्धासरी लडिरहेँ ।

करिब वर्ष दिनअघि परिचित भएपनि बेलाबेलाको भेटघाटमा सामानय कुराकानी बाहेक यति नजिक उनीसँग हुने मौका पाएको थिइन । मित्र-मित्रबीचको जुँगे लडाइँमा उनको उपस्थितिले मेरो उनीसँगको भेटघाट अलि बाक्लियो । उनका ओजपूर्ण कुराहरू सांसारिक विचित्रताका चित्रहरूको प्रस्ट्याइँमा उनको स्पष्टता, कलियुगीन सुखसयलका खातिर ननिहुरिने स्वाभिमान, बहुरूपि छेपारे प्रवृत्तिका नाड्ढा मान्छेहरूको पहिचान गर्नसक्ने क्षमता मेरा निम्ति प्रौढ शिक्षा सावित भयो । त्यसैले होला सामीप्य बढ्दै गयो । आज पनि सँगै थिएँ, उनीसँग रहँदाको क्षणमा थोरै कुरा सिक्दासिक्दै समयका अगाडि हार्दै हामी छुट्टयिौँ । आ-आफ्नो बाटो लाग्नुअघि उनले गरेका कुराहरूले म गम्भीर भएको देखेर होला “धत् तिमी त भावुक रहेछौ” यतिभन्दै आफ्नो बाहुआगडि बढाएँ ।

मेरो निन्द्रा हराउने कारण लगभग पत्तो लागे पनि म भने किञ्चित खुसी हुन सकिन । मेरो निन्द्रा हराउनुको कारण पनि आखिर उनी नै रहेछन् जस्को सामिप्य विनाको दिन मलाई असहज महसुस हुने गर्दथ्यो । उनकै कारण म हप्तौँदेखि अनिदो बस्नुपर्ने ? उफः लामो सुस्केरा हाल्दछु, कलम टक्क रोकिन्छ ।

अनायस उनीप्रति मेरो श्रद्धा जागेर आउँछ । विगत हप्ता उनले व्यक्त गरेको एउटा प्रसड्ढ मात्र आखिर मेरो निन्द्रा हराउने कारण रहेछ । उनलाई मेरो सादर अभिवादन, निन्द्रा नहराएको भए म कसरी व्यूँझन्थेँ ? न ब्युँझेको भए कसरी यो लिपिबद्ध गर्न सक्तथेँ ? लिपिबद्ध नगरेको भए मेरी आमाको चाहना पूरागर्न नसकेको लिखित प्रमाण कसरी दिन सक्थेँ ? आमा तिमी त साँच्चि आमा पो हौ सन्तानका सबै गल्ती आफ्नै शिरमा लिन्छ्यौँ । उनले व्यक्त गरेको उदाहरण झैँ मैले त यहाँ पार्टी नामको प्याज छोडाउने काम पाएको छु । हातभरि बोक्रा र आँखाभरि आँसु सिवाय केही कमाउन सकिन । आज बल्ल थाहा पाएँ साच्चै अतुलनीय रहेछन् मैले प्याज छोडाउने काममा गुमाएका उर्वर समयहरू तर चित्त बुझाउँछु म मात्र एक्लो खेताला हैन पार्टीको प्याज छोडाउने लाखौँ लाख तिमीजस्तै आमाका छोराछोरीहरूको पनि जीवनकै महìवपूर्ण जवानी यही काममा बितेको छ ।

उनी भन्दै थिए, कुनै नसक्नेले नपाउन सक्तछ तर कुर्नेहरूले पनि त नपाएका हुन नी ? अनि नकुरी पनि त पाएकै हुन! खै थिति ? कहाँ छ अनुशासन र नैतिकता को शाब्दिकता ? लगभग दुई दशक भएछ मैले पनि प्याज छोडाउन थालेको तर पनि थकान छैन । यदाकदा निरास हुनुबाहेक । फेरि सम्झन्छनु पाउनलाई हैन दिनलाई म प्याज छोडाइरहेको छु ।

लेख्दै कोर्दै गरेको यो कागजको पाना मेरो निम्ति उनी झैँ प्रेरणा बन्न सक्तछ । रात धेरै छिपिए तापनि थकान महशुस छैन लक्ष मात्र सामुन्ने भएकोले निन्द्रा हराउनुको कारण उनी नै हो भन्ने पत्तो लागिसेेकेको छ तर त्यो निरर्थक निन्द्रा हराएर मेरो निम्ति सार्थक पाठ सिकाएको छ । उनीसँग आज छुट्ने बेलाको घटनाले नै वास्तवमा मलाई झस्कायो । असल लोग्ने त उनी पक्कै हुन् साथै जिम्मेवार पिता पनि तर म किन बन्न सकिन ? । उनी त एउटा खुल्ला पुस्तक हुन् यसका हरेक अक्षरहरू चिन्नेहरूका लागि पाठ बन्न सक्तछन् तर म किन पुस्तक बन्न सकिन ? सायद यही नै विविधताभित्रको एकता हुन सक्तछ । हो अभावले मान्छेको स्वाभिमानलाई मार्दछ तर तिमीले त त्यो पुस्ता गुजारिसकेका छौ, यसर्थ त्यो स्वाभिमान सर्वथा झुक्न नदेऊ । प्राप्त अवसरलाई अर्काको खाँचो टार्ने दयाभावलाई मर्न नदेऊ । तिम्रो दर्शन र उपदेशका भोकाहरूलाई खुराक दिइराख । यो युग समयअनुसार छोपारोले रड्ढ फेरे झैँ बाँच्न नजान्नेहरूका लागि हैन । मेरा यी कुराहरूसँग उनको आसमझदारी रहृयो भने उनीबाट आज उपरान्त पाठ सिक्ने मौका नपाउला… । के भयो र गत हप्ता अघिका दिनहरू केवल मृत्युको प्रतिक्षा गर्न प्रर्याप्त थिएनन र ?

जे होस् मेरो हप्तादेखि हराएको निन्द्राको जडसम्म पुग्न सफल भए तापनि मेरो अन्तरहृदयबाट एउटा कौतुहलता हराउन सकेन । मृत्युको पर्खाइको यो यात्रामा मान्छे त मैले अनगिन्ति भेटेँ हुँला तर किन उनकै कुराबाट म प्रभावित भएँ ? न उनको घर थाहा छ ? न परिवारसँग मेरेा निकटता छ ? आखिर को हुन् उनी… ? बिहानी नजिकिँदै गरेको सङ्केत बाहिरबाट चराचुरुड्ढीले दिन थालेकोले मैले धेरै चिन्तन गर्न असमर्थ रहेँ र निस्कर्ष निकाली हालेँ । यस दुनियाँका लागि जोसुकै होस् ऊ तर मेरा निम्ति आदरणीय मेरो दाइ हो । उलिाई सबैले “दाइ” भन्छन् तर खास भाइ भएर ऊजस्तै भावी पुस्ताको “दाइ” बन्नेछु ।

गोरखापत्र, शनिवार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “छेपाराहरू र प्याज छोडाउने संस्कृति”

  1. this story is very touchable
    this story is very touchable for those youth, who are devotedly activists with neplese political prty. so i thank to the writer for presenting this type of story to youths.
    by
    Teju Khanal

Leave a Reply

Your email address will not be published. Required fields are marked *