मान त्यहीँ थियो, शान त्यहीँ थियो
साँच्चै जिन्दगीको उठान त्यहीँ थियो ।

हल्लै हल्लाको पछि किन दौडेँ म
छाम्छु आखिर आफ्नो कान त्यहीँ थियो ।

पसिनाले पत्थर पगाल्नुपर्छ भन्ने
आफैँले बनाएको विधान त्यहीँ थियो ।

एकान्तमा डुल्दै-घुम्दै दुःखसुखमा
गुन्गुनाउने झ्याउरे गान त्यहीँ थियो ।

कसले चिन्छ, कसले बोलाउँछ र यहाँ ?
सानोतिनो पहिचान त्यहीँ थियो।

जब छोडेँ गाउँ, सबै गुमाएँ मैले
पातीकै होस्, बासस्थान त्यहीँ थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *