Skip to content


ओरालो बग्नु पानीको धर्म
उध्र्वोपादन र वाष्फीकरण पानीको गुण
क्षयीकरण र गलन
पानीको घनत्व
जम्नु, फैलिनु र बग्नुको प्रक्रियामा
जब असन्तुलित हुन्छ/विचलन हुन्छ
वेगमा टकराव उत्पन्न हुन्छ
र शक्तिशाली तरङ्ग बन्छ
सप्तकोशीझैँ ।
छरछिमेकीमा साह्रोगाह्रो टार्न
जब पानीको साँध लाइन्छ
हवली, पर्मपैँचो भनेर ढुक्क सुत्न हुन्न
कागजी सम्झौतामा
केवल पानीको बाँध बाँधिन्छ नि
त्यो बेप्रभाव भत्किन्छ
कुनै पनि क्षण प्रलयकारी सुनामी भएर बगाउँछ
सारा मानव बस्तीका बस्तीहरू
आँखैसामु मनका भीरहरू/मुटुका पानाहरू
उक्काएर भक्लक्भक्लक्…
राक्षसी पञ्जामा गाँजेर
तान्डव नृत्य नाँच्छ
सप्तकोशी
अराजकता थोपर्‍यौ/निरङ्कुशता लाद्यौ
पशु बर्बरता मच्चायौ/क्रूरता पोख्यौ
मानवता गिज्यायौ
अति भो अब त
तिम्रो निठूरी बहाव
मानव बस्तीबाट फेरिद्यौ
विरह बुझिदेऊ/आँसु पुछिदेऊ
आˆनो पहिलेकै
बाटोमा फर्की जाइदेऊ ए कोशी
कालो बोको चढाइयो
भेटीपाती बुझाइयो
अब आस्था जोगाइद्यौ ।

-उर्लाबारी ४/२५३, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *