Skip to content


सयथरी फूल फुल्ने संसारमा हाम्रो
जाई, जुई, चम्पा जे होस् मन परेको राम्रो ।

सौन्दर्यको रूप एकै उस्तै जिन्दगानी
किन बग्ने रै’छ माया मन तानीतानी ।

हेर्दाहेर्दै आँखा गड्छन् मन चल्मलाउँछ
अन्तरको रङ्गराशी मुस्कानमा आउँछ ।

अङ्गअङ्ग प्यारो लाग्ने किन उसको काया
कहाँ फुल्छ नवैलने यति चोखो माया ।

सम्बन्धमा होचो-अग्लो कालो-गोरो हुन्न
मनभित्र नदेखिने कुनै रूप हुन्न ।

सानो-ठूलो छुट्टदिैन पिरतीको त्यान्द्रो
जून होस् कि घाम जे होस् मन परेको राम्रो ।

-भोजपुर, गोगने

Leave a Reply

Your email address will not be published. Required fields are marked *