Skip to content


हाँसी राख्न पाए पुग्छ झेल मलाई चाहिएन
विचारलाई कुण्ठित गर्ने ‘जेल’ मलाई चाहिएन ।

तिमीलाई लाग्ला क्षणभरको हाँसो नै जीवन हो
उन्मादमा उर्लिएको भेल मलाई चाहिएन ।

पाएसम्म हत्याउनलाई कुर्सी तानातान भा’छ
कथित सिद्धान्तको मेल मलाई चाहिएन ।

हिजोसम्म गर्दै हिँड्थ्यौ जूनतारा छुने कुरा
पतित भई तल झर्ने ठेल मलाई चाहिएन ।

हाँसी राख्न पाएपुग्छ झेल मलाई चाहिएन
विचारलाई कुण्ठित गर्ने जेल मलाई चाहिएन ।

-पो.व.नं. ७३, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *