Skip to content

मधुपर्क २०६६ असोज

केही हाइकु

बुद्धको देश
हिंसा र बलात्कृत
नेपाली चेली ।

ममता गाढा
अचारको जमाना
दुईको प्रेमी ।

भेडा गोठालो
बाघको बिगबिगी
बादल टम्म ।

आमाको माया
लाहुरेको जीवन

रोइरहेकी धरती

  • by

दुनियाँको यो चाला देखेर
धैर्यको फुटिसकेको छ बाँध, यो धरतीको
गृहकलहको महाभयङ्कर कुरुयुद्धमा
बीभत्स बनेको छ, मानवगाउँ
डामिएका छन्, फूलका वृक्षहरू
विरूप बनेका छन् फूलको सौन्दर्य

आउँछौ भने आऊ

  • by

ढुक्कसँग आँट एउटा गरी आउँछौ भने आऊ
जिन्दगीको सागर गहिरो तरी आउँछौ भने आऊ ।

दैलादैला गई ढुक्दा, खडेरीले मूल सुक्दा
बन्दै वषर्ात् अनि, साउन झरी आउँछौ भने आऊ ।

छक्काको दाउमा थापिदिएँ जिन्दगीलाई

  • by

छक्काको दाउमा थापिदिएँ जिन्दगीलाई
जलाएर आफैँभित्र रापिदिएँ जिन्दगीलाई ।

मरिसके आशाहरू पलाउन नपाउँदै
एकपछि अर्को गर्दै खापिदिएँ जिन्दगीलाई

नसुर छ, न कहीँ कतै मिल्छ जीवनको खबर

शुभकामना

  • by

गोर्खालीहरूको सुबाहुबलले आर्जेको नेपाल हो
रम्छन् हिउँचुली रविकिरणमा विशाल हिमाल यो
खाली कागजमा खबरहरू भरिदिन्छौ सबै वर्गको
पर्खाइ छ सधैँ अधिरपनले तिम्रै मधुपर्कको ।

म र समुद्र

  • by

किनारको ढुङ्गे ढिस्कोमा उभिएर
हेर्दैछु मेरोअघि
अजिङ्गरझैँ मुख बाएको
विस्तीर्ण विशाल समुद्रलाई
कतिखेर लाग्छ-
समुद्रका सतहमा मेरो आँसु टिलपिलाइरहेछन्
कतिखेर देख्छु-

नेपाली साहित्यः हिजो, आज र भोलि

  • by

नेपाली साहित्यका विविध विधाका सम्बन्धमा इतिहास खोज्ने, तिनीहरूको वर्तमान अवस्था केलाउने र ‘बिहानीले नै दिउँसो कस्तो होला भन्ने सङ्केत देखाउँछ’, भनेझैँ यसैका आधारमा भोलिको अनुमानित मूल्याङ्कनको आकलन गर

हेलो ! म सहिद बोल्दैछु

  • by

मेरो उत्सर्ग देशका लागि रहेछ
मरेपछि थाहा भयो
सहिद सूचीमा मेरो पनि नाम परेछ
कसैले रकम बुझेपछि पत्ता लाग्यो
मरेपछि सहिद बन्ने थाहा पाए
म पत्रकार सम्मेलन गरेर मर्थे

निर्वासित चरा

  • by

मुठीभरि आकाश साँचेर
औँलाभरिको जूनमा
सपनाको गुराँस फुलाउँछु ।
ध्ाानसँग उमि्रएका साबो
गहुँसँग झुलेका कालीपोकेझैँ
संविधानसभाको सपना
कतै मृगमरिचीका त बन्दैन ?
सिताङ्ग बनाउँछ मलाई

पैसा

  • by

पैसा तँ धातुमा सबैतिर डोलगोल
सबैको चाहना तँमाथि तँ सधैँ अनमोल ।
तेरो सत्ताको चर्चा चुलिँदोछ, चारैतिर तँ व्यापक
सबै तेरो दाश बनेका छन्, सबै तेरा साधक ।

निस्सास्सिएको मेरो कविता

  • by

स्वच्छ उल्लास वातावरणमा
हुर्किएको मेरो कविता
बन्द कोठाभित्र निस्सास्सिन पुगेछ
असुरक्षित भएको महसुस गर्दै
बन्द कोठाभित्र छट्पटाइरहेछ ।
वन जङ्गलको स्वच्छ हराभरा वातावरणमा

गन्तव्यको खोजी

  • by

सुखद यात्राको चाहना
मनले सोचेको भए पनि
जीवनयात्रा कष्टप्रद नै थियो
आँसु थियो, पीडा थियो
त्रासदीमा घिटिकघिटिक
जीवनको केवल श्वास मात्र थियो ।
तैपनि जीवन थोत्रो गाडीले

दुनियाँले टारेपछि

  • by

आज भन्दै भोलि भन्दै दुनियाँले टारेपछि
सङ्घर्षको मैदानमा बारम्बार हारेपछि ।

हृदय यो जलेकोथ्यो, विश्वासहरू टुटेकाथे
आफ्नैले आफन्तलाई पलपलमा मारेपछि ।

हाम्रै छ ठूलो जगत्

  • by

पैसा गोरखनाथको, मुलुक नै श्रीपस्पतिनाथको !
साँढेमा सुनका चढेर शिवजी रक्षा गरून् देशको !
छोडून् पौरख गर्नलाई सबले बाँधून् दुवै हात नि !
हाम्रो देश त्यसै बडो झिलिमिली कैलाश बन्ला अनि !!!

यो तपोभूमिमा

  • by

यो तपोभूमिमा राक्षसी वास भो
जो मरे ती बाँचे, बाँच्ने लास भो ।

झुक्किए लोक नै शेर औ खातमा
रक्तका कुण्ड छन् नास भो नास भो ।

चुँडिए ‘ख्यातीझै’ कोपिला बागमा

रेशम कीरा

  • by

रेशम कीराजस्तै भयो जिन्दगीको चाल
जाल बुन्छु भन्नु मात्रै बुन्नु रै’ छ काल ।

मेरा लागि बराबरी दिनरातहरू
बाटेको छु धागोहरू खाँदै घातहरू

आफूलाई आफूले नै जेली बाँच्नुपर्ने

अस्ताउने घामलाई छुन्छ्यौ बेकारमा

  • by

मलाई सम्झेर रुन्छ्यौ बेकारमा
अस्ताउने घामलाई छुन्छ्यौ बेकारमा ।

भीडमै छ माया भीड नै दुनियाँ
तिमी किन एक्लो हुन्छ्यौ बेकारमा ।

बालुवाको महल ताजमहल हैन

बाथरुम मनपर्छ

  • by

बेला न कुबेला आइरहने
टेलिफोनका पट्यारलाग्दा
टिर्रटिर्र आवाज
त्यहाँ सुन्न नपर्ने रहेछ ।
न त त्यहाँ
विभिन्न विद्युतीय माध्यमहरूमा
समाचारका नाममा प्रसारित