Skip to content

बुद्धको देश
हिंसा र बलात्कृत
नेपाली चेली ।

ममता गाढा
अचारको जमाना
दुईको प्रेमी ।

भेडा गोठालो
बाघको बिगबिगी
बादल टम्म ।

आमाको माया
लाहुरेको जीवन
एकल छोरो ।

अँध्यारो रात
पानी परेको बेला
भिरको बाटो ।

-सप्तेश्वरी छितापोखरी ८, खोटाङ

1 thought on “केही हाइकु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *