बेला न कुबेला आइरहने
टेलिफोनका पट्यारलाग्दा
टिर्रटिर्र आवाज
त्यहाँ सुन्न नपर्ने रहेछ ।
न त त्यहाँ
विभिन्न विद्युतीय माध्यमहरूमा
समाचारका नाममा प्रसारित
अन्याय, अत्याचार र दुराचारका
हालखबरहरू नै
सुन्न र देख्न पर्दोरहेछ ।
बाहृय जीवन र जगत्का
कलह, वैमनस्य र वैराग्यका
कथाव्यथा पनि
त्यहाँ पर्न नपाउने रहेछ ।
पारिवारिक दुःखकष्ट
अनि अभावै अभाव
र समस्यै समस्याग्रस्त अवस्थाको
वेदनामय अभिव्यक्ति पनि
त्यहाँ रहँदाबस्दा
कर्ण-कुहरमा छिर्न नपाउने रहेछ
त्यसैले मलाई हिजोआज
अन्यत्रभन्दा शान्त एकान्त बन्द
बाथरुमै मनपर्छ ।

-स्याङ्जा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *