खरो विचारका निबन्ध
‘बलेको आगो’ शीर्षकीय निबन्धसङ्ग्रह कवि मित्रलाल पंज्ञानीको नयाँ परिचय हो । २०३७ देखि २०६५ सालसम्ममा पाँचओटा कविता कृति प्रकाशित गरिसकेका पंज्ञानीले छैठौँ कृतिका रूपमा निबन्धसङ्ग्रह प्रकाशन गरेका हुन् । यो पंज्ञानीकै लागि पनि अभिव्यक्तिको नयाँ स्वरूप हो र पाठकले पनि यसबाट नयाँ ऊर्जा पाउने निश्चित छ ।
