मधुपर्क २०६८ बैशाख

खरो विचारका निबन्ध

  • by

‘बलेको आगो’ शीर्षकीय निबन्धसङ्ग्रह कवि मित्रलाल पंज्ञानीको नयाँ परिचय हो । २०३७ देखि २०६५ सालसम्ममा पाँचओटा कविता कृति प्रकाशित गरिसकेका पंज्ञानीले छैठौँ कृतिका रूपमा निबन्धसङ्ग्रह प्रकाशन गरेका हुन् । यो पंज्ञानीकै लागि पनि अभिव्यक्तिको नयाँ स्वरूप हो र पाठकले पनि यसबाट नयाँ ऊर्जा पाउने निश्चित छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नारी संवेदनायुक्त गजलसङ्ग्रह

  • by

केही वर्षयता इन्टरनेट सञ्जालभित्रको फेसबुकले साहित्य प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको यथार्थ यस प्रविधिसँग नजिक रहेका सबैसामु जगजाहेर नै छ । आफ्ना अनुभूतिहरू एक-अर्कामा बाँड्न चाहनेहरूका लागि सहज माध्यम बनेको फेसबुकले केही राम्रा साहित्यकारहरू पनि जन्माएको देख्न सकिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आहृलादित नहुने लेखक

  • by

उहाँको पिताजी ज्यादै रिसाहा र जण्ड स्वभावको हुनुहुन्थ्यो । पिताजीको रिसको भुङ्ग्रोमा उहाँ कारण-अकारण बारम्बार माछो बन्नुहुन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उहाँ मिटिङमा हुनुहुन्छ

  • by

आजको जमाना व्यस्त जमाना, व्यस्त जमानाका सबै मान्छेहरू पनि आ-आफ्नै तरिकाले व्यस्तै छन् । साँच्चै भन्ने नै हो भने अहिलेको जमाना पावर र टावरको जमाना, डेटिङ र भिजिटिङको जमाना, इटिङ र मिटिङको जमाना ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतियार

  • by

खत्र्याक्क ! यो आवनजसँगै वीरध्वजको निद्रा आधारातमा भङ्ग भयो । उसले घरभित्र कालो छायाँ पसेको देख्यो । हतियार सहित चोर गाउँ पसेको छ भन्ने हल्ला सम्झियो । घरमा लोग्नेमान्छे भन्नु आफू मात्रै । दिनभर काम सघाउने हली कान्छा पनि साँझमा उसको आफ्नै घर फर्किन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डढेलो

  • by

समयले यसरी घात गर्ला र आफूले गरेको सङ्घर्ष र प्राप्ति यति दुखद होला भन्ने सह-प्राध्यापक शिशिर शर्माले कहिल्यै सोचेकासम्म थिएनन् । आफूले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमिठो लागेको छ उनलाई । आज उनी गाउँ छाड्दै छन् र पनि कसैले सोधेका छैनन् – ‘शर्मा ! कहाँ जान्छस् ? किन जान्छस् ?’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एउटा मौन समय

म ब्यूँझिए । बिहान भइसकेको आभाष त अघि नै भएको हो । आँखा नउघारी धेरैपटक हाई काढ्ने मेरो बानी छ । आङ यताउति मर्काएँ र पिसाब फेर्न जान खुट्टाले चप्पल खोज्न थालेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नजन्माएकी छोरी

  • by

मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत् मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मातृत्व र आदर्शको तुवाँलोमा ‘समानान्तर आकाश’

  • by

नेपाली साहित्यको आख्यान विधाले प्राथमिक काल तथा माध्यमिक कालको प्रारम्भसम्म पनि नारी हस्ताक्षर पाउन सकेन । माध्यमिक कालको पछिल्लो चरणमा ‘राजपूत रमणी’ (वि.सं.१९८९) उपन्यासमार्फत् अम्बालिकादेवीले सो अभावलाई पूरा गरिदिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘स्मृति-दंश र अन्य कथाहरू’ भित्रका वस्तु संयोजन

  • by

नेपाली साहित्यको कथा विधामा करिब पचास वर्षदेखि निरन्तररूपमा कलम चलाउँदै आएका विशिष्ट साहित्यकार सनत रेग्मी कथा क्षेत्रका सशक्त कथाकार हुन् । वि.सं. २००४ सालमा जन्मिएका रेग्मीको साहित्यिक कलम कथा विधामा नै समर्पित देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ध्रुवचन्द्रका उपन्यासमा वस्तुप्रयोग र ‘अप्रिय’ उपन्यासको विशिष्टता

  • by

आख्यानपुरुषको उपाधि प्राप्त आख्यानकार ध्रुवचन्द्र गौतमको एक्काइसौँ उपन्यास ‘अप्रिय’ले प्रेम प्राप्त गरिरहेको छ अचेल । डा. ध्रुवचन्द्र गौतम उपन्यासमा नयाँनयाँ उपविधा र सिद्धान्तलाई भित्र्याउने प्रतिभा हुन् । यसअघिका धेरै उपन्यास यसको उदाहरण बनिसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुगुमा रमाएको मन

  • by

म मेलुङको मान्छे, मुगुको मुटु सुम्सुम्याउने मेरो अभीष्ट त्यत्तिकै मृत थियो । यामहरू आउँथे । यामहरू थाहै नपाई बित्थे । म भने मुगु पुग्ने मनभरिको इच्छा पालेर भौँतारिरहेको हुन्थेँ । मुगुसँग मायाप्रीति गाँस्ने र राराको रमैलोमा रम्ने मेरो अभिलाषा अतृप्त नै थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एसियाली लेखक महासम्मेलन दिल्लीमा पूर्व-तयारी सन्दर्भ भने नेपालमा

  • by

एकदिन घरमा पुराना पुस्तक-पत्रिका आदि पल्टाइरहँदा संयोगवश मोटो जिल्दा भएको एउटा कापी पाइयो । कापी पल्टाएर हेर्ने बित्तिकै पहिलो पृष्ठमै ‘न्यु दिल्लीमा लेखक महासम्मेलनमा पठाउनेबारे प्रारम्भिक समितिको माइन्युट बुक २०१३ भदौ’ लेखिएको पाएँ साहित्यका पाठकको निम्ति यो अभिलेख ऐतिहासिक घटना भई अति महत्त्वपूर्ण हुनुको साथै नौलो र रोचक विषय पनि भएको हुँदा सोही माइन्युट बुकको आधारमा त्यस समितिद्वारा गरिन लागेको कार्ययोजनाबारे सङ्क्षिप्त विवरण प्रस्तुत गर्ने प्रयास यहाँ भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हेरिटेज भिलेजको बाटोमा समयलाई जिस्काउँदा

  • by

छोरी साधनाको ग्रायाजुएसन सेरीमनीमा भाग लिन युनिभर्सिटी अफ साउथ फ्लोरिडाको निम्तोमा २०६६ मङ्सिरमा म र मेरी पत्नी सपना अमेरिकाको फ्लोरिडा राज्यस्थित टेम्पा पुगेका थियौं ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिलाम्य बाटोमा

  • by

म पैदल हिँडिरहेको बाटो निकै हिलाम्य छ । हो, म हिलाम्य बाटोमा हिँडिरहेको छु । मेरो अगाडि हिलो, मेरो पछिल्तिर पनि हिलो । चारैतिर हिलो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तमोनदी

  • by

हिजोआज नदी बग्दै छ कि ‘तमोनदी’ बग्दै छ, थाहै हुँदैन । थाहा होस् पनि कसरी हाम्रा कल्पना, बोध र सोचाइले जेलाई पानी भन्दै आएको छ त्यस्ता कुरा नदीमा भेट्न गाह्रो छ । कतै रूप बिग्रिएको नदी-चित्र नै मनुष्यको मस्तिष्कमा रहिरहने त होइन ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कथाकथित पात्रको प्रदेशमा

  • by

स्वप्ननगरी, स्वप्नद्रष्टाहरूको यथार्थ नक्कलीपनाभित्रको अन्तरद्वन्द्व र चलचित्र क्षेत्रको अति रोचक चित्रण प्रस्तुति नायिका मीनाकुमारी, निर्देशक बीआर चोपडा, उपन्यासकार राही मासुम रजा, गायक उदित नारायण पाकिजा फिल्मको जीवनको उत्कृष्ट प्रेमदर्शन, भारतीय महिलाहरूको औसत व्यवहार, भारतीय देश, कालअन्तर्गतको रचनागत वातावरणको तुलना भारतीय पूर्वोत्तरमा मेरो बुझाइको सीमाभित्रका कुराहरू अत्यन्त गाम्भीर्ययुक्त छन् । धन्यवाद प्रकाश दाइलाई यस्तो रचना पढ्ने अवसर प्रदान गर्नुभएकोमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चित्रका लागि विचारको खोजी

  • by

कुनै पनि राष्ट्रको परिचय, सभ्यता, विकास, जीवनस्तर, व्यवसाय, भेषभूषा आदिको चर्चा गर्दा त्यस देशको ललितकलाको सन्दर्भ, चर्चा, उल्लेख हुन आउँछ । ललितकलाको परिभाषाको रूपमा वास्तु, मूर्ति, चित्र, सङ्गीत, नृत्य र गायनका साथै साहित्यको सिर्जना र उत्थानको इतिहास आउँछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुड् मर्निङ् अमेरिका !

  • by

“गुड् मर्निङ् अमेरिका !”

“केको राति १० बजे नि ‘गुड् मर्निङ् अमेरिका !’ उनले मेरो बोलीबाटै चिनिहाले र ठाडो भाषा बोले, “कहिले आइपुग्यौ बरु ? सम्झिराखेको थिएँ तिमी आयौ कि आएनौ भनेर ? आएछौ, खुसी लाग्यो ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली ललितकलामा समावेशी स्वरूप

  • by

आज समयले प्रत्येक मानिसलाई आफ्नो हैसियत, अवसर, अधिकार आदिको खोजीमा अग्रसर गराइरहेको देखिन्छ । राज्यले समेत सबैमा त्यो समानताको अवसर प्रदान गर्न नीति-निर्माण तहबाटै कार्ययोजनाहरू प्रारम्भ गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •