यसपटक संयुक्त राज्य अमेरिकाको भर्जिनियामा यही जुलाई १, २ र ३ मा भएको एएनए को २९औँ वाषिर्क सम्मेलनको अवसरमा आयोजित तीनदिने साहित्यिक महोत्सवमा नेपालबाट सहभागी हुन पाउँदा धेरै नयाँ कुराहरू जान्ने, हेर्ने र बुझ्ने अवसर पाइयो ।
सूर्य सुवेदीका ३० वटा कथाको सङ्ग्रह ‘सूर्य सुवेदीका कथाहरू’ भर्खरै प्रकाशित भएको छ । प्रस्तुत सङ्ग्रहका कथाहरू विषयवस्तुका दृष्टिले विविधता युक्त छन् ।
‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने नेपाली उखानको ठिकविपरित मलाई जीवनको अन्त्यमा एक्लिनुपर्छ भन्ने कहाँ थाहाँ थियो र ! उसो त हामी आफ्नो बुवाको पाँचभाइ दाजुभाइ थियौँ ।
काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लको राज्यकालमा मत्स्येन्द्रनाथको जात्राको अवसरमा मानिसको रूप लिएर कल्पवृक्ष जात्रा हेर्न आएछन् । मत्स्येन्द्रनाथका एकजना पूजारीले कल्पवृक्षलाई चिनेछन् र समातेछन् ।
पुरा वस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता ।
संसारको सबैभन्दा उच्च भूभाग सगरमाथा रहेको देशको म, एउटा व्यक्ति, संसँरकै सबैभन्दा होचो भूभाग -समुद्री सतहभन्दा ४१६ मी., (१३६५ फिट) तल मानिएको मृतसागर हेर्न जाने भन्ने कार्यक्रम तय हुनासाथै त्यो ठाउँ कस्तो होला ? भन्ने जिज्ञासँ स्वभाविकै रूपले जागेर आयो ।
आधुनिक युगको नेपाली माटोमा जन्मी हुर्की पाश्चात्य शैलीमा नेपाली चित्रकलाको विधामा नयाँ आधुनिक स्रष्टा चन्द्रमानसिंह मास्के (वि.सं. १९५६-२०४१) लाकृतिहरू राष्ट्रिय धरोहरको रुपमा रहेका छन् ।