संसारको सबैभन्दा उच्च भूभाग सगरमाथा रहेको देशको म, एउटा व्यक्ति, संसँरकै सबैभन्दा होचो भूभाग -समुद्री सतहभन्दा ४१६ मी., (१३६५ फिट) तल मानिएको मृतसागर हेर्न जाने भन्ने कार्यक्रम तय हुनासाथै त्यो ठाउँ कस्तो होला ? भन्ने जिज्ञासँ स्वभाविकै रूपले जागेर आयो । २३ अक्टोबर २००५ को दिन राजधानी जेरुसेलमको आर्नोना भन्ने ठाउँबाट श्रीमती ज्योती, छोरँ डा. ध्रुव, बुहारी बिन्दु र नातिनी दर्शनासमेत ५ जना प्रस्थान गरियो । सहरको भीडभाडलाई छिचोल्दै केही बाहिरी भागमा निस्केपछि इजरायलको हिब्रु विश्वविद्यालय रहेको थुम्कोलाई बायाा पार्दै केही तल पुग्दा सो ठाउँको उच्चाई ५०० मि. लेखिएको थियो, त्यहाँबाट दक्षिणपूर्वतर्फ लागियो । सहरी कोलाहललाई छोडेर केही पर पुग्ना साथै शान्त वातावरणको महसुस हुन थाल्यो । ससाना डााडा थुम्काहरूको तलको बीच भागबाट केही नजानिादो ओरालो लागियो । असी/नब्बे कि.मि.प्रति घण्टाको रफ्तारमा गाडी गुडिरहेको छ । दायाा बायाा खाली नाङ्गा थुम्का मात्र देखा पर्दछन् । यस्तै डााडाका समूहलाई पछि पार्दै भेडाबाख्राको बथानलाई हेर्दै तल तल झर्दै जिरो लेभल र त्यसपछि -१५०, -२०० लेखेका दृश्यलाई हेर्दा हेर्दै जुरिको सहरतिर जाने बाटो छोडेर मृतसागतर्फ लागियो । त्यहाँबाट करिब १५ मिनेट दक्षिणतर्फ जाना साथै इजरायल र जोर्डन दुई देशको बीचमा उत्तर दक्षिण फैलिएर रहेको मृत सागरको सानो भाग पहिलो पटक देख्न पाइयो । त्यसपछि दाहिनेतर्फ अग्लो नाङ्गो पहाड र बायाातर्फ मृतसागरको किनारै किनार हुादै धेरैबेरसम्म दक्षिणतर्फ अगाडि बढेपछि एन गेदी (Ein Gede) भन्ने एउटा निकै चहलपहल भएको ठाउँमा पुगियो । वास्तवमा इजरायलको यो एउटा रमणीय पर्यटकीय थलो रहेछ । यहाँ खानबस्नको राम्रो व्यवस्था छ । किबुज (Kibbutz) भित्र होटल निकै सुविधायुक्त छ र अन्य मितव्ययी पाहुना कोठाहरू पनि फाइदा रहेछन् । मृतसागरको किनारमै जोडेर पार्किङको राम्रो व्यवस्था, समुद्री तटमा पौडी खेल्न जाने राम्रो बाटो, त्यहाँ मनोरञ्जन गर्दै बस्ने छाताहरू, समुद्रमा पौडी खेलिसकेपछि बाहिर निस्केर सफा पानीले स्नान गर्न थुप्रै ठाउँमा धारँसमेतको राम्रो व्यवस्था त्यहाँ गरिएको छ ।
समुद्रीतटको चलहपहलः- मोटरबाट उत्रेर किनारातर्फ अगाडि बढना साथ बाटोको दायााबाया विभिन्न जातका फूलले सो ठाउँको सुन्दरता बढाइहेका छन् । किनारामा पुग्नु अगावै केही माथि जताततै रङ्गीचङ्गी छाता स्थायी रूपले ठडाई रहेका छन् । पार्किङ स्थलबाट समुद्र किनारँसम्म रमाइलो वा मनोरञ्जन गर्न आएका आन्तरिक वा बाहृय पर्यटकहरूको जमात विभिन्न भेषभूषामा देखा पर्दछन् । जस्तोसुकै पहिरन पहिरे पनि एक अर्कोलाई कसले केही भन्दैनन् र मान्दैनन् पनि । हुन पनि विकसित मुलुकहरूले पचाइसकेको विषय भए पनि हामीहरूले यसो हेर्दा हाम्रँ यी बानी नपरेका आाखाहरूले अलि असजिलो मानिरहेका थिए । प्रँैढ, बयष्क युवा अवस्थाका उर्लंदो बैंसमा प्रवेश गरेका युवायुवती जोसुकै हुन् सबैले छोटा, साना कपडा लगाई शरीरका दुई संवेदनशील भागलाई मात्र टिपिक्क पारेर छोपेका हुन्छन् । त्यस्तो पहिरनमा सकभर शरीरको थोरै भाग छोपी धेरै भाग खुल्ला राखी त्यस मृतसागरको किनारामा चपलाङ चुपलुङ गर्दैरहेका हुन्छन् । कुनै कुनै पर परसम्म पानीमा पौडी खेलिरहेका र केही साहसिक युवायुवतीले त तीव्रगतिमा बाहेको हावाको प्रभावले समुद्रको पानी बहादा वा छचल्किादा उठेको लहर वा छालसागै उच्छल पुच्छल गरिरहेका हुन्छन् । पौडी खेल्न नजान्ने मानिस पनि मृतसागरको पानीमा नडुब्ने रहेछ । किनाराभन्दा धेरै पर पानीमाथि तैरिरहेको व्यक्तिले मजासाग पत्रिका पढिरहेको दृश्य झट्ट हेर्दा वा सुन्दा अनौठो लागे पनि यो यथार्थ रहेछ कि त्यहाँ पानीमा मानिसले हातखुट्टा नचलाए पनि पौडी खेल्न नजानेको व्यक्ति भए पनि नडुब्ने रहेछ । जमिनमा बसेर खुट्टा सीधा पसँरेर बसिरहे जस्तै पानीमा खुट्टा पसँरेर आनन्दले तैरिरहन सकिने रहेछ । कस्तो अनौठो लाग्ने । यो अनौठो दृश्य हेर्दा हेर्दै एकछिन आफू विद्यार्थी अवस्थामा विज्ञान विषय पढ्दाको सम्झना आयो । अनि मात्र यहाँको पानीमा किन मानिस डुब्दैन ? सजिलै तैरिन सक्छ भन्ने कुराको जानकारी हुन सक्यो । अर्थात यस मृतसागरको पानीमा नुनको मात्रा धेरै भएकोले मानिसको शरीरले इअअगउथ गर्ने आयतन बराबरको यो नुनिलो पानीको मात्राको तौल मानिसको तौलभन्दा बढी हुने भएकोले मानिस पानीमा डुब्न खोजे पनि माथि तैरिनै पर्ने अवस्था आएको । कस्तो मज्जा लाग्ने रहेछ । खेल्दा खेल्दै समुद्रको पानी मुखमा पर्दा ज्यादै नुनिलो भएकोले नमज्जा पनि लाग्ने रहेछ । त्यसैले मुख राम्रोसाग बन्द गर्नु उपयुक्त हुन्छ । बूढाबूढीहरू एक अर्काको हात समातेर, युवायुवती, खास गरेर नवजोडीहरूले दुबैजनाको खुट्टा जोडेर बटारेर वा साङ्लो जस्तो पारेर दुबैका मुख (टाउको) विपरीत दिशातिर केही ठाडो पारेर एकअर्कालाई हेर्दै हातले कुतकुत्याउँदै मोजमस्ती गरिरहेको, कतै पााच छ जनाको समूह मिली पानीमै बल खेलिरहेको दृश्य बाक्लै देखिन्छन् । कहिले नुनिलो पानीको स्नान, कहिले सूर्य स्नान ९क्गल दबतज० कहिले किनाराभन्दा निकै पर गहिरो पानीमा लम्पसँर पारेर मज्जाले पत्रिका पढ्दै गर्ने, आदि विभिन्न प्रकारले मृतसागरको किनारामा विभिन्न क्रिडा गरेर रमाइलोसाग समय बिताइरहेका हुन्छन् । इजरायली भूमिबाट हेर्दा मृतसागर पारी पूर्वपट्ट िजोर्डनको भूभाग देखा पर्दछ भने पछाडि अग्लो वनस्पतिविहीन नाङ्गो खण्डहर खैरो फुस्रो डााडो उत्तर दक्षिण लम्पसँर परेर रहेको छ । यसै डााडोको खोाच र मृतसागरको किनाराको बीच भागबाट इजिप्टतिर लाग्ने बाटो गएको छ ।
समुद्रमा पौडी खेलिराखेकामध्ये केही जनाले मुखमा मात्रै र कसैले पूरै शरीरमा कालो पोतेको देखिन्छ । त्यसबारे के रहेछ भनि जानकारी लिादा मृतसागरभित्र केही ठाउँमा पाइने सो कालोमाटो शरीरमा दल्नाले चर्मरोगसम्बन्धी प्रायः सबै प्रकारका रोग निको हुन्छ रे । साथै प्रयोगकर्ताको अनुहार राम्रो चहकिलो र लस्याइलो पनि हुन्छ रे । यसै कारणले होला, त्यहाँ नजिकै केही कस्मेटिक कारखाना धेरै समय पहिलेदेखि स्थापना भएका रहेछन । यस कारखानाले सो मृतसागरको कालोमाटो प्रमुख कच्चा पदार्थको रूपमा प्रयोग गरेर थरीथरीका द्ययमथ ीयतष्यल तयार पार्दारहेछन सो लोसनको बिक्री निकै राम्रोसाग भइरहेको बुझिन्छ ।
मृतसागरका नुनिलो पानीमा सयौाजनाको बीचमा आनन्द लिादै नयाा अनुभव बटुलेपछि अनायास मेरो मन उडेर कोदारीको तातोपानीमा नुहाइरहेका नेपालीहरू (तामाङ, नेवार, बाहुन क्षेत्रीहरू)को अनुहारलाई देख्न पुग्दछ । विभिन्न जिल्लाबाट तातोपानीमा गएर स्नान गरेमा आफूमा रहेका अमुक रोग निको हुन्छ भन्ने अटल विश्वास लिएर गएका ती नेपालीहरूलाई खान बस्नको राम्रो व्यवस्था भइदिएमा र हिमाली पहरोबाट दिनरात निस्किएको त्यो रसायनयुक्त औषधीमूलक तातोपानीलाई खेरजान नदिई ठूलो, राम्रो स्तरयुक्त, धेरैजनालाई सेवा पुग्नसक्ने खालको पोखरीहरू निर्माण गरिदिन सकेमा यहाँ जस्तै त्यहाँ पनि थुप्रै मानिस मनोरञ्जनका साथै औषधि उपचार वा रोग निवारण खातिर जाने थिए । त्यहाँ बस्ने थिए त्यहाँको व्यापार बढ्ने थियो । बाहिरी आाखाले मृतसागरको किनारामा हेरिरहेको छु तर भित्री आाखाले निमेषभरमा कोदारीमा मात्र होइन फेरि म्याग्दी जिल्लाको तातोपानीको सानो पोखरीमा स्वदेशी मात्र होइन, विदेशीहरूले पनि निलगिरी हिमाललाई हेर्दै नुहाइरहेको देख्न पुग्छु । अनि हामीकहाँ पनि भए हुन्थ्यो, उस्तो भए राम्रो हुन्थ्यो भन्दै कल्पना गर्दै जान थालें ।
त्यस रमणीय स्थानबाट प्रस्थान गर्नुअघि मुखबाट अनायास एउटा शब्द निस्कियो “यो मृतसागर होइन रहेछ”, “अमृत सागर पो रहेछ” अर्थात यहाँ पौडी खेलेपछि वा स्नान गरेपछि बाथ रोग हात खुट्टाका जोर्नीहरू, घुाडा, गोलीगााठा, ढाड कम्मर दुख्ने जस्ता पीडाहरू निको हुने यहाँको कालोमाटो दलेपछि अनुहार तथा पुरै शरीर नरम हुने र अनुहार निकै राम्रो तथा चहकिलो हुादै जाने विश्वासले नै त्यस्तो कालिमाटी लेपन गर्दारहेछन् । समुद्र सतहबाट धेरै तल भएकोले यसको हावाको चाप तथा सूर्य किरणको प्रभाव पनि अन्य सामान्य स्थानको भन्दा फरक तर अनुकुल हुनाले स्वास प्रस्वास तथा मुटुसम्बन्धी रोग र चर्मरोगलाई पनि यहाँको निश्चित समयको बसाईले फाइदा गर्दछ भन्ने जनविश्वास रहेछ ।
यसरी निरन्तर रूपमा चलिरहने यस प्रकृतिको क्रियाकलापसाग रमाउँदा रमाउँदैमा कसैलाई पनि समय बितेको पत्तै हुादैन । हामीलाई पनि त्यस्तै भयो । सााझ पर्ने बेलासम्म पानीमा खेल्ने, रमाइलो हेर्ने, किनारामा बसेर तातो, चिसो पिउने नास्ता खाने गर्दा गर्दै झमक्कै हुन लागेको हुनाले हतार हतारमा मृत सागरलाई सके फेरि भेटौाला नसके सम्झना गर्दै गरौँला भन्ने वाचाका साथ बिदा भएर जेरूसेलम को निमित्त प्रस्थान गरियो ।
शनिबार, गोरखापत्र
