Skip to content


मलाई भ्रष्ट अनि दुष्टहरुलाई
घोटेर प्रहार गर्ने मन छ
बेरोजगार हु म फुटपाटको
किनारमा व्यापार गर्ने मन छ

विद्वानहरू हो पवित्र विचारले
यो संसारमा के गर्नु ? – २
विशाल बजारमा गएर
विचारको कारोबार गर्ने मन छ
मलाई भ्रष्ट अनि दुष्टहरुलाई
घोटीघोटी प्रहार गर्ने मन छ

हिजो जस-जसले मलाई हातमुख
छाडेर दुर्व्यवहार गरेर गएका थिएँ – २
उनैलाई भेटेर आज
मज्जाले नमस्कार गर्ने मन छ।
मलाई भ्रष्ट दुष्टहरुलाई
घोटीघोटी प्रहार गर्ने मन छ

आज मर्न लागेकी
बिचरी एउटी आमाले भनिन कि २
नजिक आऊ छोरा तिमीलाई
मेरो मनमा भए भर्को प्यार गर्ने मन छ

उन्ले त कति सजिलै
आफ्नो विवाहमा बोलाइन२
अब मलाई मेरो
मृत्युको प्रचारप्रसार गर्ने मन छ

यो सास कस्तो हुन्छ मैले लिनै पाएको छैन२
पिनास छ मलाई नाकको उपचार गर्ने मन छ
मलाई भ्रष्ट अनि दुष्टहरुलाई घोटि घोटी
प्रहार गर्ने मन छ।

त्यो इमान्दार भगवान चाहिँ अब के गर्छ होला ? २
मानौ एउटा गद्दारले भन्दियो कि
मलाई यो दुनियाको उद्दार गर्ने मन छ
मलाई दुष्ट अनि भ्रष्टहरुलाई घोटीघोटी
प्रहार गर्ने मन छ।

सरकार तपाईं बरु एउटा कवि
कलाकार र रविलाई सोध्नुहोस२
छाती फुलाएर भन्नेछ मलाई अपराधी
अनि अन्धकारहरुको चिरफार गर्ने मन छ
मलाई भ्रष्ट अनि दुष्टहरुलाई घोटिघोटी
प्रहार गर्ने मन छ।

मैले इराकको कारागारमा
एउटा अपराधीलाई सोधें २
अन्तिम इछ्या उसले भन्यो कि
मलाई मर्नु अघि अँझै
एकताल बलत्कार गर्ने मन छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *