शहीदहरुको सम्झनामा

उसले जगतको अधिकार
मानव समाज सुधार

उसले जगतको अधिकार
मानव समाज सुधार
दुनियाको दिगो उद्दार
र यो सिङ्गो संसारकै
हितको लागि इमान्दार भएर
आफूलाई समर्पित गर्यो।

उसले अत्याचार
भ्रष्टचार
बलत्कार
र गद्दारहरुको पतनको लागि
आफ्नै जीवनको आहुती दियो

ऊ वीर भएर गयो
ऊ गएर वीर भयो

ऊ सर्व-सक्तिमान थिएन
त्यो राष्ट्र भक्ति र दायित्व थियो
उसको जागिर थिएन

देशमा शान्ति सुरक्षा थिएन
न्याय थिएन
उसलाई कसैले साथ दिएन ।

तर
ऊ वीर थियो
र मन्दिरमा भुत र मसानहरुसँग
एक्लै एक्लै लढिरह्यो त्यसदिन
तर,
भगवानले पनि किन हो किन उसलाई साथ दिएन?

फलत आज,
केवल उस्कै मात्र सालिक जीवित जस्तो लाग्छ
मलाई धर्मयुद्ध र सत्यको इतिहासहरुमा
ऊ अमर भएर गयो
ऊ गएर अमर भयो
हाम्रा हरेक सासहरुमा
प्रलय आएर पनि पर्मेश्वर!
धन्य हाम्रो पृथ्वी
गएन कुनै बिनासमा ।

जब देशमा
सामन्तीराणा र घोर तानशाही
अनि चोर अपराधीहरुलाई उसले देखिरह्यो
देखिरह्यो
तब
उसले तिनीहरुको विरुद्धमा
लेखिरह्यो
बिडम्बना
तर
उसको हातहरू काटेर
उसको कलमहरू खोसियो ।

जब
क्रुर र कसुरबालाहरुको दमन
र दुस्ट र नरपिपासुहरुको
जर्जर दानवीयता र पाप परास्त गर्नलाई
दुखी र पीडितहरुको पछ्यमा
उसले आवाज उठाइरह्यो

भुसिया कुकुरको झै गरेर
तब लुछियो उसको जिब्रोलाई नै काटियो ।

तर,उ कुकुर थिएन
ऊ बहादुर थियो
तर
ऊ सँग बोल्न र लेख्नका लागि केही पनि थिएन
उसले अन्तिम पटक,
आफ्नो जन्मभूमि
र मातृभूमिको माटोहरुमा
रातो टाटोको उज्यालो प्रीन्ट आउट आउने गरी
अमिट हस्ताछ्यरहरुसङै
देशद्रोहीहरुको बिद्रोहमा लेख्यो
र त्यो
उसको आफ्नै रगतको थियो।

आफ्नो देश र जगतको खातिर
वीरगति र साहदत्त प्राप्त जनताहरुकै निमित्त
आफ्नो बलिदान दिएर जीवन्त मुस्कान सहित
हासिरहेका शहीदका शालिकहरुलाई
किसान मजदुरका कर्मठ हातहरुको सलाम!

सलाम आखिर रातभरि आएर मिर्मिरको किरणमा हराएर
दिनभरि बिलाएर
सडक किनारमा उभिएर भत्किरहेका
भत्किएर दिनभरि उघिरहेका
निदाउन नपाएर ओछ्यानमा छट्पटाइरहेका
अबोध शिशुहरू झै गरेर
न्याय नपाएर रोहिरहेका

अनि आफू अन्धकारमा रहेर पनि
सहरलाई
जिन्दगीभर ज्युदो लास जस्तो भएर
सारा संसारभर सित्तैमा प्रकाश बाडिरहेका
ल्याम्पपोस्टहरुलाई
जूनतारा चन्द्रमाको हसिलो अनुहारको सलाम
शहीदहरुलाई बुद्धका दुई आँखाहरुको सलाम।

सलाम आफू रोएर पनि आमा झै हासिरहेका
निर्भिक निडर

परिवारको उज्यालोहरुको लागि
भविष्य उदयको लागि
निश्चय हर रातको अन्धकारमा आफू अस्ताएर
बादल र चट्याङ्गहरुको पाषणहरू सँग लढेर
क्षितिजको विशाल रणब्युवाट अपहरण उन्मुक्त गरेर
आफू अकाल मरण मरेर गएकाहरू

बिहानको पहिलो प्रभाकरहरुमा
घाम बनेर हासिरहेका
अनि अमर इतिहासमा बाचिरहेका
महान मुक्तियोद्धाहरुलाई

मेरा प्रत्येक क्रान्तिकारी कविताहरुको सलाम
शहीद तिमीलाई हर एक सन्ततिहरुको सलाम।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *