फेसबुक र सामाजिक
सन्झालमा आएर
अनि मानव अधिकारको
आवाज उठाएर
पीडित र दुखिहरुको उद्दार
अनि अपराधीहरुको
सुधारको लागि
उसले लगातार आफ्नो विचार
राखिरह्यो राखिरह्यो
निरन्तर राखिरह्यो
तर,
उसको स्वर कसैले सुनेनन
उसको भाषा कसैले बुजेनन
ऊ आएर झन चर्को चित्कार
चिच्याइरह्यो, चिच्याइरह्यो
पछि फेसबुकमा
उसको मुखदेखि नफरत भएको बताएर
उसैका आफ्नै नाजाहज साथीहरुले
रिसाएर
उसको विचार बहिस्कार
अनि उसको अनुहार नै अस्बिकार गर्दिए
सामाजिक सम्झालका न्यायधिसहरुले
उसलाई अम्फ्रेण्ड कसैले ब्लग हान्दिए
ऊ फेरि पनि त्यहाँ आइरह्यो
अनि
उनीहरुलाई
फ्रेण्ड रिक्वेस्ट पठाइरह्यो
तर
कसैले पनि उसको अनुहार एसेप्ट गरेनन
सबैले रिजेक्ट गरे
किनकि,
तिनीहरुको फेण्डलिस्टमा ऊ भार भएको थियो।
सायद,
मातहतहरू नै नरसम्हार र गद्दार थिए
तस्कर अनि असङ्ख्य अपराधहरुको भागिदार थिए ।
रत उसको पन्ध्र लाख नोट बरामत सहित
उसका इन्टरनेट र सब मोवाइल सेटहरू खोसिएर
उसलाई कारागारमा कैद गरियो
र उसको विचारहरुलाई बन्दी बनाइयो ।
नत उसले
कहिले पनि आफ्नो स्वाभाविक
अधिकार नै पायो
नत उसको आन्तरिक विचारमा
लाइक कमेण्ट नै आयो
नत उसको कहिले पनि आवाज नै सुनियो
सट्टामा बरु वकिलहरुबाट नै मोवाइल जफत गरी
अवियोग लगाएर अनि उसलाई कारागारमा थुनियो ।
भित्र वेश्या र जस्याहरुको केस
डिभोर्सको विषयमा भट्टीहरुमा झै गरेर
सामाजिक सन्झालका भित्ताभरि
बृहत् छलफल र न्यायिक इजलास भैरहेको थियो
न त अब उसको अधिकार
उसको विचार
उसको चित्कार सुनिने ठाउँ नै बाँकीरह्यो
न त
अब उसको सञ्चार स्वतन्त्रता नै सुरक्षित भयो
स्वयम ऊ आज आफै यसरी पीडित भयो
मानौ कि,
अब त उसको सर्वस्व सिङ्गो संसार सकियो
साथीहरुका सामाजिक सन्झालको
भित्ताभरी वेश्या र जस्याको विषयमा
बृहत् छलफल भैरहेको थियो
अब उसले कहिले पनि बोल्न पाउनेछैन
अनि अब उसले कहिले पनि
आफ्नो फेसबुक खोल्न पाउनेछैन
किनकि,
त्यो केवल फेसबुक केवल उसको आदत थिएन
त्यो हाम्रै मुलुकको अदालत
र नेपालको न्यायलय जस्तै थियो ।
उसको कुरामा कसैको पनि जनमत आएन
उसलाई कहिले पनि लाइक कमेण्ट आएन
उसले कहिले पनि आफ्नो अधिकार पाएन
बरु उस्कै चतुर साथीहरुले उसलाई उसले फेसबुकमा
आर्टिकलहरू पोस्ट गरेको देखेकै आधारमा
र उसले यस्तो लेखेकै भरमा
मानहानी र गाली बेइज्जत्ति सम्बन्धी कसुर लगाएर
जेलचलानको लागि प्रहरीचौकी आएर उजुरी लेखाइरहेथे।
ऊ अहिले उनीहरुको आँखाको कसिङ्गर जस्तै गरेर
अखङ्गख्य विचारहरू लिएर
कारागारमा नजर बन्दी भएर बसेको छ
एउटा होनाहार सपूत पीडित भएर
गद्दाहरुको नियोजित जन्झालमा फसेको छ
निरन्तर विचारको हतियारहरू बोकेर
हिडिरहेको एउटा निर्भिक कमान्डर
जिन्दगीभर कुण्ठित भएर बसेको छ
एउटा इमान्दार मान्छे नेपालमा कुजिएको छ
जन्झिरमा थुनिएको छ
अर्काको हितमा बोलिरहेका जीवित तालिवानहरू
भगवान भएर मन्दिरमा हैन कि
लज्जित भएर
सडककिनारमा एउटा स्थिर खब्वाहरू झै गरेर उभिरहेकाछन
थकित भएर फगट एउटा शहीदको सालिक झै
शरीरमा आफ्नै मरेको तस्बिरहरू टागेर
अर्को हितमा बोलिरहेका शैनिकहरू
बेकसुर देशद्रोहीहरुको गोली लागेर
कुकुर झै काटेर लावारिश फुटपाटमा फ्याकिएका छन्
यो देशमा इतिहासको सुरक्षा गर्ने महान सिपाहिहरू
लास बनाएर मसानघाट पठाइएकाछन
र मन्दिरमा भुतचुडेलहरुलाई सपूत भनेर ड्युटि खटाइएका छन्
तर जेल र कारागारमा भने
नरजनावार र बनकर र सुङ्गघुरहरुलाई झै गरेर
एउटा बहादुरलाई फसाइएको छ
भ्रष्टाचारीहरू महलमा बसेका छ्न
क्रान्तिकारिहरू जङ्गल पसेका छन्
भ्रष्टचार गरेको थिएन
उसले कुनै बलत्कार गरेको थिएन
नत कसैलाई अत्यचार नै गरेको थियो
फेसबुकको अदालत आएर
यो मुलुक यो सारा संसारभर आफ्नै आँखाका नजरले देखेको
वास्तविकता बताएर
उसले आफ्नो विचार प्रचारप्रसार गरेको थियो
सरकार
केवल उसले एउटा व्यवस्था बिरोधी कविता लेखेको थियो
र त्यो यही हो ।
