जब हामी भगवानको भजन किर्तन गर्न गयौ
रात्रिकालीन अन्धकारहरुमा
अलि टाढाको घरमा बडो कर्लल आवाजहरुका साथ
हर भक्तहरुले रहरले गाइरहेथे गीतहरू
रहरले बजाइरहेथे मादल
र रहरले नै बजाइरहेथे हातहरू
उत्पात
त्यसरात
किर्तनको समापनपश्चात्
र अन्त्यमा प्रसाद वितरण गरियो
अससोच,
तर
कसैले पनि त्यस घरको प्रसाद ग्रहण गरेनन
कुनै पनि धर्मात्माले गरेन
कुनै भजन गायककारले गरेन
कसैले पनि प्रसाद खाएन
लाज मानी मानी अनि अनुहार लुकाएर
सुटुक्क म भित्र भान्साको किचनमा छिरे
र भोजन गरे
बिद्दानहरू यथावत आगनममै ठडिरहेका थिए
एकनाश
तेतिकैमा
कसैले चर्को आवाजमा भन्यो कि
यो कस्तो धर्म हो यार
घर घर्मा रातभरि भजन किर्तन गर्दै हिड्ने
अनि जातभातमा पनि विभेद गर्ने
भगवान ! यो कस्तो धर्म हो
भक्तजनहरु! यो पाप हो कि धर्म ?
भक्तहरू बद्लामा बढो चकित भएर
मलाई भान्सामा हेरिरहेथे
र मनमनै मेरो उपहास गरिरहेथे
मैले उसको विचार सुनिरहे अनि अनुहार नियालिरहे
हृदयस्पर्शी पुस्पगुच्छाहरू सहित
धर्मबिरहरुको मन्दिरमा देवताहरुका अमुर्त तस्बिरहरुलाई
आफ्नो श्रद्दा सुमनअर्पण गर्न नपाएर
ढोका छेवैमा आएर ऊ बढो पीडित भएर कराइरहेको थियो ।
तर, देवता र भगवानहरू भनाउँदाहरुले भने
केवल उसले दिएको दान मात्र लिए
र प्रसाद नखाइन घर फर्किए
जसरी कि भट्टीका वेश्याहरू काम सकिएपछि
दरो दाम लिएर फर्किन्छन
तर त्यो कुनै धन बदन यौवन र रकमहरुको खेल थिएन
आफ्नो पवित्र मनमा अर्काको घर आगनलाई
एउटा परमधाम सम्झिएर
मानव दर्शन सहित भगवानको भजन किर्तन गर्न आएका
उनीहरू महान धर्मयोध्दाहरू थिए
जो जो हात र झोलाभरी भेटि लिएर
रित्तो भुँडी फर्किए
तिनीहरू भने भित्र जालो अनि कालान्द्रो
तर बाहिर देवता देवता भन्दै नाङ्गै दौडिरहेका
धर्मबिरहरू हैन
सर्महिनहरू थिए ।
उनीहरुले मान्ने ईश्वर र हाम्रो ईश्वरमा धेरै नै फरक रहेछ
उनीहरू धर्म र हाम्रो धर्ममा आकाश पातालको अन्तर रहेछ
उनीहरुको धनको देवता
हाम्रो स्वच्छ मनको
हाम्रो विचारको देवता
उनीहरुको उपहारको
उनीहरुको भौतिक भगवान
तर………..हाम्रो आन्तरिक
उनीहरुको ब्यहपारी धर्म
हाम्रो मानवतावादी
उनीहरुको भगवानलाई
महलका भ्रष्टाचारीहरुले पनि स्पर्श गर्न पाउने
हाम्रो भगवानलाई केवल
मान्छेहरुका पवित्र भावनाहरुले मात्र छुन पाउने ।
हाम्रो भक्ति केवल दिलमा आस्था र विश्वास बोकेर हिड्छ
उनीहरुको कोटका खल्तीमा भोट बोकेर
झ्यालिझ्याम्टा सहित हिडिरहेको नेता झै नक्कल र नोट बोकेर हिड्छ
उनीहरुको देवता धनी र खान्दानीहरुकोमा मात्र बाँस बस्ने
हाम्रो देवता चराचर पशु प्राणी जगतलाई आफ्नो घर सम्झने
उनीहरुको देवताले हामी कामिले छोएको पानी नखाने
हामी भने उल्टै उसलाई जानी जानी त्यही खुवाउन जाने
बडो पीडित र चकित भएर ऊ बोलिरहेको थियो
तर,अतिथिहरुले उसको भोजन र परिकारलाई इङ्कार गर्दिए
किनकि ऊ दलित थियो
जस्को घरमा हामी भजन किर्तन गर्न आएका थियौ।
म भने भित्र भान्सामा बसेर किचनमा पसेर दनादन दिइरहेको थिए
किनकि,मलाई ती सज्जनहरुलाई !
ती देवताका! प्रवक्ताहरुलाई !
मन्दिरका ती इमान्दारहरुलाई
धर्मका ती ढेकेदारहरुलाई केवल एउटै कुरा सिकाउनु थियो की।
आखिर ऊ पनि त हामी जस्तै पहिचान भएको इन्सान हो
र हामीले मान्ने भगवानको कुनै थर हुदैन
नत जातभात र देवता मान्दैमा मान्छे महान हुन्छ।
