व्यापारमा हार खाएर
परिवारलाई ऋण लगाएपछि
मनमा चोटै चोट पाएर
मानसिक सन्तुलन गुमाएपछि
उसले आत्महत्या गर्ने विचार लिएर
स-परिवार सहित
त्रिशुली नदीको किनारमा गएर
गर्ल्याम्म पानीमा हम फ्याल्यो
एकैछिनमा सेनाहरू आएर उद्दार गरेर
उनीहरुलाई अनि उपचारको लागि
अस्पताल लिएर गए
भाग्यवश ऊ बाँच्यो!
र होसमा आएर
आफूलाई अस्पतालमा पाएर ऊ रमाएर हाँस्यो
उसले जिन्दगी के हो त्यो बुझ्यो
धनभन्दा पनि ठुलो त आखिर
जीवन रहेछ
र अब जिन्दगीभर बाँच्नेबारे
मनमनै सोचिरह्यो
उसलाई आत्मबोध भयो
ऊ कहिले पनि अब आत्महत्या नगर्ने
र कहिले पनि आफू अकाल नमर्ने !
विषयमा विशाल निर्णय गरिरह्यो
जिन्दगी के हो आजादी के हो?
त्यो उसले स-बिस्तार बुझ्यो
र मृत्यु केहो र मुक्ति केहो ?
त्यो पनि उसले सरासर बुझ्यो
बुझ्यो उसले सारा संसार भरिका जीवन दर्शनहरू बुझ्यो
र अब अबचेतन मनमा उसलाई सधैं अमर भएर
बाँच्ने रहर पलाएर आइरहेको थियो
ऊ एकदम रमाएर हासिरहेको थियो
तर,
एकैछिनमा अचानक प्रहरी आयो
र उसलाई समाएर
कारागार लैजानका लागि हातकडि लगायो
कारागार जानू अगावै
उसलाई आफ्नो परिवारको याद आइरहेको थियो
अञ्जान उसले सम्झियो
सायद उसका मनहरुले
आफ्नो स्वास्नी र सन्तानहरू
एकदम खोजिरहेको थियो
आतुर भएर अनि उसले
आफ्नो कसुर सोधिरहेको थियो
प्रहरी नौजवानलाई
र आफू निर्दोष रहेको बयान दिइरहेको थियो
अचानक, आँखाहरुबाट अँश्रुधार आएर
अनि उसको अनुहार भिजाइरहेथ्यो
किनकि, एउटा समाचार खबर थहा पाएर
अनि उसको सवालको उत्तर दिदै उसलाई
अस्पतालको डाक्टर यो बताइरहेथ्यो कि
मलाई माफ गर्नुहोस हजुर
मैले तपाईंको परिवारलाई बचाउन सकिन
उनिहरू अब यो संसार छाडेर गैसके
#धादिङ्ग_आत्महत्या_प्रकरण
