Skip to content

कविता

विचार मात्रै निको

### विचार मात्रै निको ###

????????????????????????????????????
चाहे तमरो झिल्के लै नाउँ होउ
चाहे तमरो पिल्के लै गाउँ होउ
तइ ले केइ फरक नाइ पड्डो
मात्तरै तमरो विचार निको होउ
????????????????????????????????????
चाहे तमरा एकै लै होउ भैसो
चाहे तमरा कमै लै होउ पैसो
तइ ले केइ फरक नाइ पड्डो
मात्तरै तमरो विचार निको होउ
????????????????????????????????????
काम मात्तरै नाइ हुनु पड्यो गन्धा
चाहे तमरो शरीर अपांग होउ कि अन्धा
तइ ले केइ फरक नाइ पड्डो
मात्तरै तमरो विचार निको होउ
????????????????????????????????????????
चाहे तम नेपाली ,जापानी हो कि भारती
चाहे तमरी केइ लै होउ पार्टी
तइ ले केइ फरक नाइ पड्डो
मात्तरै तमरो विचार निको होउ
????????????????????????????????????????
चाहे तम रङ्ग ले गोरा हो कि काला

हाम्रो आँगन

मलाई बामे सरेर हिड्न सिकाउने,
हाम्रो आँगन,
ढुकुमुकु, डण्डिबियो, चोर-पुलिस खेल्दै
संघात र विघ्नवाधा छेक्न सिकाउने
हाम्रो आँगन,
क्षणभरमा मनमुटाव, क्षणभरमै कुटाकुट
क्षणभरमै मिल्न सिकाउने
यो हाम्रो आँगन।

फूल

ए प्रिय फूल कति हाँस्छस्
कति मुस्कुराउछस्
न घाम, न पानी, न हावा हुरी
जस्तो विषम परिस्थितिमा नि
छुट्टै आभा बोकिरहन्छस्
मान्नै पर्छ तिम्रो धैर्यता र त्यो साहसलाई
सलाम छ तिम्रो त्यो निडरतालाई

हे कोरोना

हे कोरोना !
पिजडामा थुनिएको छ पूरा दुनियाँ हेर ना
जसरी सुगा ट्या ट्या बोल्थ्यो पिजडा भित्रबाट ना
आज त्यही शक्तिको दम्भ भएको दुनियाँ थुन्यौ ना
हे कोरोना ! धेरै क्षति भयो ! अब त बुझ ना !

picture-1148

म आउने छु

लिखितम्…
बोलावट भएमा…
तोकिएको मिति र स्थानमा हाजिर हुनेछु
संवत्…साल…महिना…रोज… शुभ म ।

तर,
बोलावट नभए पनि, म आउने छु
अवश्य आउने छु

कोरोना कहर र प्रेम

सबैलाई तर्साईरहेको खै कस्तो छ कोराना
मौन छ गल्ली यो दुनियाँ कस्तो बिडम्बना
न रस छ कतै रङ्ग खोज्दै आँखा लोलाउँछ
न कुद्न सक्छ मान्छे टक्क उभिई टोलाउँछ

घरभित्रै एकान्तबास, छु एक्लै पल्टिएर
लकडाउन बाहिर छ, कोरानाको कहर
भूलेंझैं, वसन्तमा ति, पाउलिएका पालुवा
अघि डुल्थ्यौं नि मिलेर वनै कुना कन्दरा

कोकिल गाउँछ बागमा वृक्ष डाली डुली
दुरी कायम राख्दा है भेट्न पाइन ठुली
उराठ वस्तीमा छ पिडा दर्द कोरानाको
उस्तै नै त होला प्रियतमा हैन छ कस्तो

साथमा छैनौ प्रियतमा बाडुल्की आउँछ
लकडाउन हटे झट्टै भेट्न मन यो लाउँछ
गाउँघरका ति सखासखी भेट्न पनि गाह्रो

म कविता सुनाउन आएको होइन

हरेक दिन
म सामाजिक सन्झालमा आइरहन्छु
र केही कविता सुनाइरहन्छु

हरेक दिन
म अनलाइनमा आइरहन्छु
र केही कथा कहानीहरू पोस्टाइरहन्छु ।

राष्ट्रियता

देश फूले हामी फूल्छौ यही देश हाम्रो यश
मूल्यहीन छ प्राण यो अमूल्य छ प्यारो देश
अग्रगामी नेपाली हौं बन्छौ विकासको बाहक
विकृति हटाई देशमा बनाउँछौ यो समुन्न॥१॥

IMG_20200302_205011

‘कोरोना’

कविता
‘कोरोना’

यो उराठ वस्तीमा,
कोठाको शुनसान एकान्तमा एक्लै पल्टिरहेको म!
यो समय,
एउटै पिँजडाभित्र बन्द आवाजले,
कताकता पीडाबोध गराए झैं,
महसुस गरें,
चिरबिर-चिरबिर चराको मधुर स्वर,
पछ्याउँदै प्रकृतिलाई नियाल्दा,
कति उराठ लाग्दो माैसम ।
ओहो ! कस्तो विडम्बना ??????
‘मानिस’ अनि ‘लकडाउन’
।१।

यो अँध्यारो गल्ली, यो पसारिएको सडक, यो शुनसान शहरको रमझम कठै,
एकै धक्कामा आज माैन छ।
एक–अर्काको साथमा रमाईरहेका जोडी,
कुँदिरहेका साधन,दाैडिरहेका मानिस,
अचानक रोकिएछन् ।
ओहो ! ‘कोरोना’ विश्वयुद्ध
भन्दा पनि बढी तिमी खतरनाक,
तिमी त डरलाग्दो महामारी,

SuyogAnupJha

सम्मानीय चिकित्सक

ज्यानको माया त्यागेको छै तिमीले
कोरोनाको सामना गर्दै छौ तिमीले

फैलाएर तिमी स्वार्थताको ज्योति
लुटाएर तिमी सेवाको मोती
गरेर तिमी अनेक उपकार
बाँडदैछौ अनमोल उपहार

मेरो शरीरमा कोरोना छ अरे

सानु तिमी र मेरो छुटिएको पाचौं वर्ष भयो
तिमी स्वदेशमा अनि म विदेशमा
भोलि मिलन हुनेछ वर्षौपछि तिमी र मबीचमा
माया पिरतीका फूलहरू फुल्ने छ हामी दुईमा

म विदेशको भूमि छोडिरहदा तिम्रै बारेमा सोचिरहेको छु
तिम्रो मन्द मुस्कान अनि फकरिएको जोवन कस्तो भएको होला
तिमीसँग काखमा खेलिरहेका हाम्रो पिरतीको फूल जस्तै देखिने
प्यारी छोरी कस्ती भए होला

आत्मगौरव – ६

लाई ताउ जुँगा म बस्छु घरको थान्को अरूले गरून्
बारी भित्र पसेर पारितिरकै आएर तोरी छरून्
सिन्कोसम्म नभाँची बस्छु मुखमा आफैं फुरौला झरून्
रानी मात्र भएर बस्तछु म ता पानी अरूले भरून् ।।१।।

दारी काट्न कपाल छाँट्न परकै सेवा दिने पाउँछु
अर्काकै सहयोगबाट जहिल्यै जुत्ता म टल्काउँछु
आफ्ना मूल्य र मान्यता पनि सबै बेचेर तन्काउँछु
कोठै भित्र सुतेर देशधुनको क्यासेट घन्काउँछु ।।२।।

तिमीले साथ छोड्यौ भने

तिमीले साथ छोड्यौ भने यो जीवन अब साँच्दिन म
कोसिश गरी हेर प्रिय तिम्रो कसम बाँच्दिन म

हावामा उडाइदिन्छु देखेका ती सपनाहरू
धुकधुकीमा तिमीनै छौ त्यो मुटुलाई के गरुँ?
अरुसँग रमाएर यो जिन्दगीमा हाँस्दिन म
कोसिश गरी हेर प्रिय तिम्रो कसम बाँच्दिन म

छन्द

सारा छन्द मिठास भो मधुसरी कस्तो मिठो मोहनी ।
याहाँ छन्द चल्यो उता गगनको चम्केछ त्यो चाँदनी ।।
कोहो भन्छ र बोल्छ कोयल कतै आखीर त्यै छन्द भो ।
तेही छन्द सुनेर आज वनमा हावा उतै मन्द भो ।।

लाग्दा घाउ चल्यो भने विरहमा यै छन्द भो ओखती ।
मेरा कान सुनेर छन्द जहिले खै यी अघाए कती ।।
बग्छीन् छन्दमहाँ अझै नि सरिता डाकी मलाई पनी ।
मै त्याँ हुन्छु किनारमा र उसले पौडेर जाऊ भनी ।।

तारेख को जान्दछौँ ?

जन्मेका सब छन् त विश्वभरमा मान्छे र प्राणीहरू
बोक्छन् रे जगमा दुई किसिमका तारेख/मुद्याहरू
पैलोमा घर हो अदालत सधैँ तारेख यो तोक्दछ
अर्को हो घर–अस्पताल सबले रोगीहरू राख्दछ ।

दिन्छन् तारिख जो निसाप जजले उस्तै चिकित्सक भए
आफ्नै तारिख जो सनैसन गयो हेर्दै नहेर्ने भए
बुझ्थे लौ यदि यी भने जगतमा हिंसा किन बढ्दथो ?
रोकिन्थे अपराध वा खुनहरू, तारेख पो घट्दथो ।

ह्वास्स ह्वासी गनाएको तिम्रो शरीर

साथी,
हिजआज तिमी धेरै गन्हाउन थालेछौ,
तिमी गन्हाएको देखेर
यहाँका वन-जंगलमा
चरा-चुरुङ्गीहरूले तिम्रो साउती गर्न थालेका छन्
तिमी गन्हाएको देखेर
यहाँका पाखा पखेरो र चियाबारीले पनि
तिमीलाई छि: छि: दूर दुर गर्दै छन्

अधिर अपूर्वानुभूतिहरू

कोमल कोपिला फूल बनेको प्रथमानुभूति
घरी मुस्काउँदै घरी संकोचित हुँदै
कहिले थकित कहिले उमङ्गित भई
जीवनको डाली डालीमा मस्किदै
बतासको झोंक्कामा बहकिएका परागसँग
शंकालु नजरले मन्द मुस्कान छर्दै

म को हुँ ? (अस्तित्ववादी)

म कसैको छोरा हुँ, म कसैको पिता
त कसैको नाति हुँ, म कसैको आज हुँ
र कसैको अतित, त कसैको पति हुँ ।

म कसैको मालिक हुँ, त कसैको दास हुँ
र कसैको कर्मचारी, म कसैको विश्वास हुँ
र कसैको निजि सम्पत्ति हुँ, त कसैको सरकारी ।