Skip to content

कविता

लौ त माका फुँईँ !

लौ त माका फुँई हो,
थाल अब चाकरी बजार्न !
राष्ट्रवादको नारा माथि लाठी बजार्न
अब भारतीय विस्तारवाद- मुर्दावाद नभन,
भारतीय निष्ठावाद- जिन्दावाद भन।
अमेरिकी साम्राज्यवाद – मुर्दावाद नभन
अमेरिकी रामराज्यवाद – जिन्दावाद भन।

MeghRajDhakal

कलमै नरोक्ने

आए छ मेरो दिन जन्म मान्ने
बालेर बत्ती अँझ केक काट्ने
आओ रमाओ सुखमा रमाओ
खाएर नाँच्ने घर पो सजाओ ।

हो मुर्ख मान्छे किन लेख्छ आज ?
लाँए त लाँए सब माझ ताज
पैरेर हिंड्दा कति सभ्य बन्छु
नौला नयाँमा अँझ प्यार दिन्छु ।

यात्रा

यात्रा
जिन्दगीको दौडमा जिन्दगीलाई उछिन्न नसकेर
बिपनाका तिता प्रखालहरू नाघेर
मनमस्तिष्कको फलैचामा थकाइ मार्दै
पानी पिउन पन्धेंरीमा पुग्दा
धाराबाट नै अशान्तिका तपकानाहरू
टप…… टप….. खस्दा

तिमी बहादुर र कान्छा मात्र हुनसक्यौ

साहुको ऋण तिरुला भन्ने शायद तिम्रो लक्ष्य थियो,
हुनसक्छ रमिते पाखाको कलिलो अनुहारसँग
प्रीति गाँस्ने योवनको रहर थियो,
नत्र एकलै लाहुरे भएर सपनाको महल सजाउने
तिम्रो मनको आकांक्षा थियो,
त्यही तिम्रो लक्ष्यहीन आकांक्षाले
सयपत्री र सुनखरी फुल्ने देउराली पाखा तिन्न सकेन,

विश्वबिध्वंसकारीको बिरोधमा

साउदी अरेबियाको मुजहद्दिन
ओसामा बिन-लादेन
र इराकका सद्दाम हुसेनलाई
खाडी मुलुकहरुको इन्धन उद्योगहरुमा
आफ्नो अधिकार जमाउन नपाएर
खेलाडी अमेरिकाले
लाख अरबौ डलर खर्चिएर
मृत्युडण्ड दिएर
अनि उनीहरुको सर्वनाश गर्यो।

होली

आऊँ हामी होली खेलौँ एकजुट बनी
रङ्ग मात्र दलौँ सबलाई आफ्नो भनी

नसमाऊँ लोला अनि प्लास्टिकका पोका
त्यस्मा पानी छ्याप्दा त धेरै देखेँ रोका ।

BirBahadurThakuri

ढुङ्गा

ढुङ्गा त हो नि
ढुङ्गालाई जहाँ राखे पनि हुन्छ
जे गर्दा पनि हुन्छ,
जसो गर्दा पनि हुन्छ ।

यसलाई उखान तुक्कामा प्रयोग गरे
यो उखान नै बन्छ,
यसलाई मुटुमा राख्दा
उसको यो व्यथा कथा बन्छ,

च्यातिएका चाहनाहरू

म पत्थरको निर्जीव देव भइदिएको भए
भर्थें होला भोको पेट दूध र नैबेधको भोगले
पुजिन्थें होला सुगन्धित पुष्पचन्दनले
ओतिन्थें होला गजुरे धातुछानाले
कास ! म सजीव भिखारी जन्मे
भौँतारिरहेको छु जिन्दगी जिउन
जीवन बाँच्न फालिएको नैबेध खोज्दै

ताज महल

कल्पनाको क्याम्भसमा
कहिलेकाही म
भावनाको ब्रस कुदाउँछु
अनि रंगाउँछु
मेरो सपनाको ताज महल ।
मेरो ताज महल
मार्बलले बनिएको छैन,
न त किम्ती पत्थरहरू नै ।

प्रेम दिवस

शादीशुदा थाहा पाएपछि लाइक हराएको छ ।
पैसा नभएको थाहाएपछि आफन्त हराएको छ ।
त्यसैले होला दुःखको भारी विसाउँदा,
गोहीको आँसुले सम्वेदनशीलता नाप्न कठीन भएको छ ।
वर्षको एकदिन मनाउने प्रेम दिवसमा पनि प्रेम हराएको छ ।
पाप धुरीबाट कराएको छ ।
वास्तबमा प्रेम दिनेका लागि हो,
दिएर विर्सनेका लागि झन् हो ,
तथापि
गगनभेदी नारा लगाएर के गर्ने ?
प्रेमदिवस उच्छवास दिवस भएको छ ।

‘मेरो योसँग यत्ति लिन बाँकी’ आदि सम्झनामा बाहेक,
अरु केही खाँटीहरु भेट्टाउन पनि मुस्किल छ ।
खुर्पेठ्याक लाउना खोज्नेहरु धेरै भएर होला,
यो दुनियाँ प्रेम प्रेमनगरीबाट विस्थापित भएर,
पैसाका पछि हारालुछ लाग्दा,