????चाउचाउ चाउमिन चोक चोकमा मेरो ????
सडक अनि गाडी पुग्यो गाउँ गाउँमा मेरो
जिप,ट्याक्टर ,ट्रकको हार्न बज्यो गाउँ गाउँमा मेरो
सागसब्जी किनेर खान्छ्न अब त फल्दैन गाउँमा मेरो
बेचेर पुर्खाको सम्पत्ति सकिन लाग्यो गाउँमा मेरो
घरमा भने स्वादिष्ट भोजन अचेल कम मात्रै बन्ने गरेको छ
किनभने चोक चोकमा चाउमिन को पसल छ मेरो
????????????????????????????????????????????????????
गहुँको पराठा मकैको च्याख्ला अनि मीठो रोटि पाक्न छोड्दैछ अब
मैदाका परिकार अनि फास्ट फुड भित्रियो गाउँमा मेरो
दूध दहि र महि पनि कमै खान्छ्न अब यहाँ
रक्सिका ठेक्का हरु ठाउँ ठाँउमा खुले गाउँमा मेरो
घरमा खाना अचेल कम मात्रै बन्ने गरेको छ अब
किनभने चोक चोकमा चाउमिन को पसल छ मेरो
????????????????????????????????????????????????????
फलफूल र सलाद कमै खान थाले मेरा गाउलेहरु
पेट दुख्यो भनेर अस्पतालमा गाडी बुक भयेकै छ गाउँमा मेरो
गाउघरको पौष्टिक दूध र खाना बच्चाले पनि खादैन अब
किनभने प्याकेटको दूध र डेरी प्रोड्क्ट गाउँमा आयो मेरो
सखरखन्ड,तरुल आलु अनि पिँडालु उब्जिदैन अब
भारत का कुखुरा,चाइनाको अन्डा भित्रियो गाउँमा मेरो
घरमा खाना अचेल कम मात्रै बन्ने गरेको छ अब
किनभने चोक चोकमा चाउमिन को पसल छ मेरो
????????????????????????????????????????????????????
कथा,कविता ,आइन,सगुन,फाग गाउन छोडे अब
पप गित , रिमिक्स अनि डिजे घन्कियो गाउँमा मेरो
मर्दा पर्दा आपत विपत मा सहयोग हुन छाड्यो अब
किनभने मोबाइल बाट नै श्रद्धाञ्जली , ज्यालाले मलामी जाने चलन छिर्यो गाउमा मेरो
कापी कलम पेपर को प्रयोग कम्ती नै हुन लाग्यो यहाँ
कम्प्युटर बाट नै अन्लाईन पेपर गाउमा आयो मेरो
बुवा ,आमालाइ इज्जत छैन कसैको कसैमाथि विस्वास छैन यहाँ
टेस्ट्ट्युबबाट बच्चा जन्माउन चलन आयो गाउँमा मेरो
घरमा खाना अचेल कम मात्रै बन्ने गरेको छ अब
किनभने चोक चोकमा चाउमिन को पसल छ मेरो
????????????????????????????????????????????????????
चम्चागिरी,चाप्लुसिले बदमासको पल्ला भारी छ यहाँ
रक्सीको मातले डुबेर निर्णय गर्ने पद्धति छिर्यो गाउमा मेरो
लोग्ने स्वास्नी मोज गरेर जाने बुढापाका वृद्धाश्रम मा रुदै यहाँ
फेसबुक ट्विटर बाट बिहे गर्ने चलन आयो गाउमा मेरो
घरमा खाना अचेल कम मात्रै बन्ने गरेको छ अब
किनभने चोक चोकमा चाउमिन को पसल छ मेरो
????????????????????????????????????????????????????
सोच्छु विचार गर्छु बोल्नु पनि गाह्रो छ यहाँ
चित्त नबुझेमा फिल्मी शैलीमा जालझेल गर्ने चलन छिर्यो गाउँमा मेरो
नम्रता , भद्रता, इमानदारी को घाँटी रेटियेको छ यहाँ
पैसाले जे पनि किन्न सकिने गलत मानसिकता घुस्यो गाउँमा मेरो
गलत आहार गलत व्यवहार ले आयु भने क्षीण हुँदै गएको छ यहाँ
बुढा भन्दा बच्चा बढि अस्पतालमा भरिएको देख्छु अचेल गाउँमा मेरो
अपराध ,चोरी, डकैती ,हत्या ,बलात्कार बढेको देखिदैछ यहाँ
अपराधि बचाउने नाइके अपराधी छन हरेक गाउँ गाउमा मेरो
घरमा खाना अचेल कम मात्रै बन्ने गरेको छ अब
किनभने चोक चोकमा चाउमिन को पसल छ मेरो
????????????????????????????????????????????????????
– शिवराज कलौनी