मध्यरातपछि
जब आकाश छ्याङ्ग उघ्रन्छ
जुनको उज्यालो उसको अटालीमा पोखिन्छ
त्यही बेला
मनभरी उत्साहै उत्साहको फूल बोकेर
भेट्न जानेछु म उसलाई
नझस्कोस् ऊ त्यसबेला
बरु झ्याल खुल्लै राखोस्
म सुटुक्क चिहाउनेछु
झ्यालको पर्दा हटाएर
र चुपचाप
सुम्सुम्याउनेछु उसको केश
ऊ नब्युँझोस्
मात्र आँखा चिम्लिरहोस् मस्त निद्रामा
सत्ते
उसलाई नपाउनुको मृगतृष्णा
यद्यपि छाल बनेर
अटाइ नअटाइ पौडिरहेछ म भित्र ।

-पद्मकन्या कलेज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *