Skip to content

गद्य कविता

जब जब तिम्रो कुराहरु सुन्छु

जब जब मायाको कुरा गर्छु
तिमी आकाश हेर भन्छौ
म आकाश तिर हेर्छु
तिमी जून हेर भन्छौ
म जून तिर हेर्छु
तिमी तारा हेर भन्छौ
म तारा तिरै हेर्छु
त्यो त झर्यो भन्छौ।

उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा

उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा
अनौठो मलाई रतिभर छैन
आफ्नो यौवनको भोक मेटाउन म तिम्रो रहरको
बाटो छेक्ने मान्छे होइन।

एउटा मान्छे !

  • by

म देखिरहेछु त्यो एउटा मान्छे
एक्लै हिँडिरहेछ- मानिसहरूको विशाल भीडमा ।
ठोक्किन्छ एक्लै, सम्हालिन्छ एक्लै
रुन्छ एक्लै, सहन्छ एक्लै
अनि मुसुक्क हाँस्छ- आफू एक्लै ।

नदेऊ शुभकामना

  • by

नदेऊ शुभकामना
खुशी रहु भनी
बरु सक्छौ भने गर यही कामना सदा आँशु पिएर बाँच भनी
खुशी कसरी रहुँ जो तिमीसित बिरानो बनी?
सक्दिन जोखेर तराजुमा हाँसो किन्नलाई तैपनि

खै मैले चिन्नै सकेन !!!

मेरो माया अविरल रहेछ क्यारे
तिमीलाइ चिन्नै सकेन
मलाइ धोखा मात्र मिल्यो
तिमीलाइ माया दिनै सकेन
यो ससारको मोहमा तिमी फसेछ्औ क्यारे
तिमीलाइ चिन्नै सकेन
हजारबत्ती बाल्दा पनी देउताको मन्दिरमा

शान्ति ! शान्ति !!

  • by

हे बुद्ध ! खोजिरहेको छु
मैले यहाँ…. शान्ति ! शान्ति !!
देऊ न हामीलाई यस धर्तीमा
एकपल्ट फेरि… शान्ति ! शान्ति !!
करूणा, दया, मुदितासँगसँगै
हिमाल, पहाडदेखि तराईसम्म
जगाई देऊ न फेरि ……शान्ति ! शान्ति !!

पीडा

मिठो एक गाँस खानलाई चाड पर्ब कुर्ने ती आत्माहरू
भोका र नागा भाल्टाङ भुल्टुङहरूको रहर पुराउन भारी बोक्ने मनहरू
सिउँदाको सिन्दुर योगदान गर्ने चमेलीहरू।
यूद्ध जितेर घरको आँगनमा खुशीयाली फर्काउन चाहने हर्केहरू।

साधुको राम- नाम

वास्तविकताको मात्रै कागजी बन्दै
द्रोहीभित्रको नाइकेजस्तै लालाजी बन्दै
जनताविहीन ठालुजस्तै
गरिब देशको स्वार्थी नजरमा विकासे आलुजस्तै
पछौटे गरिब जनताबाट फाइदा लिन
आत्माविहीन देहजस्तै
बनाउँदै छौं राष्ट्रजस्तै जीर्ण
तत्कालको यथार्थ नीतिमा बाण हान्दै

म अनि मेरा बस्तीहरु

सुन्दैछु
प्रियसीका एकाध बस्तीहरुमा
दोहोरी गीत नगाएको धेरै भो रे
रोधीघर पनि नधाएको धेरै भो रे
त्यही भएर होला सायद
युवाहरु बिदेशिएको मात्र देख्छु
मरूभूमिको बालुवामा मात्र भेट्छु ॥१॥

सबै कुरा तिमी मेरो

अन्धकार मेरो जीवनमा जुन बनी तिमी आयो सानु
मिठो अति मिठो संगीतको धुन बनी तिमी आयो सनु !
चैतमास तुवालोमा सित बनी तिमी आयो सानु
बेसाहरा यो दुखियाको प्रित बनी आयो तिमी सानु !

पागल पनि हुन्छ माया र प्रेम

मानव–मानव बीचको प्रेम,
प्राणी–प्राणी बीचको प्रेम।
प्रेम गालामा म्वाइँ खाँदैमा,
झाँक हाल्दैमा मात्र हुने होइन,
आँशु झार्दा आँशुमा पनि हुन्छ प्रेम।

उल्टो बुद्धिका मुर्कट्टाहरु

तँ दिएर तपाइँ खोज्ने
रोग दिएर ढोग खोज्ने
लात दिएर हात खोज्ने
रस चुसेर जस खोज्ने
शङ्का दिएर विश्वास खोज्ने
अन्धा आवेगहरुमा
यौटाको बदला अर्कासित लिने
झिनो चलाखीका चलाख
कस्ता कस्ता नकच्चरा
राक्षसी हाँसो हाँसिरहेछन्
उल्टो बुद्धिका मुर्खट्टाहरु ।

मायाको महल

  • by

जब,
तिमीले मेरो हृदएको बन्द ढोका
घर्याक्क उघारेर पस्यौ दिलभित्र
तिमी बन्यो मेरो मुटुको ढुकढुकी
खै किन हो कुन्नी
आजभोलि तिम्रो मुटुको कुनामा बस्न

अस्वीकृत वुद्ध

  • by

तिम्रै देशमा हे बुद्ध!
तिमी अस्वीकृत भएका छौ
मुल्युहिन सम्झी मानव चोला
यत्र त्यत्र उस्कै बलि
सत्ता व्यापारमा साटिंदै छ
श्रेष्ठ प्राणी भएरै होला
उस्कै रगत घुम्ने कुर्सी चुस्दै छ

प्रीतिका कुरा नखेलाउनू मनमा

  • by

यादहरु यसरी मडारिदै छन्
आकाशको वादलजस्तै
प्रत्येक पलको हावाले
एक ध्रुवबाट अर्को ध्रुव पुर्याएर
सून्यबाट खसालिएकौ ढुंगाजस्तो
म निस्सासिदै छु हावाको वेगले

के हो यो जीवन ? ?

नसोचे को कुरा हुन पुग्यो कस्तो यो जीवन
माया लाउदिन भन्दा आँफै बस्यो माया,
चाहना बढ्यो तर पाउन नस्कनी कस्तो यो जीवन
म!नबको अबस्यकता असिमित हुँदा
सिमित बनाउन खोज्द टुक्रीन्छ यो जीवन

चोखो माया थियो मेरो

फूलहरु फुलदो रहेछ लालिगुरास फुलसरि
याद आउदो रहेछ तिम्रो घरि घरि ।
बिर्सिदेउ भन्छु तर निष्ठुरी कै याद आउछ
अतीतलाई सम्झिएर मेरो मन तड्पिदिन्छ । ।
चरिहरु रानीबनमा पाउदोरहेछ थरीथरी
न्याउली चरि रुदा रहेछन आशु झारी झारी ।
झ-झल्को लाग्छ सधैं तिम्रो आँखा बन्द गरे पनि
तिम्रो माया कति लाग्छ आर्कै सँग गए पनि बस् अर्कै सँग गए पनि । । ।