Skip to content

गद्य कविता

पुस्ता अपभ्रंश र संस्कृति

  • by

आमाले भन्नुभो-
सानो उमेर भएका छोरालाई
बलि दिएको नदेखाऊ
तर ऊ,
बलि दिएको हेर्न आतुर छ
असाध्यै उत्सुक छ
बाबाले फूलपाती चढाएको
बलि पर्सिएकोमा रमाएको छ

test

  • by

कहाँ गयो हाम्रो विकास
आकाशमा गयो कि पातालमा
साढे दुई करोड जनतालाई थाहा छैन
अहिले पनि सबै मिले धेरै पर गा’छैन
सबै सत्तावादी आफ्नो गुनगान गाउँछन्
विकासको नाममा एकसेएक फलाक्छन्

अधिकारको परिभाषा

  • by

बाज र परेवाहरू
जिउने सङ्घर्षमा भौँतारिएका
शिकारी र शिकारको अवतारमा
अधिकारको परिभाषा खोजिरहेका छन्
जिउने वा जिउनका लागि मार्ने!

ए सप्तकोशी !

  • by

ओरालो बग्नु पानीको धर्म
उध्र्वोपादन र वाष्फीकरण पानीको गुण
क्षयीकरण र गलन
पानीको घनत्व
जम्नु, फैलिनु र बग्नुको प्रक्रियामा
जब असन्तुलित हुन्छ/विचलन हुन्छ

आमाको जतन

  • by

आमाले चाङ लगाएर सन्दुसमा राखेको
ढुङ्गा देखेर अचम्म लाग्थ्यो
उहाँ भन्नुहुन्थ्यो-
जतन हो बाबु जतन !
एउटा चिटिक्कको घर बनाउनु छ तिमीहरूकै निम्ति

स्मृति क्यानभासमा हजुरआमा

  • by

वर्षौ बिते, बिति नै रहे
चित्रभावमा छचल्किदो छ आहृलादित दृश्य
स्मृतिले स्पर्श गर्दै झझल्किन्छ वर्तमान आँखाभरि
उमेरको उकालोसँगै कुपि्रएको ढाड, सेतै फुलेको कपाल
चाउरिएको अनुहारमा बान्की मिलेका बनावटी दाँतमा उजेलिँदै

जीवित नायकको आत्मकथा

  • by

ऊ ठीक सात बजे उठ्छ
सात बजेर पाँच मिनेटमा रेष्टरुममा हुन्छ
त्यसपछि दाँत माझ्छ
बीस पटक माथिल्लो दाँत र
वीस पटक तल्लो दाँत बु्रसले माझ्छ, मुख धुन्छ
र सात बजेर बीस मिनेटमा ऊ बसभित्र हुन्छ ।

हराएको सपना

  • by

अचम्म,
हराएका छन् सबै मेरा सपनाहरु
सियो झैँ बेपत्ता
एउटा पनि छैन आँखामा

उसलाई भेटे पछि
कुराले मख्ख पारिन्
मनमा पलायो आशा
आशासँगै आँखाको पाठेघरमा
बढ्दै गयो सपनाहरु,

चोखो प्रेम मिलिरहोस्

मानव–मानव बीचको प्रेम,
प्राणी–प्राणी बीचको प्रेम।
प्रेम गालामा म्वाइँ खाँदैमा,
झाँक हाल्दैमा मात्र हुने होइन,
आँशु झार्दा आँशुमा पनि हुन्छ प्रेम।
रोदन अनि क्रन्दन भित्रपनि लुकेको हुन्छ प्रेम।
हेर्दा आँखाको भाकामा हुन्छ प्रेम।
बोल्दा बोलिमा हुन्छ प्रेम।
कसैले दिएको बस्तुमा हुन्छ प्रेम।
शब्द–शब्दमा, अक्षर–अक्षरमा हुन्छ, प्रेम।
अजीवसँग मौलाएको, झाङ्गिएको हुन्छ, प्रेम

तरुनी रात

ओएलाएको सूर्य
दिनभरिको थकाइले
क्षितिज पर–परको सगरमा
जब बिलाउँछ
तब झ्याउँकिरीको
झन्झटिलो आवाजसँगै
जंगलतिरबाट निस्कन्छन्
हाप्सीला,
स्याल,
र
ब्वाँसाहरु
रात हाम्रै त हो नि भन्दै,

प्रेम पीडा

आँशु पिउँदै कति बाँच्न
पापी यो संसारमा
असती काल किन डराएको होला
किन नजर दाग्दैन म मा ।

मनभित्र व्यथा चल्छ
जाँगर हराई गयो
विरहले मन रुन्छ
सम्झना मर्दैन निष्ठुरी कालीको ।

शब्दकोश

  • by

भूपिन व्याकुल
मृत्युले कला भरेको तुइनमा अल्झिएर
कर्णालीपारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले
कर्णालीमा शब्दकोश
केही पानाहरू खाली छोडेर
प्रकाशित कुनै बैरागी किताबजस्तो लाग्छ

कति लड्छौ

  • by

कति लड्छौ निस्वार्थमा स्वार्थताको भाव लूकाई
जनता तिम्रा पूजारी हुन तिनीहरुलाई
पनि मौलिक हक देउ बाँच्न सकुन् धक फुकाई
धर्ती आफ्नु भएन भने सृजनाका फूल
तिमी कहाँ लगी फुलाउछौ?
जन्मभूमि छैन भने तिम्रा आफ्ना पीर-व्याथा
कहाँ लगी थन्क्याउँछौ?