Skip to content


मेरो कलमको थुतुनो
ज्यादै चोथाले भो
जन्मँदा घिउ चिनीको सट्टा
खोर्सानीको धुलो, रिठ्ठाको झोल
पिलाएछन् कि क्याहो

मेरो कलमको थुतुनो
ज्यादै चोथाले भो
सुन्दर शैलीमा नेताका
प्रशंसा र भजन लेख्नुको साटो
पाइलै पिच्छे तिनका गल्तीको
उछित्तो गरी लेख्ने भो

मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
महानताको लेपन् पोती
स्तुतिको दोसल्ला ओढाउनुको साटो
कटाक्ष अलोचना अनि
कमजोरीको चर्चा मात्र लेख्ने भो

मेरो कलमको थुतुनो
ज्यादै चोथाले भो
फूलको सुगन्ध र
रङ्गको बर्णनको साटो
पेचिला काडा अनि
अस्थीर पत्ताको
तथ्य मात्र देख्ने भो

मेरो कलमको थुतुनो
ज्यादै चोथाले भो
माथि माथि पुग्न आफ्नै
भविष्य सोच्नुको साटो
समाज का अभाव, बिकृतीको
भडास ओकल्ने मात्र भो

खोइ किन किन
मेरो कलमको थुतुनो
ज्यादै चोथाले भो
अफ्नै सुख र संसारमा
नरमाइ देश र समाजको
लागि हित चिताउछु
भन्दा भन्दै
तित्राको मुख जस्तै रे
सबैको बैरी र छुच्चो पो भो

०५-१५-२००९

2 thoughts on “म छुच्चो”

  1. तपाईंको चोथाले कलमलाई बधाई छ।
    तपाईंको चोथाले कलमलाई बधाई छ। मेरो शुभ-कामना अझै चोथाले होस।
    सुनिल संगम

  2. शेखर जी ,

    शेखर जी ,
    चोथाले कलमका यात्राहरु जारी रहुन । कलमहरु अझै चोथाले बन्दै जाउन ।
    सुन्दर शैलीमा नेताका
    प्रशंसा र भजन लेख्नुको साटो
    पाइलै पिच्छे तिनका गल्तीको
    उछित्तो गरी लेख्ने भो

    प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *