Skip to content


वास्तविकताको मात्रै कागजी बन्दै
द्रोहीभित्रको नाइकेजस्तै लालाजी बन्दै
जनताविहीन ठालुजस्तै
गरिब देशको स्वार्थी नजरमा विकासे आलुजस्तै
पछौटे गरिब जनताबाट फाइदा लिन
आत्माविहीन देहजस्तै
बनाउँदै छौं राष्ट्रजस्तै जीर्ण
तत्कालको यथार्थ नीतिमा बाण हान्दै
शिशिरको उर्वरतामा वसन्तको आगमनलाई
जस्तै शिरिले जाण तान्दै
तत्कालको परिस्थितिमा अतितको गल्ती याद आउँछ
जसले राष्ट्रको स्वाधीनतामै धक्का पुग्यो
भन्न फेरि अब आफैंलाई लाज लाउँछ
विकास निर्माणका कार्य मात्रै भत्काइएन
सामन्तका अरूप छोरा छाडी
नक्कली सालिक मात्रै लत्ताइएन
राष्ट्रका कर्णधार युवा र विद्यार्थीहरूको
शिक्षामा हानियो धारिलो वाण त
कम्युनिस्टको नाममा गरिब र मजदुरलाई सताउँदा
आश्चर्यचकित पनि भयो एकछिन संसार त
आशा अनि उन्नति निराशामा
कति कल्कलाउँदा युवा मारिसके
उग्रताका ती अतीतका नीतिहरू
मात्रै कागजमै सीमित सडिसके
यथार्थमा त देशलाई झनै पछि लत्याएछ
मात्रै राष्ट्र होइन आज त देशको
भित्री स्वाधीनता पनि भत्काइएछ
कम्युनिस्ट हांै सम्झौतामा ध्यान दिन्छौं
दुई क्षीणको खहरे लाम हेरेर
भोलि गलत सावित हुन्छ
तर मान्दैनन् जनता नक्कली बोली फेरेर
आफ्नो बोली भरुवाको गाली एउटै भइसक्यो
ध्यानविहीन निसानमा लागि गोली नफर्किने
ब्युँझिसके अब त पछौटे पनि
भनौं त
के हामी अब आजको यथार्थमा नकर्किने
चाहे संघीयताको नामबाट होस्
या विभिन्न क्षेत्रमा पठाएको संविधान सुझाव
टोलीको कामबाट होस्
या बिनाधितो ऋण लिनेको लामबाट होस्
आखिर राष्ट्र र जनताको म्ााइन्डेड
विपरीत नै गइसक्यो
साधुको जस्तै राम नामको चादर जति ओढे पनि
राष्ट्रका लागि आखिर लेण्डुप दोर्जे नै भइसक्यो ।

– बागलुङ, हाल सनैया, दोहा कतार

http://ekantipur.com/kolnepalinews.php?&nid=192603

Leave a Reply

Your email address will not be published. Required fields are marked *