Skip to content

घरको छानामा ढुङ्गा राखेर


घरको छानामा ढुङ्गा राखेर आएको हूँ
मुग्लान म घरजग्गा राखेर आएको हुँ

नाकको परिधिमा हस्तक्षेप मान्य छैन
रूप देखाउन जुँगा राखेर आएको हूँ

बाबा भनेर सताउँदो होला छोराले घर
याद रहोस् झलुँगा राखेर आएको हूँ

रामको अनुपस्थितिमा रमणले छल गरे
लगाऊ आगो लंका राखेर आएको हूँ

नसुनाइदिनुस् उनीलाई म मरेको खबर
उङ्को केशमा थुङ्गा राखेर आएको हूँ

दिवाकर भट्टराई
दमौली तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *