Skip to content

हास्यव्यङ्ग्य

कुकुरघृणा

  • by

निरपेक्षरुपमा कुकुरविरोधी त हुइन म; तर आज कुकुरघृणा लेखिरहेको छु । नरद्वैषी समाजमा मान्छले भन्दा कुकुर बढी मान, सम्मान र आदर पाउन थालेपछि मभित्र कुकुरघृणाको भाव भरिन थालेको हो । ठूलाठूला घरहरूमा कुकुरको जति इज्जत आदर त्यस घरका नोकर चाकर र कामदार वर्गलाई नभएकोले कुकुरप्रति नजानिँदो रोष जागेको कुरा सूक्ष्मरुपले अनुभूति गरेको छु । सिधासिधी अर्थमा साँच्चैको कुकुर र लाक्षाणिक अर्थमा कुकुर स्वभावका मान्छदेखि नजानिँदोसँग विरक्तिबोध भएको छ । कुकुरको साझा स्वभाव हो, मालिकको चाहना वा इसारा अनुसार कसैलाई भुक्नु, टोक्नु, झम्टिनु । कुकुर आफू कुकुर भएको नाताले आफ्नो अन्नदाता आराध्यदेवप्रति स्वामीभक्ति जाहेर गर्दछ । जसको सिता खानु उसकै गीता गाउनु भनेझैँ कुकुरले जसको जुठोपुरो चाट्न भेट्छ, उसैको लहलहैमा अरुलाई भुक्छ टोक्छ । कुकुरको छुट्टै विवेकशक्ति हुँदैन । आफ्नो विवेकलाई त उसले जुठोभातमा बन्धकी राखेको हुन्छ । उसले को सत्पात्र ? को असत् पात्र ?छुट्टयाउन सक्तैन । ऊभित्रको स्वतन्त्र विवेक मालिकको इसारामा कैद गरिएको हुन्छ ।

कुकुरको यसखालको स्वभाव जुनजुन मानिसको अन्तरभित्र आरोपित छ । त्यस्ताखालका मानिसलाई पनि समाजले प्रतीकात्मक अर्थमा कुकुरको विशेषण झुण्ड्याएको हुन्छ । फलानो त चिलानाको बासीभाते कुकुर न हो भनेर कुरा काटिन्छ । यसरी मान्छेलाई कुकुरको पदवी दिइरहँदा वाच्यार्थमा भन्दा लक्ष्यार्थ र व्यङ्ग्यार्थमा त्यसका अर्थहरू बढी ओजपूर्ण भएको देखिरहेको छु । त्यसैले आजभोलि प्रतीकमा मानिसका स्वभावहरूलाई केलाउन रुचि जागेको छ । बाँदर, सुँगुर, छेपारो, व्वाँसो, गोरु, गिद्ध, मुसो, लामखुट्टे आदिआदिका अनेकौँ लाक्षणिक तथा प्रतीकात्मक अर्थहरू छन् ।

ज्वाइँ

  • by

“ज्वाइँ” भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ । “ज्वाइँ” शब्द एउटै भए पनि ज्वाइँहरू ३ प्रकारका हुन्छन् । आज म तिनै ज्वाइँहरूका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ । झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ ।

१) भलाद्मी ज्वाइँ— भलाद्मी ज्वाइँ कस्ता हुन्छन् भने बढिमा बर्षमा १ पटक ससुरालीको आँगन टेक्ने । समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरूले कमै दर्शन दिन्छन् । यिनलाई मैले भलाद्मी ज्वाइँ भन्ने गरेको छु । तपाईँले जेसुकै भने पनि फरक पर्दैन । मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन । जसले जे भने पनि तर यी ज्वाइँहरू मेरा नजरमा भलाद्मी ज्वाइँ हुन् । यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको । हुन्छ भने निजकै ईज्जतको ख्याल हुन्छ । यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने । असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन् । ‘बिबी हो तो येसी’ भने जस्तो ज्वाइँ हुन त यस्ता ।

CharcheetDhungel

आघौँ तैँले घर बनाइहाल्नु परोस् !

  • by

‘घर’ भन्नाले ओत लाग्ने वा बास बस्ने ठाऊँ भन्ने बुझिन्छ । अथवा ब्यक्ति वा समूहको स्थायी वा अस्थायी थाँतथलोमा ठड्याइएको आवास, निवास, कोठी, झुपडी, झुप्रो, कुटी, कटेरो, महल, दरवार आदिलाई घर भनिन्छ । जहाँ पनि र जैले पनि कसैसँग परिचय गर्नुपर्यो भने नामपछि प्वाक्कै सोधिन्छ– ‘तपाईँको घर कहाँ पर्यो ?’ यस-उसले घरको महत्व कति छ भन्ने स्पष्ट हुन्छ । ब्यक्तिको परिचयसँग जोडिएको घर आफैँमा उसको ठेगाना हो । ‘घर नहुनेको भर हुदैन’ भनेर उखानै चलेको पाइन्छ । रातभरि जाडोमा कठ्यांग्रिएको छेपारो ‘भोलि त घर बनाउँछु र न्यानोमा बस्छु’ भनेर कल्पिँदै निदाउँछ, विहान उसका आँगमा घाम पर्दै गएपछि रातीको जाडो र घर बनाउने कल्पना भुसुक्कै बिर्से जस्तो मान्छेले गर्दैन ।

आफ्नो घर बनाउने रहर गाउँ र शहरका सवै मान्छेलाई हुँदो रहेछ । अलिकति सम्पत्ति भएपछि र मान्छे दम्पति भएपछि तिनको प्राथमिकताको पहिलो बुँदामा घर पर्दो रहेछ । खडेरीमा पनि पानी लाग्ने र धान फल्ने खेत बेचेर मान्छेले घडेरी किन्दो रहेछ र घर बनाउँदो रहेछ । बेलायत/सिंगापुरका लाहुरे भए पनि, खाडी देशका चाउरे भए पनि र स्वदेशकै जागिरे/ब्यापारी आदि दाउरे भए पनि सवैलाई घरकै रहरले तान्दो रहेछ ।

पाठक

‘पाठक’ भन्नाले सामान्यतया दुई वटा अर्थ लाग्छन् । एउटा थरी पाठक र अर्को पढ्ने पाठक । पहिलो पाठक अर्थात् थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन् । कुमाईहरु चौथो ठूलो जातमा पर्दछन् । पहिलो बाहुन, दोस्रो जैशी–सन्यासी, तेस्रो क्षत्री, चौथो कुमाई र अरु अरु । यसरी जातको उचनिचताको निर्धारण मैले गरेको होइन । कुनै महापुरुष वा दण्डित हुन लायक महापण्डित आदिले गरेका हुन् भनेर पितापुर्खाबाट सुनेकाले लेखेको हुँ । तर मैले भन्नुपर्दा– बाहुनदेखि कामीसम्म, जैसीदेखि धामीसम्म, कुमाईदेखि दमाईसम्म, नेवारदेखि सतारसम्म सवै बराबर हुन् । यी सवैले सवैलाई कुटुम्ब बनाउन मिल्छ । मलामी जाँदा लाश बोक्न मिल्छ । बिहे-बटुलोमा सँगै बसेर मासु चिथोर्न, हड्डी टोक्न र रौसी धोक्न मिल्छ । एकले अर्काले छोएको पानी खान मिल्छ । एकले अर्काको घरभित्र जान मिल्छ । योभन्दा बढी ८८ कुमाईभित्रको पहिलो पाठक अर्थात् थरी पाठक बारे नलेखौँ ।

अर्को पाठक अर्थात् पढ्ने पाठक दुई प्रकारका हुन्छन् । एउटा स्कुल, क्याम्पस, लोक सेवा, प्रहरी सेवा, भाषा (ल्याङ्गग्योज) आदिका पाठ्यपुस्तक पढ्ने पाठक र अर्को पत्रपत्रिका पढ्ने पाठक । पहिलो पाठक अर्थात् कुनै सेवा वा तप्काका पाठ्यपुस्तक पढ्ने पाठक जाँच दिएर पास हुने आशमा पढ्ने गर्छन् । यस्ता पाठक अधिकांस पुस्तकसँगै सुत्ने गर्छन् र पुस्तकसँगै उठ्ने गर्छन् । कोही कोही टुप्पी बाँधेर पढ्ने गर्छन् भने धेरैजसो चाँही बिजुली बत्ति नपुगेको ठाँउमा लोडसेडिङ्गको नाउमा कुप्पी बालेर पढ्ने गर्छन् । यस्ता पाठ्यपुस्तक पढ्ने पाठकलाई कम्मर कसेर बढि नम्बर ल्याउनु छ र अब्बल दर्जाको सर्टिफिकट भिœयाउनु छ । अर्को पाठक अर्थात् पत्रपत्रिका पढ्ने पाठक विभिन्न प्रकारका हुन्छन् । यो लेख पनि यिनै पाठकमा केन्द्रित हो ।

माग्ने

  • by

‘माग्ने’ शब्दको उत्पति कसरी भयो र यसलाई सर्वप्रथम् कसले प्रयोग गर्यो भन्ने भाषाशस्त्रीहरूकै टाउको दुखाइको विषय हो । तर मलाई सोध्नुहुन्छ भने –कुनै ‘म’ बाट उठेको नामधारी ब्यक्तिले कुनै बस्तु ‘गन्गन्’ गरी हैरान पारेर फुत्काउन सफल भएबाट ‘माग्ने’ शब्दको उत्पति भएको हुनसक्छ । वा कोही ‘मगन’ नामको मान्छेले कुनै साहु-महाजनलाई माया लाग्दो स्वरमा मागेकाले सो मान्छेलाई ‘मगन’ बाट एकलके लाएर ‘मगने’ भनिएको र पछि अपभ्रंश भएर ‘माग्ने’ भनियो अनि यसैवेलादेखि माग्ने चलन चलेको हो कि ? तर मेरो अनुमान नै मान्नुपर्छ भन्ने केही छैन । तपाईं पनि ‘हनुमान’को अनुमान लाउन सक्नुहुन्छ ।

ढोँगका हाटहरू

  • by

मभित्र थुप्रै थुप्रै ढोँगका हाटहरू लागेका रहेछन् । मभित्र थुप्रै थुप्रै पाखण्डका खाटहरू बिच्छिएका रहेछन् । अरुका ढोँगहरूको निन्दा बखानिरहेको बेला मभित्रका ढोँगहरू चुपाचाप सुतेजस्तो गरेर मलाई नै खिस्स खिस्स जिस्क्यिाउँदा रहेछन् । अरुको पाखण्डी चरित्रलाई कुरीकुरी गरिरहेको बखत मभित्रको पाखण्ड पुलकित आनन्दमा रमाउँदो रहेछ । म आफूभित्रकै ढोँगका हाटहरूमा किनमेल गरेर आफ्नो दिनचर्या बाँच्तो रहेछु । म आफ्नै पाखण्डका खाटहरूमा मस्मिन्द सुतेर अरुको खिसिटिउरी गर्दो रहेछु । कति विरोधाभाषी व्यक्तित्वको मखुण्डो धारण गरी म जीवन बाँच्दो रहेछु , आफैँलाई छक्क लागेको छ।

लभ-फ्ल्यु

  • by

परिचय

उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरूमा बिपरित लिङ्गीहरूप्रति चुम्बकिय आकर्षण पैदा भई शरिर बसमा नरहेर एकअर्कामा समर्पित हुने रोगलाई लभ-फ्ल्यु भन्दछन् । रहर लाग्दो बेलामा जिउले माग्दो काम गर्नु स्वभाविक भए पनि बेला नपुगी यसले खेला देखाउने भएकाले यो रोग बर्ड-फ्ल्यु, स्वाइन-फ्ल्युभन्दा पनि डर लाग्दो रोग हो । यस रोगका अघि टिबी, क्यान्सर र एड्स सामान्य भइसके । किन भने यो रोगले नौ बर्षे कलिलो उमेरदेखि पचहत्तर–असी बर्षे बृद्ध-वालकहरूसम्मलाई गाँजेको पाइन्छ । मधुमेय, प्रेसर र डँडल्नु दुख्ने रोगले ढल्कँदो उमेर खेदे पनि यो रोगले उमेर, जात, धर्म केही पनि हेर्दैन । यसउसले यो रोग उपचार गरी साध्य नहुने रोग हो भन्ने ठोक्टरहरूको दावी छ । करोडपतिलाई रोडपति र साधुलाई चोर बनाउने यो रोग झाँजरकोटे झाडापखाला भन्दा छिटो फैलने एउटा संसारकै खतरनाक सरुवा रोग हो । यो रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा यति छिटो सर्छ कि कुरै नगरौं । अरु रोग लाग्दा रोगी उपचार अभाव वा असम्भव भयो भने मर्ने गर्दछ भने यो रोग लागेपछि बहुलाउने, धताउने, एकोहोरो हुने, पागल हुने, मार्ने र मर्नेसम्मको हदमा पुग्ने गर्दछ । विषेशगरी ‘टिन एज’ का लेडालेडीमा मास हिस्टेरिया जस्तै धुरन्धार जरा गाडेर बस्ने भएकाले यो रोगलाई संसारबाटै निर्मुल पार्न असम्भवप्रायः भएको हो ।

दारी सन्दर्भ

  • by

केही दिन अगाडि एउटा जम्काभेटमा एक स्थानीय नेताले मेरो बढेको दारीतर्फ इगिंत गर्दै भने – “मित्र ! दारी त खुब मौलाएछ नि ! क्या ! खतरा दारी !” उनको कुरा चुपचाप सुनिमात्र राखेको थिएँ । उनको कुरालाई मैले त्यति गम्भीर रुपमा लिएको पनि थिइनँ । तर म उनको टिप्पणी प्रति उदासिन रहेको देखेर पुनः मेरो दारीलाई आक्रमण गरे, दारी त खतरा छ नि यार । अब पुन्यजीको दारीसगै खतरा बढ्यो है । मेरो दारीमाथि उनको अनाबश्यक र अनपेक्षित हस्तक्षेप एवं चासो देखेपछि म भित्रको मनुज सहसा जाग्यो । उनले मेरो बढेको दारी औंल्याए झैं मैले उनको बढेको भुँडी औंल्याएर भन्न सुरु गरें, मित्र मेरो बढेको दारीबाट खतरा छैन खतरा त तिम्रो बढेकोभुँडी बाट छ । हिजोका झुप्रीबासी नेताका आज राता रात सात तले महल बने ती बढेका महलबाट खतरा छैन मेरो दारीबाट खतरा छ रु हिजोका एकतलेहरू पाँच तले बनेका छन् हिजोका टायरचट्टी टेकुवाहरू साठ्ठी लाखको प्राडो, पँजेरो, रोल्स रोयज चढेर हिंड्ने भएका छन् भन त मित्र उनीहरूका बढेका घरका तलाहरू, बढेका कार र ट्याक्सीहरूबाट खतरा नहुने अनि मेरो चिउडामा केही इन्च बढेका भुत्लाबाट चैं खतरा हुने रु मित्र नाजबाफ बने । उनी पनि पन्ध्र बर्षको बहुदलीय ब्यबस्थारुपी असल लैनो गाईलाई जिल्लामा बसेर मजाले दुहुने नेता भित्र पर्थे । जनताको निम्ति राजनीतिक गरेको दुहाई दिएर रातारात महल, मोटरसाइकल, मनि, मसल आदिको राम्रै जोरजाम गर्न सफल थिए उनी । हिजो दाप्सिएको भुँडी आज बाक्लिएर पुँडी सुँगुरको छाला जस्तो बनेको थियो । हिजोका खोपिल्टे गाला आज जुम्ली स्याउ जस्ता राता भएर पुष्टिएका थिए । मेरो जबाफले उनी एक भन्नु न दुई भन्नु भए । सायद मैले उनको बढेको भुँडीप्रति लक्षित गर्छु भन्ने थाहापाएको भए उनले मेरो बढेको दारीलाई चलाउने थिएनन् होला ।

असफल नेताको सफल घोषणा

  • by

हेलाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल घोषणा गर्न गइरहेको छु । सफललाई असफल पार्नमा सघाउने हरूवा चरूवा पानी मरूवालाई अघाउने गरी बधाइ ज्ञापन गर्दैछु । असफललाई सफल पार्ने कार्यक्रम अगाडि ल्याएको छु ।

PunyaKarki

निन्दारस

मेरो एकजना साथी छन् । मसँग भेट भएपछि उनी, कसैको न कसैको कुरा काट्न थालीहाल्छन् । कुरा काट्ने उन्को अनौठो बानी छ । मसँग हुँदा उनी अरुको कुरा काट्छन्, अरुसँग हुँदा उनी मेरो कुरा काट्छन् भन्ने कुरामा म विस्वस्त छु । अचेलभरि म ऊसँग वढी सतर्क रहने गर्छु । कारण अरुको निन्दाभाव सुनेर समय वर्वाद पार्नुछैन । त्यसैले उनीसँग म जोगिई जोगिई हिँड्छु ।

कसैले मसँग जाति हुन, मेरो सामु अरुको कुरा मच्ची मच्ची काटिरहेको वेला मलाई झस्का पस्छ, यसले अरुको कुरा यसरी काट्ता मेरो कन्नापछाडि मेरै कुरा कति काट्तो हो । त्यसैलै उसले मसँग अरुको कुरा काटिरहेको वेला आज भोलि यस्तो लाग्न थालेको छ–यसले त मेरै पो कुरा काटिरहेको छ । यस्तो आभास पाउन थालेपछि निन्दारसप्रति वितृष्णा र घृणा उब्जिन थालेको छ । चारजना वसेको ठाउँमा जब अरुको कुरा काट्न थालिन्छ, निन्दा बखान्न थालिन्छ म कुनै नकुनै वाहना गरेर उठेर हिँडी दिन्छु । यी कानहरूले निन्दा सुन्नु नपरोस् भनेर हिँडे पछि मेरै पो धुवाँदार कुरा काटिँदो रहेछ । कति अचम्मको मनोविज्ञानमा अडिएकोछ निन्दारस ।

रसशास्त्रीहरूले त्यत्रो नवरसको वारेमा व्याख्या विवेचना गरे । तर निन्दारस जस्तो जन जनको आत्मामा भिजेको रसको चर्चै गर्न भुले । निन्दारस जस्तो महत्वपूर्ण रसलाई दसौं रसको रुपमा अंगिकार गर्न छुटाए । बरु कुनै कुनै रसशास्त्रीले वात्सल्य र भक्ति रसलाई दसौं एघारौं रसको रुपमा अवलम्वन गर्न आवाज उठाए तर निन्दारसलाई कसैले सम्झेनन् । मलाई लाग्छ सबै रसलाई माथ गर्ने, सबै भन्दा सक्तिशाली र भयंकर रस निन्दारसै हो ।

सन्तानको चक्कर, छिमेकीको ठक्कर

  • by

लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने कुरा जिजुबाका छोराले भनेको सुनेको हुँ । कुरा उहिलेको भएर खुइलेको हो कि मेरो खप्पर उस्तो हो कुनी । म र मेरी पत्नीबीचको झगडा त मूढोमा सल्केको आगोजस्तो पो भएको छ । यसका कारक बनेका छन् आफ्नै छिमेकी प्रयागराज । छिमेकीलाई दोष लगाउँदा तपाईंहरूले प्याच्च भनिदिन सक्नुहुन्छ, नाच्न जान्दैन आँगन टेढो तर के गर्ने नाचको सुरताल नै अर्कैले दिने भएपछि उसले बीचबीचमा बाजा अर्कै गरी बजाइदिन्छ त सुरताल बिग्रने नै भयो । छिमेकीको दबदबाको पनि कारण छ । बिहेको लमी उही बन्यो, आफ्ना मनका बह पोख्ने मानिस पनि उही बन्यो तर के गर्ने आन्द्राभुँडी छामी सकेपछि बाउँठिएर आफ्नै खेदो खन्न थाल्यो । नुनदेखि सुनसम्म किन्न पनि उसैको मर्जी चाहिने, पत्नीसँगको भनाभनमा बोलिने शब्दमा पनि उसकै स्वीकृति चाहिने । हे भगवान् ! म पत्नीपीडित कम छिमेकीपीडित बढी पो भएको छु । यसो हिम्मत जुटाएर केही भन्यो कि ऊ आइलागि हाल्छ ।

आत्मआलोचित कमरेड

  • by

कमरेडले बिहानको भव्य समारोहमा गरेको आत्मआलोचनालाई के दोहोर्‍याएका थिए, एउटा धुमिल आकृति अगाडि ठिङ्ग उभियो ।

रातको बेला थियो ।

चारैतिर सन्नाटा ।

छैन

  • by

एकाबिहानै मुख छोपेको सिरक पन्छाउँदै रोमण्टिक मुडम श्रीमतीसँग सोधेँ– “के छ हालखबर ?” पसलेले योसँग कति ठगे ठीक पर्ला भन्ने निर्णय गर्न नसकेर सामान नै छैन भनेझैँ, श्रीमतीले पनि अन्कनाउँदै भनिन्– “कोही पनि छैन ।”

एउटा सभासदको आत्मकथा

  • by

बाउले सौतेनी आमा ल्याए । दुवैजना मिलेर आमालाई रातदिन कुट्न थाले । जग्गाजमिन पनि सबै उनीहरूले नै कब्जा गरे । छेउको सानो गोठमा आमा, म र भाइबहिनी गरी चार जनाको शरीर ओत लागेको थियो । आमा अर्काको बनिबुतो गर्न जानुहुन्थ्यो । त्यहाँ खाजा खान दिएको रोटीका टुक्रा वा अलिकति च्युरा पोल्टामा पोको पारेर हामीलाई ल्याइदिनुहुन्थ्यो । आमालाई देख्दा हामी चारो लिएर आएको चराका बचेरा झैं खुसीले नाच्थ्यौं । अलिकति भए पनि सास आउँथ्यो । उता सौतेनी आमाको भान्छामा मासु-भात पाक्थ्यो । बाउ कान्छी स्वास्नीसँग बसेर भुँडी भर्थे । हामी बास्ना (गन्ध !) सुँघेर अघाउँथ्यौं ।

लोकतान्त्रिक बढुवामा म

  • by

म कर्मचारी मात्र हुँ कि लेखक ? म आफैँलाई थाहा छैन । म लेखक कम कर्मचारी हुँ कि, कर्मचारी कम लेखक हुँ, छिनोफानो भएको छैन । ऋणपन गरेर वा आधा पेट भए पनि खानचाहिँ कर्मचारी भएबापत पाएको छु तर जागिरसँग म खुसी छैन । म लेखनीबाट भने मोहित भएको छु, त्यसैमा मलाई आनन्द छ । गौरव लाग्दछ लेखक हुन पाएकोमा तर म पेसाले कर्मचारी छु । २५ वर्षदेखि सरकारी नोकरीमा उनिएर पेट पालना गर्दैआएको छु । मैले कहरमा जागिरे डुङरगा र रहरमा लेखकीय डुङ्गामा एकैसाथ शयर गर्न खोजेको रहेँछु क्यार ।

कुरो कुन्थरो

सधैं व्यङ्ग्य कविता र व्यङ्ग्यबन्ध लेखे पनि यसपाली एउटा वास्तविक तर व्यङ्ग्य बनाउने पाराले व्यङ्ग्य वार्ता रोज्ने बिचार गरें। यसको लागि पात्र पनि चाहियो। नेतालाई के खोज्नु, बरु मेरो घर वरिपरीको मान्छेलाई रोज्नु भन्ने लाग्यो। मेरै कोठा नजिक एक जना बुढी हजुर आमा बस्छिन। सधै हाँसो ठट्टा पनि गर्ने भएकाले उनीसँगै वार्तालाप गर्ने जमर्को गरें।

छतमा बसेर वार्तालाप सुरु गरियो। मैले पहिलो प्रश्न हजुर आमैलाई कचौरामा राख्दै भनें, “हजुरआमाको उमेर कति पुग्यो नि? हेर्दा त अझै फुर्तिली सुर्तिली देखिनुहुन्छ?”

प्रश्नलाई टपक्क टिप्दै, “यो प्रश्न महिला हक बिपरित हो भन्छन। बाबुले सोधिहाल्नु भो। अलि ठेट्ना हुनुहुँदोरहेछ। अरु महिलालाई सोधेको भए पहिलो गाँसमै स्वाद चाखी हाल्नुहुन्थ्यो। मेरो उमेर त भर्खर असीमा बसेकी छु। अब उमेरको कुरा गर्दा त पैतिस चालिस बर्षलाई अधबैसे भनिन्छ। त्यो हिसाबले त मान्छेको बैस सत्तरी असी पुगेपछी पो पुरा हुदो रहेछ। साठी बर्ष नाग्दा पनि नेपालमा युबा नेता भनेको त्यसो पो रहेछ नि बाबु। ”

व्यङ्ग्य-विनोद – विचरा कवि

  • by

मेरो बोधो दिमागमा जति पढे पनि घुसेन । जति धोके पनि कहिल्यै पसेन । त्यसैले मलाई डाक्टर, इन्जिनियर बनाउने बा-आमाको सपना मुखभित्र हालेको चीजबलझै बिलायो । एकदिन बा’ले भन्नुभाथ्यो- “पढिनस्, तैंले छोरा ! अब, राजनीतितिर जान्छन् । देश र लोकतन्त्रलाई खै कतातिर धकेल्छस् ।”

गाईजात्रे नाटक (गाइजात्रे झटारो)

बानेश्वरमा प्रदर्शन भइराखेको यसपालीको गाइजात्रे नाटकको भाग पाँच पनि सकियो । जोक्कर-नोक्कर, मालिक-बालिक, अझाउ-बझाउ, खलनायक पात्रहरू आए पनि नायक आएन । सायद देशले अँझै मान्छे पाएन । बिना निर्देशकका पात्रहरूको जात्रा हेर्दा परिपक्वता नै देखियो । अब यो गाईजात्रा कार्यक्रमलाई राम्रो निर्देशक खटाएर बेदेशसम्म पठाउन सकियो भने डलर ठटाएर उठाउन सकिने कुरोमा कसैको तीन सय एक मत छैन ।

हाम्रो संस्कृति र प्रवृत्तिको पनि राम्रो प्रचार हुने । अझ बिना नायक नै गाइजात्रा हिट भएको देख्दा नेपालका सिने निर्माताले सिके भने, त्यसै त कम बजेट बन्ने फिलिम, झन कममा बन्न सक्छ । फेरि नायकले काम र दाम नपाउदा मलाई नालायक भन्न सक्छ । यो गाईजात्राको अलिकति आलोचना के छ भने भैंसीको दुध खाएका पात्र भए पनि मन्चमा पहलमानी देखाइएको छैन । द्वन्द पक्ष कजोर देखियो । फिल्मको जस्तो कुर्सी, सिसा भाँचेको र तरुनी पात्रहरू भएर पनि कम्मर भाँचेर नाचेको देखिएन ।

नयाँ- नयहाँ नेपाल

  • by

नेपालमा धेरै वर्ष दरोसँग जरो गाढेको राजा गयो । राजा गएपछि राजतन्त्र पनि स्वतः जाने भइहाल्यो, गयो । उही सानातिना र झिनामसिना राजतन्त्र रहृयो भने, त्यो बेग्लै कुरा हो । त्यो त पार्टीहरूभित्र पनि विचित्रसँग टाँसिएर रहेको हुन्छ । जहाँ ठूलोमान्छेको आज्ञा सानोमान्छेले पालना गर्नुपर्छ, त्यहाँ अपरिहार्य र अटल हुन्छ । जेहोस् मूलरूपमा राजतन्त्रको पुल भाँचियो, खाँबो ढल्यो । राजतन्त्र गएपछि छुमन्त्र गरेझैँ प्रजातन्त्र-लोकतन्त्र भएभरको तन्त्रलाई पनि नाघेर एकैचोटि गणतन्त्रको स्थापना भयो । गणतन्त्र भएपछि हामीले ल्याएको भनेर, जस् लिने होडबाजी चल्यो । मैले छातीमा हात राखेर, फुर्तीका साथ भन्नुपर्दा, छ पार्टीको नेतृत्वमा जनताले ल्याएको हो-हो ! अरू कसैले थपक्क ल्याइदिएको होइन । कसैको बाबुको बपौति होइन ।

एकताको प्रवचन

  • by

एकता नरूचाउने को होला ? को होला एकताको विरोध गर्ने वा एकता भाँड्ने ! यतिबेला त एकता र मेलमिलापको घनघोर विरोधी पनि एकताको बारेमा अत्यन्त सकारात्मक भएको दावी गर्छ । त्यो पनि यस्तो बेला जतिबेला एकताको व्यापक चर्चा परिचर्चा चलिरहेको होस् ! यस्तो बेला त वर्षौं झगडा गरेर बसेकाहरू पनि एकताको आवश्यकतामा एकजुट हुन्छन्, जुरमुराउँछन् ।