Skip to content

विश्लेषण/समालोचना

उपेक्षित स्रष्टा कुमार ज्ञवाली

  • by

लेख्नेहरू लेखिरहेका छन् तर कुमार ज्ञवालीको बारेमा कतै केही लेखिएन, टेलिभिजन, रेडियो, एफ. एम.बाट समाचार प्रवाह भइरहेका छन् तर कुमार ज्ञवालीबारे कतै केही सुनिएन । छापामाध्यमले पनि कुमार ज्ञवालीबारे एक शब्द खर्चेको छैन, समवेदना छापिएर पत्र-पत्रिका प्रायः भरिभराउ हुन्छन् तर कुमार ज्ञवालीप्रति श्रद्धाञ्जलि दिने औपचारिकता समेत कसैले देखाएन । न नेता, न अभिनेता, न कुनै राजनीतिसँग गाँसिएको मान्छे । न चाकडी गर्न जान्ने त्यसैले एक सक्रिय व्यक्तित्व, सफल साहित्यकारको निधन पनि समाचार बन्न सकेन, न कसैले उहाँको बारेमा कलम नै चलाए ।

अझै पनि मुनामदन नै बिक्छ

  • by

चार दशकअघि औसतमा एक हजार प्रति छापिने नेपाली साहित्यिक पुस्तकहरू अपवादबाहेक अहिले पनि त्योभन्दा बढी छापिन्नन् । यसले जनसङ्ख्या र साक्षरहरूको वृद्धिका तुलनामा साहित्यको बजार नफस्टाएको, बरु साँघुरिएको जनाउँछ । तर नयाँ शीर्षकका साहित्यिक पुस्तक छापिने क्रम भने बर्सेनी बढ्दो छ । राजधानीमा दिनहुँजसो हुने विमोचन कार्यक्रमहरूले नयाँ तथा पुराना लेखकहरूमा लेख्ने जोश कायमै रहेको देखाउँछन् । साहित्यिक कृति प्रकाशनमा समर्पित साझा प्रकाशन, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान -नेराप्रप्र), रत्नपुस्तक भण्डार, वाणी प्रकाशन, विवेक सिर्जनशीललगायतका प्रकाशनगृहले पनि आफ्नो व्यवसाय धानेकै छन् ।

पूर्वीय मान्यता, पाश्चात्य दृष्टिकोण, नेपाली यथार्थ

  • by

नेपाली परिवेशभित्र सीमित भएर नेपाली महिलामाथि टिप्पणी गरेर सन्तोष लिने समय समाप्त भइसक्यो । भूमण्डलीकृत कालमा नेपाली नारी कहाँ उभिएका छन् भन्ने प्रश्न हाम्रा अन्तरमनमा स्वतः खेलिरहन्छ । आधुनिक चेतनामाथि सञ्चारक्रान्तिको प्रभाव अनुकूल नेपाली महिलाहरूको एक समूह आफ्ना दायित्व र अधिकारहरूप्रति दिनप्रतिदिन जागरुक हुँदै गइरहेको छ । बितेका दश-पन्ध्र वर्षभत्र त्यो जागरुकतामा बढी ऊर्जा र तीब्रता आएको देखिन्छ ।

बालकृष्ण सम बिर्सने? बिस्रने एउटा प्रशंसकको सम्झना

  • by

महाकवि देवकोटा महान् थिए- ठूला कवि र साँच्चै श्रद्धेय व्यक्तित्व । म विद्यार्थी बेलादेखि नै ‘देवकोटाभक्त’ भनी दरिएको मान्छे पनि हुँ । तर अचेल मलाई के लाग्न थालेको छ भने देवकोटामाथि भक्ति देखाउँदा-देखाउँदै हामी नेपालीले लेखनाथ र समलाई बिर्सिन थाल्यौँ कि क्या ! कविशिरोमणिको कुरा छाडूँ ऐले उनका बारे छुट्टै लेखौँला । ऐले सन्दर्भ ९९ औँ जन्म दिन २४ माघ परेकोले समको कुरा गरुँ भन्दैछु म । सम जस्तो प्रतिभाशाली नेपाली यो देशले जन्माएको छैन शायद सय वर्षयता ।

धन्न लेख्दैछन् नेपालका साहित्यकारहरु

नेपाली साहित्यको कुरा गर्दा लेखनाथ देवकोटा सम भवानी भिक्षु या रिमाल र भूपिकै कृतिको नाम जपेर अब पुग्दैन । जीविका चलाउन होइन जीवन चिन्न सिकाउने साहित्यलाई आम पाठकसम्म पुर्याउन निरस शब्दका निर्जीव ठेली थुपारेर पुग्दैन जीवन्त वाणी चाहिन्छ । तर समकालीन नेपाली साहित्यकारहरुले आफ्नो स्तरलाई जति उच्च भनेर दाबी गरे पनि तिनले पाठकहरुलाई आकर्षित गर्न सकेका छैनन् ‘अत्यन्तै लोकपि्रय’ भनिएको कृति पनि १००० प्रतिभन्दा बढी बिक्री भएको उदाहरण औँलामै गन्न सकिन्छ । के कारण छन् यसका पछाडि र कस्तो साहित्य लेखिँदैछ आज अनि के हुन सक्छन् नेपाली साहित्यलाई स्तरीय र पाठकस्वीकार्य बनाउन सकिने उपायहरु?

कवि शिरोमणिको “ए नेपाल!”

  • by

लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको ए नेपाल! भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली जनता फुर्किएका थिए। तर, पिँजडाबाट उम्केको सुगा लेख्ने लेखनाथले, त्यसको चार वर्ष नबित्दै यति चिन्तित भएर किन नेपाललाई उद्बोधन गर्नुपर्‍यो? उनले नेपालको भविष्य किन त्यति उज्यालो देखेनन्? के पर्‍यो? त्यो खोजिपस्नु चासो लाग्दो हुनेछ।

‘दोभान’ महाकाव्यमा प्रकृति-चित्रण

  • by

भरतराज पन्त शास्त्रीय छन्दका सिद्धहस्त कवि हुन् । उनले वाणिर्क वृत्तमा आधारित दर्जनौ सुन्दर काव्यकृति नेपाली रसिक पाठक समाजलाई दिएका छन् । अनुवाददेखि लिएर मौलिक, फुटकरदेखि लिएर काव्य-महाकाव्यसम्मका रमणीय रचनाले नेपाली काव्य-जगत्लाई साधु-अवदान दिने कवि पन्तको रचना-कौशलले आˆनो दीर्घयात्रा तय गरेको छ ।

नारी सिर्जना र अबको बाटो

  • by

‘नारी-पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन्’ भनेर परम्परागतरूपमै भनिादै आएको हो र पनि यतिबेला आएर पुरुषप्रधान समाजले नारीलाई माथि उठ्न नदिएकाले पछि परिएको निष्कर्ष निकाल्दै आरक्षणका लागि हरेकक्षेत्रमा पहलहरू भइरहेका छन् । मुलुकको सिङ्गो जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने नारीहरू परम्परा र संस्कारले हरेकक्षेत्रका लागि जगको रूपमा रहेको शिक्षाक्षेत्रमा पछि परेकाले नै एक्काइसौा शताब्दीमा आएर आरक्षणका लागि आवाज उठाउनु परेको यथार्थ बोलिदै आएको छ ।

एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने

  • by

शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाा दिशा प्राप्त गरेको देखिन्छ । उनका निबन्धहरू शाश्वत साहित्यिक मूल्ययुक्त छन् । वर्तमान युगका बौद्धिक समस्याहरूलाई निजात्मक र नवीन ढााचामा प्रस्तुत गरिएका उनका निबन्धहरू न्ोपाली साहित्यका अमर रचना हुन् । नेपाली निबन्धजगत्का यस किसिमका अमर स्रष्टा लामिछानेको निबन्धकारिता एवं उनको चर्चित निबन्धरचना एब्स्ट्रयाक्ट चिन्तन प्याजको विश्लेषण गर्ने सन्दर्भमा यस समालोचनाको विषयप्रवेश भएको हो ।

जगदिश दाइको अन्तमर्न

  • by

जगदिश घिमिरेको बहुचर्चित अन्तर्मनको यात्राबारे एउटा पुस्तक समीक्षा गर्न मन लागेको थियो। तर कहिले व्यस्तता त कहिले आलस्यले गर्दा त्यो धोकोमै सीमित रह्यो। अब त धेरैले त्यो उत्कृष्ट पुस्तकका बारे लेखिसकेको हुँदा मेरो त्यो योजना असान्दर्भिक भइसकेको छ। उहाँसँग पो सीमित जिन्दगी भएकोले हातै नचल्दा पनि केही लेखिहाल्नुपर्ने र शरीरै नउठ्दा पनि केही गरिहाल्नुपर्ने हतार थियो। मलाई भने डाक्टरले जीवनको सीमा नतोकेकाले समयप्रति बडो निरपेक्षता छ, कुनै झ्टपट छैन। त्यसैले अन्तर्मनको यात्रा ले मेरो मनमस्तिष्कमा, जीवनजगतप्रतिको बुझ्ाइमा नै हलचल ल्याइदिँदा पनि मैले त्यो पुस्तकको बारेमा आफ्ना अनुभूतिहरूलाई लिपिबद्ध गर्ने जाँगर जुटाउन सकिनँ। एउटा मौका गुमेकोमा पछुतो लागिरहेको छ।

भूपि शेरचन कालजयी सार्थकता

  • by

वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, भुपेन्द्रमान शेरचन सर्वहारा। वामपन्थी स्वभावले गर्दा उसले आफ्नो उपनाम सर्वहारा राखेको हो।”

विजय थापाः सलाईका काटी र क्यान्भास

  • by

मध्य दिन, नेपाल ललितकला संस्था (नाफा)को कौशीमा राणाकालिन दरबारको एक खोपी भित्र रेडियोमा मधुर सङ्गति बज्दै थियो । विजय थापा साग धेरैपल्ट विभिन्न कार्यक्रममा भेट भैरहन्थ्यो तर खासै राम्रो चिनजान थिएन । पेन्टिङ्गमा प्रयोग गरिने सलाईको काटी बारे निकै उत्सुक्ता थियो । कहिले स्वधर्मी कहिले विधर्मी रङ्ग र तुलिकाघात -(ब्रश स्ट्रोक) को रहस्य जान्ने उत्सुक्ताले नाफामा पुर्‍याएकोे थियो । क्यान्भासमा घोरिएर काम गर्दै गर्दा विजय थापालाई नमस्कार शब्दले झस्काएछ क्यार उहाा हऽऽऽ भन्दै पछाडी र्फकनु भयो अनि सम्वाद सुरु भयो । जिज्ञासा सागै विजय दाईका ब्रश र मुख सागसागै चल्दै थिए ।

इन्फोसिसमा प्रचण्डका पाइला

तपाई वैंगलोर जानु भयो भने त्यो थाहा पाउनु होला । अमेरीकीहरु बा विश्वका अन्य वजारको जागीर खोस्न नौजवान भारतीयहरु कति लालायीत छन् ।चेप्टो विश्वको नामुद खेलाडि वनेर प्रस्तुत इन्फोसिसको भ्रमणबाट हाम्रा प्रधानमन्त्रीले के सिके खै । त्यो त म भन्न सक्दिन । हेर्नुस्, तपाई स्याण्डविच खाएर हिँउ फुल्ने चिसो अमेरीका र युरोपका गल्लिहरुमा किन कामको खोजीमा भौतारीदै हिड्नुहुन्छ । आउनुहोस् साम्वार (दक्षिण भारतीय एक परिकार) खाएर वैंगलोरको राम्रो हावापानीमा बसेर कम्प्युटरको कोड लेखौं । हो विश्वका ठुला राजनेता, बैज्ञानिक, कुटनितिज्ञहरुले पढ्ने भाषणको अग्रंजी इडिटिङ्ग इन्फोसिसको वैगंलोर हेडक्वार्टर गैरअग्रेजहरुले गरिरहेका हुन्छन्।

गणेशमान सिंहको नेपालभाषा प्रेम र त्यसको विकासमा उहाँको महान् देन

  • by

वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनका उज्ज्वल नक्षत्र गणेशमान सिंह श्रेष्ठ नेपालका शीर्षस्थ राजनीतिक व्यक्तित्वमध्ये एकको रूपमा विश्व-प्रसिद्ध हुनुहुन्छ तर उहाको मातृभाषाप्रति अगाध प्रेम र त्यस भाषा (नेपाल भाषा) र त्यसको साहित्यको विकासमा उहाले दिनुभएको महान् योगदानबारे धेरैलाई थाहा नभएकाले त्यस पक्षलाई स्पष्ट पार्ने केही घटनाहरू स्मरण गरेको छु ।

साहित्य र राजनीति

  • by

नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो । लाग्छ, विषय शीर्षकको सान्दर्भिकता राजनीति र साहित्यको योग वीपीको जयन्तीमा हुनुले राख्दछ ।

अल्पायुका अमर व्यक्तित्व

  • by

भाषा, साहित्य, कला र संस्कृति एक स्वाभिमानी राष्ट्रका अमूल्य निधि हुन् । यी अमूल्य निधिहरूको संरक्षणमा प्रथमतः देशवासी नागरिकहरूको सर्वाधिक दायित्व रहन्छ । यिनै मूल्य, मान्यता, महत्त्व र मर्मलाई बुझ्ने जिउदा पारखीहरूको जन्म भने लाखौमा एक पनि मुस्किलले हुने गर्दछ । लाखौमा जन्मेका यी बहुआयामिक व्यक्तित्वहरूका इच्छा, आकाङ्क्षा , मनोभावना, विवेक र विचारको महत्त्वलाई सहजै स्वीकार गर्ने जनसमूह झन् त्यति नै दुर्लभ र अभावपूर्ण स्थितिमा रहेको प्रतीत हुन्छ । त्यसैले नेपाली समाज र परिवेशबाट अलिकति पनि टाढा नरहेर कलिलै उमेरमा भाषा, साहित्य, समाज र राष्ट्रको गौरवमय छविलाई चरम शिखरमा पुर्‍याई अमरत्व प्राप्त गर्ने राष्ट्रिय विभूति मोतीराम भट्ट नेपालीका ढुकढुकी हुन् ।

असफल चित्रकार सफल साहित्यकार

  • by

मैले आफूलाई पचास वर्षको उमेर घटाएर बाह्र वर्षको ठिटोको रूपमा खडा गरी आफैालाई हेरिरहेछु दरबार हाइस्कुलमा भट्टराई बाजे (बासुदेव भट्टराई) इतिहासका टिचर लठ्ठी टेकेर विस्तारै क्लासभित्र पस्नुहुन्छ । फोटो क्लास, अचेलको भए सातौा कक्षा । उहााले भारत वर्षको र इङ्ग्ल्याण्डको इतिहास पढाउनु हुन्थ्यो । म पछाडिको बेञ्चमा बसेको छु । मेरो सामुन्ने एउटा पुस्तक छ, जसको जिल्दाको सागै टाासिएको कागज बाक्लो सेतो र सफा छ । त्यो सेता कागजमा भट्टराई बाजेको आकृति लेख्ने ममा इच्छा पैदा हुन्छ । सिसा कलमले मेचमा बस्नुभएका भट्टराई बाजेलाई हेरी-हेरी म उहााको आकृति कोर्न थाल्छु । अचानक मेरो कानमा भट्टराई बाजेको आवाज आउाछ ‘मल्ले यता आइज’ म व्यूाझे जस्तो हुन्छु । खुरुखुरु किताबै बोकेर म उहााको सामुन्ने पुग्छ ।

असफल आख्यानको सफल कथा

  • by

ध्रुवचन्द्र गौतमको बीसौं उपन्यास ‘एक असफल आख्यानको आरम्भ’ को भदौ ८ मा विमोचन कार्यक्रम रहेछ । त्यसबारे समीक्षकीय टिप्पणी गरिदिन अर्किड बुक्स -प्रकाशक) ले जसै निम्तो गर्‍यो । गौतमको अलिखित उपन्यासको १८ वर्षदेखिको प्रशंसक भएकाले निम्तो नस्वीकार्ने कुरै थिएन । एउटा निश्चयचाहि“ गरे“ उपन्यास पढ्न सुरु नगर्दै- यो उत्तरआधुनिक-सुत्तरआधुनिक कुरा म कुनै हालतमा गर्ने छैन । उत्तरआधुनिक भएर वा नभएर कुनै कृति राम्रो वा नराम्रो हुने होइन । पहिला त कृतिमा साहित्यिकता, काव्यत्मकता र कलाकारिता हुनुपर्‍यो । तब त्यो कुनै वादसादको चस्माबाट हर्ेन लायक हुन्छ ।

चिठीले जुराइदिएको मित्रता

  • by

परापूर्वकालमा (कथित कलिगत वर्ष ३६७६ मा) नेपालखाल्डोका एकजना राजा (भक्तपुरका नरेन्द्रदेव) एकजना तान्त्रिक (कान्तिपुरका बन्धु आचार्य), कर्कोटक नाग र एकजना किसान (ललितपुरका ललित ज्यापू) ले संयुक्त रूपमा आसामयात्रा गरेका थिए, यद्यपि, त्यसबेला त्यस क्षेत्रको नाम आसाम थिएन, कामरुपीठ थियो। ती चारजनाको यात्रा सोद्देश्य थियो। मत्स्येन्द्रनाथलाई लिएर आउन भनी उनीहरू त्यता लागेका थिए। उनीहरू कुन बाटो, कति दिन लगाएर त्यहाँ कैले पुगे र कसरी फर्के त्यसको कुनै लेखाजोखा छैन, तर दुई–तीन पटकको असफलतापछि बल्लबल्ल उनीहरू मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याउन सफल भए भन्ने चाहिँ देखिन्छ। भमराका रूपमा एउटा सुवर्णकलशमा थुनेर उनीहरूले मत्स्येन्द्रनाथलाई यहाँ ल्याइपुर्‍याए।

सुनौला ५० वर्ष

  • by

ज्योतिषमा ‘अङ्कानाम् वामतो गतिः’ भन्छन् अर्थात् अङ्कहरू वामपन्थी हुन्छन् रे । त्यसैले मदन पुरस्कारको चर्चा गर्दा हामी पनि प्रगतिशील भएर एकै छिन अङ्कमा अल्मलिऊँ । यहाँ ‘अल्मलिऊँ’ भनेको व्यञ्जना मात्र होइन, अभिधा पनि हो । भन्नाले मदन पुरस्कारको अङ्कमा कुरा गर्दा साँच्चै अलमलमा परिन्छ ।