इन्फोसिसमा प्रचण्डका पाइला


तपाई वैंगलोर जानु भयो भने त्यो थाहा पाउनु होला । अमेरीकीहरु बा विश्वका अन्य वजारको जागीर खोस्न नौजवान भारतीयहरु कति लालायीत छन् ।चेप्टो विश्वको नामुद खेलाडि वनेर प्रस्तुत इन्फोसिसको भ्रमणबाट हाम्रा प्रधानमन्त्रीले के सिके खै । त्यो त म भन्न सक्दिन । हेर्नुस्, तपाई स्याण्डविच खाएर हिँउ फुल्ने चिसो अमेरीका र युरोपका गल्लिहरुमा किन कामको खोजीमा भौतारीदै हिड्नुहुन्छ । आउनुहोस् साम्वार (दक्षिण भारतीय एक परिकार) खाएर वैंगलोरको राम्रो हावापानीमा बसेर कम्प्युटरको कोड लेखौं । हो विश्वका ठुला राजनेता, बैज्ञानिक, कुटनितिज्ञहरुले पढ्ने भाषणको अग्रंजी इडिटिङ्ग इन्फोसिसको वैगंलोर हेडक्वार्टर गैरअग्रेजहरुले गरिरहेका हुन्छन्।
हो यो भुमण्डलीकृत चेप्टो पुँजीवादी विश्व हो, जहाँ सस्तोमा पाइन्छ, त्यही किनीन्छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको उपलब्धी र सफलताहरुको समिक्षा हुदै गर्दा यहाँ मैले उठान गर्न खोजेको विषय अलि वेग्लै छ, सायद तपाई मध्ये केहीले शिर्षकवाट पनि अनुमान लगाईसक्नु भयो होला ।
आफ्नो चार दिवसिय भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले भारतको सुचना प्रविधीको केन्द्र, बैंगलोरको एउटा कम्पनी इन्फोसिसमा पाइला टेके गत वुधवार । नेपालका अघिल्ला प्रधानमन्त्रीहरुले भारत भ्रमणको अवसरमा देखाउने केही कर्मकाण्डीय औपचारीकता उनको भ्रमणमा देखिएपनि अरुले भन्दा भिन्न उनले भारतिय सिलीकन भ्याली बैंगलोर र इन्फोसिसलाई भ्रमण स्थलको रुपमा रोजे । २१ औं शताब्दीमा सुचना प्रविधीको अभुतपपुर्ब विकाश गर्दै गईरहेको भारत र त्यसको विकासमा महत्वपूर्ण केन्द्रको रुपमा रहेको वैगंलोर र महत्वपूर्ण खेलाडि इन्फोसिस प्रचण्डको भारत भ्रमणको महत्वमा पर्नु आफैमा उनको विज्ञान तथा प्रविधी प्रतिको लगाव भन्न सकिन्छ ।
लेखको शिर्षकमा आएको इन्फोसिस, हो के ? जिज्ञासा लाग्न सक्छ पाठकहरुलाई । धेरै जान्ने जिज्ञासा भए कृपया गुगल गर्न नभुल्नु होला, जमाना गुगलको हो केही मान्छेहरु गुगललाई आधुनिक संचार जगतको भगवान पनि भन्दछन् । खैर, सत्तरीको उत्तरार्द्घमा अमेरीकामा जतिखेर जर्ज लुकासहरु (स्टारवारका फिल्म निर्माणकर्ता) परम्परागत फिल्मी शैली भन्दा नयाँ सोच, शैली, प्रविधी, उपकरण र योजना लिएर स्टारवारका श्रृखलाहरु वनाउँदै थिए । त्यसको केहि वर्षछि अर्थात असिको दशकको पुर्बाद्घमा भारतका ६ जना अत्यन्त जिनीयस सफ्टवेयर इन्जिनियरहरु भारतमा नै केहि गर्नुपर्छ भन्ने योजनामा थिए । योजना कार्यान्वयनको लागि इन्फोसिसका वर्तमान प्रमुख एन आर नारायन मूर्तीले, जसलाई भारतमा भावी राष्ट्रपतिको रुपमा पनि हेरीन्छ, आफ्नो श्रीमतीबाट करीब दशहजार भारतीय रुपैया लिएर शुरु गरेका थिए, इन्फोसिस कन्सलटेन्ट प्राली । अर्थात २१ औं शताव्दीको सुचनाप्रविधी जगतको भारतिय नम्वर एक कम्पनी तथा विश्व कै वादशाह हालको इन्फोसिस ।
अचम्म लाग्न सक्छ, इन्फोसिका संघर्ष शुरुवाती दिन र सफलताका तुफानी कथाहरु सुनेर । नलागोसपनि किन २५० अमेरीकी डलरबाट शुरु गरिएको कम्पनीले सन् २००७-०८ मा मात्रै ४.१८ अरव डलर संकलन गर्न सफल भएको थियो, भने नाफा मात्रै १.११ अरव डलर आर्जन गरेको थियो । संसारका ३० देशमा शाखा फैलिएको यस कम्पनीमा करीव ९५००० मान्छे काम गर्छन । त्यसो त आज मध्यम भारतिय शहरीया नयाँ पुस्ताहरु परम्परागत रुपको डाक्टर वन्ने सपना देख्दैनन् हिजोआज वरु देख्छन् इन्फोसिसमा काम गर्ने वा इर्न्टनशिप गर्ने सपना । सानो पुँजीबाट शुरु गरेर उल्लेख्य रुपमा नाम र दाम कमाएको यस कम्पनीको यस पाटो फुर्सदमा कुरा गरौला । तर यसले भारतमा विल्कुल नयाँ केहि गर्यो, त्यो कुरा गरौं ।
जतिखेर भारत सरकारको करले चलेका स्कुल क्याम्पसवाट उत्पादित अत्यन्त दक्ष र शिक्षित जनशक्तिहरु भारतबाट कामको खोजीमा अन्य देशहरु विशेष गरि अमेरीका र युरोप लाग्दै थिए । त्यतिखेर इन्फोसिसले एउटा नयाँ संभावनाको गोरेटो कोरेको थियो । हेर्नुस्, तपाई स्याण्डविच खाएर हिँउ फुल्ने चिसो अमेरीका र युरोपका गल्लिहरुमा किन कामको खोजीमा भौतारीदै हिड्नुहुन्छ । आउनुहोस् साम्वार (दक्षिण भारतीय एक परिकार) खाएर वैंगलोरको राम्रो हावापानीमा बसेर कम्प्युटरको कोड लेखौं र विश्वलाई वेचु सस्तो र प्रतिस्पर्दी मुल्यमा, तर गुणस्तरीय र विश्वासनिय । त्यसो त भुमण्डलीकरणले समथर पारेको र सुचना प्रविधीले चेप्टीएको यस संसारमा के फरक पर्छ र अमेरीकन सिलीकन भ्यालीमा मान्छे वसेर काम गरोस् या भारतिय वैगलोरमा । फरक मात्र के हुन सक्छ भन्दा, अहिलेको भारतमा वसेर उही काम गर्दा युरोप अमेरीका भन्दा बढि आम्दानी गर्न नसकिएपनि वचत भने बढि गर्न सकिन्छ र अमेरीकी स्तरको जीवन भारतमा वसेर जिउन सकिन्छ । आफ्नो परिवार, समाज अनि आफनो देशको कुरा त छदैछ । मैले कुरा गर्न रोजेको कुरा अब त वुझ्नु भयो होला । हो म अहिले हामीले जसलाई हामीले ‘प्रतिभा पलायन’ भनिरहेका छौं त्यसको कुरा गरिरहेको छु । देशमा फुलेका, पलायन हुन लागेको र पलायन भएका नयाँ प्रतिभाहरुलाई यसरी दिन सकिन्छ रोजगारी भनेर नमुना देखाएको हो, इन्फोसिसले भारतमा । फेरी एउटा आँकडा प्रस्तुत गर्छु – सन् २००२ यता मात्रै अमेरीकामा पढेका करीव ४०००० भारतियहरु भारत फर्केका थिए, इन्फोसिसको पाइला पछ्याउदै । आजको भारत दक्ष जनशक्ति मेक्सिको र चीनबाट आयात गरिरहेको छ । यदि तपाईसँग क्षमता र शिप छ भने भारतमा कामको कमि छैन समस्या अदक्ष र अशिक्षित पुस्ताको हो किनकी सुचना प्रविधी वा विज्ञान प्रविधीको विकासले दक्ष जनशक्तिलाई मात्रै रोजगारीको अवसर दिन्छ । अदक्ष र अशिक्षितहरुको लागि त उत्पादनका क्षेत्रहरु बढाउनु पर्छ ।
अचम्ममा पर्नु होला केहि कुरा सुनेर, जे होस् म चाँहि अचम्ममा परे । इन्फोसिसले आज विश्वका नामी बैकंले चलाउने सफ्वेयरको कोड मात्रै लेख्दैन् । विश्वका विभिन्न भागबाट प्रकाशित हुने नामी वैज्ञानिक जर्नलहरुको इडिटिङ्ग गर्छन् इन्फोसिस हेडक्वार्टरमा रहेका नामी विश्वविद्यालयबाट पढेका पिएचडि डिग्रीधारी भारतिय । हो विश्वका ठुला राजनेता, बैज्ञानिक, कुटनितिज्ञहरुले पढ्ने भाषणको अग्रंजी इडिटिङ्ग इन्फोसिसको वैगंलोर हेडक्वार्टर गैरअग्रेजहरुले गरिरहेका हुन्छन्। पत्याउन गाह्रो पर्ने यस्ता निकै लामा सुचीहुन सक्छन् इन्फोसिसका । तर उनीहरुले सिद्वान्तत अनुसन्धान र विकासलाई आत्मसाथ गरे र विश्वका सामु एउटा मोडल प्रस्तुत गरे । अनुसन्धानबाट आविस्कारबाट, उत्पादनबाट, उपयोगबाट अर्थसंकलन अनि फेरी त्यसवाट अनुसन्धानको परिधीमा आफुलाई फिट गरे ।
हामी देखिरहेका छौं, यतिखेर अमेरीकी अर्थतन्त्र धरासायी भएर यहाँका ठुला ठुला वित्त कम्पनीहरु टाट पल्टदै गर्दा र विमा कम्पनीहरुको राष्टियकरण भईरहँदा भारत दुई अंकको आर्थिक विकास हासिल गरिरहेकोछ । भनिरहनु पर्दैन, यो चेप्टो विश्वमा हिजो अमेरीकीहरुले भारतिय कम्प्युटर इन्जीनियरहरुलाई काम लगाउन पाएर भारतीय करदाताहरुलाई धन्यवाद दिए । दक्ष मानिस भारतमा उत्पादन गरेर आफ्नो देशमा काम गर्न पठाएकोमा । तर समय यतिखेर वदलिएको छ । आज दक्ष भारतीयहरुले भारतमा बसेर लाखौ अमेरीकीहरुको जागिर खोसिदिइरहेका छन् किनकी अमेरीका भन्दा भारतमा त्यहि काम सस्तोमा हुन्छ । उत्पादनका रोजगारीहरु चीन लगायतका अन्य मुलुकहरु र सेवामुलक र दक्ष कामहरु भारतीयहरुले अमेरीकनहरुबाट खोस्ने वा सर्ने जे भन्नुस् क्रम हिजो भन्दा झन् तीब्र छ । बुझ्न गाह्रो पर्दैन हिजोको दिनमा लागेको चर्को भुमण्डलीकरणको नारा अमेरीकालाई घाडो हुँदैछ । हेर्नुस्, अमेरीकी राष्टपतिय निर्वाचन कसरी चर्को राष्टवादको नारा उचालिदैछ। हो यो भुमण्डलीकृत चेप्टो पुँजीवादी विश्व हो, जहाँ सस्तोमा पाइन्छ, त्यही किनीन्छ । तपाई वैंगलोर जानु भयो भने त्यो थाहा पाउनु होला । अमेरीकीहरु बा विश्वका अन्य वजारको जागीर खोस्न नौजवान भारतीयहरु कति लालायीत छन् । चीन जानु भयो भने थाह पाउनु होला कसरी विश्व वैकबाट ऋण लिएर उनीहरुले आफ्ना नागरीकहरुलाई चेप्टो विश्वका खेलाडि वनेर उभ्याउन प्रयत्न गरिरहेका छन् । विदेशीभुमीमा ज्ञान आर्जन गर्न पठाइरहेका छन् । चेप्टो विश्वको नामुद खेलाडि वनेर प्रस्तुत इन्फोसिसको भ्रमणबाट हाम्रा प्रधानमन्त्रीले के सिके खै । त्यो त म भन्न सक्दिन । तर पनि यसलाई चीन भ्रमणको वेला जस्तो विमानस्थलमा सवाददाताहरुलाई कहिले स्वर्ग पृथ्वीमा आए जस्तो त कतिखेर पृथ्वी स्वर्गमा पुगे जस्तो भयो । चीनको प्रगती हेरेपछि विज्ञान प्रविधी नेतृत्व र जनताको अन्तरसम्वन्धमा भए जे पनि गर्न सकिने पाठ सिकेर आएको छु भनेनन् । सायद प्रधानमन्त्री प्रचण्ड सिक्दै होलान् ।
[email protected]

21 sept. 2008,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “इन्फोसिसमा प्रचण्डका पाइला”

  1. (आलोकजी सूचना प्रविधिमा
    (आलोकजी सूचना प्रविधिमा राख्या छु।)

    मूख्य कुरा भनेको वातावरण हो। सरकारले उचित वातावरण बनाउने हो भने नेपालीहरु पनि प्रशस्तै घर फर्कन तयार छन् जस्तो लाग्छ। भलै इन्फोसिस जस्तो नहोला तर सम्भावनाहरु प्रशस्त छन्। लोडसेडिङ्, हड्ताल, जबर्जस्ती, चन्दा आतंक, हिंडडुल गर्दा ज्यानलाई खराब हुने जस्ता म्याक्रो लेभलका कुराहरुसँग लडिरहेका हामी नेपालीहरु, सफ्ट्वेरहरु बनाउने आदि माइक्रो लेभलका काम सफलताका साथ गर्न साह्रै कठिन छ। सरकारले यो बुझ्न जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *