Skip to content

विश्लेषण/समालोचना

घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू

  • by

हिन्दूहरूको महान् पर्व बडादसैँमा घटस्थापनाको दिनदेखि नै विभिन्न शक्तिपीठहरूमा पूजा-अर्चना गरिन्छ । यी पीठहरूमा पूजा गर्नुको पछाडि पनि अनेकौँ धार्मिक विश्वास एवं किंवदन्तीहरू जोडिएका छन् । घटस्थापनाको दिनदेखि सुरुवात गरिने मठमन्दिरको सङ्क्षिप्त परिचय –

एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ

  • by

जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
श्री दुर्गासप्तशती ।

अर्थात् जयन्ती, मंगला, काली, भद्रकाली, भद्रकाली, कपालिनी, दुर्गाक्षमा, शिवा धात्री, स्वहा, स्वधा नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ । उपरोक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ ।

एउटा चमत्कारी स्रष्टा

  • by

केटाकेटीलाई पनि साथी बनाउने खुवी भएका, युवायुवतीसँग पनि मित्रता राख्ने हैसियत कमाएका र प्रौढसँग पनि आत्मीयता जोड्न सिपालु स्रष्टा थिए — धुस्वाँ सायमि । धुस्वाँ सायमिको जीवनको मूख्य विशेषता आˆनो उमेरलाई समेत जित्न सक्ने उनको मन थियो । उनी मनका पूँजीपति थिए । त्यसैले उनी मनैले अरूको मन सजिलै जितिदिन्थे । उनको जित्ने कलाका कारण म पनि कैयौँचोटि उनीसँग हारेको थिएँ । किनभने कुनै बेला म पनि आफूभन्दा तेईस वर्ष जेठाको साथी थिएँ तर क्रमशः म उनको साथीबाट चाहिं टाडिन थालें ।

स्रष्टाहरु सर्वत्र

  • by

साहित्यमै मात्र केन्दि्रत रहेर एउटै क्षेत्रमा सीमित हुने स्रष्टाहरू निकै कम भेटिन्छन् । प्रायः स्रष्टाहरू जागिरे जीवनमै संलग्न भएको बढी पाइन्छ । व्यापार-व्यवसायमा धेरै कम स्रष्टाले हात हालेका छन् । राजनीति गर्दै साहित्य लेख्ने र साहित्य लेख्दै राजनीति गर्नेहरूको सङ्ख्या चाहिँ उल्लेख्य छ । डाक्टरी पेशा, कलाकारिता, अभिनय, पत्रकारितामा लाग्ने साहित्यकारहरू पनि छन् । म

अनौपचारिक – सलाम आस्थाका सतिसालहरू

  • by

असल मित्रहरूसँगको अनायास बिछोडले सधैँ नै पीडाको नमिठो चोट छाडेर जान्छ । यस्तै पीडाको अनुभव गराएको छ मित्रद्वय रूद्र खरेल र अग्नि शिखाको असामयिक तथा अप्रत्यासित बिछोडले। आस्था र प्रतिबद्धतामा सतिसालझैँ अडिग र सरल जीवन शैलीका प्रतीक लाग्ने यी दुई प्रगतिशील साहित्यकार-पत्रकार मित्रलाई छोटै समयमा एकपछि अर्को गुमाउनुपर्दा मजस्ता धेरैमा बिछोडको पीडाबोध हुनु स्वाभाविक थियो ।

नयाँ नेपाल निर्माणको नारा र धार्मिक-सांस्कृतिक परम्पराहरू

  • by

विश्वसामु हाम्रो देश नेपाल र हामी नेपाली भनेर गर्व गर्ने आधारहरूमा माटो र भूगोल मात्र नभई हाम्रा भाषा, साहित्य, कला र संस्कृतिहरू पनि उत्तिकै बलिया आधारस्तम्भका रुपमा रहेका छन् । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा आˆनै मौलिक पहिचानका पर्व, परम्परा र संस्कृतिहरूका विशेषताहरूले परिपूर्ण छौँ हामी । धार्मिक, सांस्कृतिक र सामाजिक सहिष्णुतामा बाँधिएको हाम्रो आˆनोपन नै हाम्रो राष्ट्रिय गौरव हो ।

दधीचिहरू

  • by

भनिन्छ-युगनायक मन्त्रद्रष्टा ऋषि थिए दधीचि । पौराणिक आख्यानहरूमा दधीचिको निस्वार्थ योगदानका अनेकौँ उज्याला गाथाहरू लिपिबद्ध गरिएका छन् । नेपाली समाजमा, संस्कारमा, साहित्यमा पनि प्रेरणा र प्रभावका आदिपुरुष मानिन्छन् उनी । तत्कालीन युगमा उनले जुन त्याग, तपस्या र कार्य गरे त्यही नै अनन्तअनन्त कालसम्म चिरस्थायी र चिरस्मरणीय हुन पुग्यो । दधीचिले कायम गरेको इतिहासको अग्लो चुचुरोसम्म पुग्ने आधार हामीसँग पौराणिक आख्यान मात्र शेष रहन पुगेको छ ।

नेपालमा चलेका मौलिक संवत्हरू र संस्कृति

  • by

नेपालमा मौलिकरूपमा दुईवटा संवतहरू चलेका छन् । नेपालमा सुरु भएका र मूलतः नेपाल (काठमाडौँ उपत्यका)भित्र मात्र प्रचलनमा रहेका ती दुई संवत्सरहरूको यहाँको सांस्कृतिक परम्परासँग गहिरो सम्बन्ध छ । नेपालमा सुरु भएका दुई संवतहरूमध्ये पहिलो संवत् ३०४ वर्षसम्म प्रचलनमा रहेको थियो । भने दोस्रो संवत् पहिलो संवत्को स्थानमा प्रतिष्ठापित भई आज आफ्नो आयुको ११३० वर्षमा प्रवेश गरिसकेको छ । नेपालका यी दुवै संवत्सरहरू कार्तिक शुक्ल प्रतिपदाको दिनदेखि सुरु भएका हुन् ।

सरगमको सपनामा पैसाको पसल

  • by

चानचुन नब्बे वर्षभयो- मेलवादेवीले झन् पर जान्छु झन् माया लाग्छ सानु रेलैमा… गीत रेकर्ड गराउनु भएको । चन्द्र शमशेरको दरबारमा उनका करिब तीन सय सुसारेहरुमध्ये कुनै एउटीले मेलवादेवीको स्वरको डाहा गरेर स्वर बिग्रने पदार्थ विशेष खुवाइन् । चन्द्र शमशेरले मेलवादेवीलाई धेरै माया गरे भनेर यसो गरिएको रहेछ ।

सितार सम्राटबारे दुई शब्द

  • by

नरेन्द्र वाटाजू र सितारवादन एकाअर्काका पूरक हुन् भन्दा फरक पर्दैन । सितारका सातै तारका झंकारबाट जीवन-जगतलाई झंकृत पार्नमा अति पोख्त हुनुहुन्छ हाम्रा नरेन्द्र वाटाजु ।

‘गीत-गंगा’ र तुहिएको सपना स्वर सम्राट नारायण गोपालको शब्द-सम्झना

  • by

कुनै एकदिन पेमला भाउजूसित नारायण दाइका बानी- व्यहोराबारे मैले कुरा गरेथेँ । उनले सार्वजनिक नगर्ने सर्तमा भनेका कुराबाहेकको एउटा कुरा, सन्दर्भले आज सम्झिएँ । भन्थिन्- ‘भाइ ! नारायणको एउटा सपना थियो । यो घर संगीत-ट्रस्टको नाममा जाओस्, अगाडिको फूलबारीमा एउटा चिटिक्कको सांगीतिक हल बनोस् र त्यसको नाम ‘गीत-गंगा’ रहोस् ।’ यसो भनिरहँदा पेमला भाउजूको मुहार निकै उत्साहपूर्ण देखिन्थ्यो । त्यसबखतसम्म उनको स्वास्थ्य त्यति खस्किएको पनि थिएन । उतिबेला, यसो भन्दै गर्दा मेरो मस्तिष्कमा भने नारायण गोपालको एउटा लोकपि्रय गीत घुमिरहन्थ्यो ।

च्याब्रुङ र सम्झनाहरु

  • by

अँगेनोमाथि धूवाँको मोसोले खाएको च्याब्रुङ -ढोल) र ढ्याङ्ग्रो । छेउमा पुरानो नेसनल पानासोनिक रेडियो । चुल्होमा थुपारिएको दाउरा छेउ राघे बिरालो आँखा तिखारिरहेको छ । हालैको दिन सोलुखुम्बुको दुर्गम मैदेल गाउँवासी ६३ वर्षे कवीरमान थुलुङको घर पस्दा एकैपटक यी दृश्य देखियो, ग्यालरीमा झुन्ड्याएको पूर्ण कोलाज चित्रजस्तै ।

ऋग्वेदमा देवीदेवता

म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो पलाइरहेछ । नेपालमा संस्कृत विद्यालाई जसरी हेय सम्झिइएको छ फ्रान्स र जर्मनीमा संस्कृत शिक्षाको महत्ता थाहा पाएपछि नजिकको तीर्थ हेला भन्ने उखान आफैँमा चरितार्थ भएजस्तो लाग्यो ।

जवाहरलाल नेपालप्रति नरम थिएनन्

२००७ सालको सेरोफेरोमा लेखिएका दर्जनौ“ पुस्तक, लेख र संस्मरणहरूभन्दा भिन्न छ मातृकाप्रसाद कोइरालाको आत्मकथा । किनभने, यो सुनिजान्ने र देखिजान्ने साक्षीको बकपत्रजस्तो मात्र नभई भोगिजान्ने पात्रकै कलम र निजी सङ्कलनका लिखतमा आधारति ग्रन्थ रहेछ । भनौ“, यहा“ छापिएका कुराहरूको आधिकारकिताबारे पाठक ढुक्क हुन पाउने रहेछन् । मातृकाप्रसादको निधन भएको ११ वर्षछि उहा“को यो जीवनी कुन पृष्ठभूमि र सर्न्दर्भमा जनसमक्ष ल्याउन सम्भव भएको हो, त्यसको जानकारी प्राक्कथनमा वरष्िठ अधिवक्ता गणेशराज शर्माले सविस्तार दिनुभएको छ ।

पाणिनि र पणेना

  • by

संस्कृतभाषा र साहित्यको क्षेत्रमा पाणिनीय अष्टाध्यायी -व्याकरण को स्थान शरीरमा प्राण जत्तिकै गहन र अन्योन्याश्रति छ । अझ साँच्चै भन्ने हो भने केही समयका लागि प्राणविनाको शरीरको त कल्पनासम्म गर्न सकिएला । तर पाणिनीय अष्टाध्यायीविनाको संस्कृतभाषा साहित्यको त त्यतिसम्म पनि सकिन्न । महामुनि पाणिनिद्वारा विरचित अष्टाध्यायीमा आठ अध्याय, प्रत्येक अध्यायको चारचार पाउले गरी ३२ पाउ र तीनहजार ९९५ सूत्र छन् र यिनै सूत्रभित्र नै संस्कृतभाषाका सबै शब्द अडेका छन् ।

नाट्य परम्परागत नयाँ युग

  • by

नेपाली साहित्यमा माध्यमिक कालको विशिष्ट स्थान रहेको छ । प्राथमिकताकालीन भक्तिधारा अन्तरधाराका रूपमा रहे पनि शृङ्गारिक संचेततानै मूल प्रवाहका रूपमा रहृयो । शृङ्गार युगका प्रवर्तक बहुआयामिक प्रतिभाका स्रोत मोतिराम भट्ट हुन् । उनले नै नेपाली नाट्य परम्परामा रूपान्तरण नाटकको आविर्भाव गरेका हुन् । मोतीराम भट्टको चर्चा गर्दा शम्भुप्रसाद ढुड्ढेलको पनि प्रसड्ढ आउँछ, तर यी दुबै कवि बीच समयको ठूलो अन्तर रहेको छ ।

सक्रियता देखाउँदा देखाउँदै जानुभयो शारदाजी

  • by

उमेरले केही गरौँ र सक्दो गरौँ भन्ने भावनाले शारदा अधिकारी -ढकाल) को सक्रियता साहित्यिक क्षेत्रमा यता केही वर्षदेखि बढ्न थालेको थियो । लेखन, सम्पादन, साहित्यिक सङ्घ संस्थामा संलग्नता आदि माध्यमबाट नेपाली भाषा र साहित्यमा सक्रिय शारदा अधिकारीको पेशा पनि नेपाली भाषा प्राध्यापनमै थियो । उमेरले साथ दिए पनि, रोगले नगाँजे पनि दुर्घटनामा परेर उहाँले आˆनो जीवन अल्पायुमै गुमाउनु पर्‍यो । उहाँको ४३ वर्षको उमेरमै मोटरसाइकल दुर्घटनामा परेर काठमाडौँमा निधन भयो ।

हाम्रो भाषा र हाम्रा पुस्तक

  • by

आफ्नो ६३ वर्षो जीवनमा मूलतः म मेरो मातृभाषाभाषीबीच बाँचेँ, बोलेँ, सुनेँ, सिकेँ, लेखेँ । मैले ४५ वर्षघि थालेको साहित्य सिर्जनाको मूल माध्यम पनि नेपाली नै हो । दुई वर्षेखि म पिँजडाको सुगाजस्तो कोठा, अध्ययन र लेखन-केन्द्रित भएपछि वार्तालापमा मात्र होइन, किताब, छापा, टीभी र एफएमहरूमा नेपाली भाषामा प्रचलित सामयिक शब्द, भाव, शैली र उच्चारणहरूको गतिशीलतासँग पुनः परचिय गर्दैछु ।