Skip to content

विश्लेषण/समालोचना

पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी

  • by

पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै पूर्वोत्तर आएका नेपालीहरू यहीँको रीतिथिति र बोली/भाषामा रंगिएर रैथाने भए भने पछि आउने नेपालीहरूले आफ्नो भाषा–संस्कृतिलाई बचाउँदै मातृभाषामा साहित्य–सिर्जना गर्न थाले।

बाल्मीकि रामायणमा तथागत बुद्ध

  • by

यस शीर्षकले धेरैलाई झस्काउन सक्छ । म आफै बाल्मीकी रामायणको नित्य पाठका क्रममा यसको अयोध्या काण्डको एक सय नवौ सर्गको एक श्लोकमा दृष्टि पुगेपछि झस्किएको र स्तब्ध भएको हु । त्यो श्लोक यो होः

यथा हि चोरः म तथा हि बुद्धः
तथागतं नास्तिकमत्र विद्धि ।
तस्माद्वियः शक्यतमः प्रजानां
स नास्तिके नाभिमुखो बुधः स्यात् ।। -श्लोक २४

प्रवासमा नेपाली भाषा साहित्यको सेवा

  • by

नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका सुधासागर -वि.सं.१९५५) हो । योभन्दा अगाडि नै प्रवासबाट नेपाली भाषामा पत्रिका प्रकाशन भएको इतिहास पाइन्छ । त्यसैले नेपाली साहित्यको श्रीवृद्धिमा प्रवासको भूमिकालाई कम ठान्नु हुादैन । नेपाली भाषाको पुरानो नाम गोरखा भाषा भएकोले मोतीरामले बनारसबाट प्रकाशित गराएको पहिलो पत्रिकाको नाम गोरखा भारत जीवन -वि.सं. १९४८ तिर) राखेका हुन् ।

साहित्यमा समालोचना

  • by

सामान्य अर्थमा समालोचनाको अर्थ हो- गडेर हेर्नु । समालोचना ‘लुचू’ धातुले बनेको छ, जसको अर्थ हो- हेर्नु । समालोचनाअन्तर्गत आलोचना, समीक्षा, टीका-टिप्पणी, मीमांसा, विवेचना, पर्यालोचन, अनुशीलन, परिशीलन आदि अनेक शब्दहरूको प्रयोग गरिन्छ । सूक्ष्मरूपमा यस्ता शब्दहरूका आ-आˆना विशिष्ट अर्थ रहे तापनि स्थूलरूपमा भने यस्ता शब्दहरूलाई पर्यायवाची मान्न सकिन्छ । पूर्णरूपले कुनै वस्तु वा विषयविशेषको देखरेख, विवेचना, विचार-विमर्श गर्नु समालोचना शब्दसित अभीष्ट छ ।

जङ्गलमा मनका फूल फुलाउने कवि

  • by

नेपालभाषा गीति कविता विधामा सुपरिचित एवं जनपि्रय व्यक्तित्व हुन् दुर्गालाल श्रेष्ठ । उहााका गीति कविताका लय ध्वनि, कोमल शब्द चयन सीप, मधुर भाव रस सञ्चार तथा सरल, स्पष्ट, सहज अभिव्यक्तिबाट धेरैजसो श्रोता-पाठक मन्त्रमुग्ध भएका देखिन्छन् । उहााका कविताको वाचन उहााबाटै भएको बेलामा उहााका वाचिक, आङ्गकि र साìिवक भाव अभिनय पनि स्वतः स्फूर्तरूपमा प्रदर्शित भइरहेको हुन्छ । त्यस्तो स्थिति श्रोतालाई मनमोहक र प्रेरक लाग्दछ ।

कवि मनु र उनका पहाड चढिरहने कविता

  • by

अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो, किन हो, भन्न खोजेको के हो, आदि । अर्थ र उत्तरहरूले जीवनलाई परिभाषित गरिरहेका हुन्छन् तर के ती अर्थ र उत्तरहरूले कहिल्यै पूर्णता पाउँछन् , तिनले दिएका अर्थहरू नै जीवनलाई बुझन अन्तिम उत्तर हुन् त ; यही छ समस्या । र कविताको त वास्तवमा के अर्थ हुन्छ र, बरु, त्यसमा त भाव, सङ्केत, संवेग कल्पनाहरू नै हुन्छन् । वास्तवमा तिनमा हाम्रा आफ्नै कल्पनाहरू अटाउने कत्ति ठाउँहरू पनि हुन्छन्, जसले हामीलाई रमाउन मद्दत गर्छन् ।

साहित्यमा लघुकथाको प्रभाव

  • by

नेपाली साहित्यमा मौलादो विधाका रूपमा अगाडि बढेको लघुकथा लेखन समकालिन साहित्यमा निक्कै लोकपि्रय भएको छ । लघु भन्ने साथ छोटो, सानो अर्थात संक्षिप्त भन्ने बुझिन्छ । पाश्चात्य साहित्यका समालोकहरू लघुकथालाई पनि कथाकै शब्दिक अर्थबाट अथ्र्याउने गर्दछन् ।

मन्त्री ‘खाने’ नेता र मन्त्रालय बाँडफाँड।

शाहि शासनकालमा एकजना खुक्खार कांग्रेसी भनेर चिनिएका अनि बि. पि. कोईरालाकै परिबारका सदश्य समेत रेहेका व्यक्ति सरकारमा सामेल भएका थिए । सोहि बिषयमा कुराकानि हुंदा मेरो क्षेत्रका एकजना नेताले भनेका थिए “मन्त्री खान पाए कसले छाड्छ?”

समय र परिस्थिति केहि परिवर्तन भए पनि मलाई लाग्छ हाम्रा नेताहरुको सोच र मानसिकतामा अझै कुनै फरक आएको छैन । हाम्रा नेताहरुको नजरमा मन्त्री भनेको अहिले पनि कुनै यौटा पदिय दाईत्व भएको र कार्यभार बहन गरि जिम्मेबारि लिनु पर्ने ओहदा होईन ‘खाने’ कुरा हो ।

वी.पी. कोइरालाका कृतिहरूको अनुवाद

  • by

आधुनिक नेपालको राजनीतिक वृत्तमा मात्र नभई नेपाली आख्यान साहित्यमा पनि एउटा सुपरिचित एवं सुप्रतिष्ठित नाम हो विश्वेश्वरप्रसाद कोइराला ।

अंग्रेजी र अर्धसत्य

  • by

झूठभन्दा पनि खतरनाक हुन्छ अर्धसत्य ।

द्रोणाचार्यको मृत्युबिना पाण्डवहरूले महाभारत युद्ध जित्नु सम्भव थिएन । पुत्रशोक नभई मृत्यु नहुने वरदान द्रोणले पाएका थिए ।

कथा अमेरिकाको

अमेरिका विश्वकै धनी र अधिक ‘होमलेस’हरुको देश हो । यहाँ पनि मध्यम वर्गीय समाजको जीवन अति नै कष्टकर छ । विगत केही बर्षदेखि अनपेक्षित रुपमा ह्रास हुँदै गएको आर्थिक स्थितिले गर्दा यस्तै अवस्था रहे आगामी एक वर्षभित्रमा मात्रै २२ लाख मानिसले आङ्ग आफ्नो घर ऋणमा लिएको गुमाउँने छन् । एक्लो क्यालिफोर्निया राज्यमा मात्र यो आर्थिक बर्षको प्रथम तीन महिनामा ५७ हजार मानिसले ऋणमा किनेको घर गुमाएको तथ्याङ्क हालै प्रकाशित भएको छ । २००८ को जुन महिनामा मात्र ७७ हजारले नोकरी गुमाउनु पर्यो । दैनिक बढ्दै गएको तेलको मूल्यका कारण विगत ६ महिनायता खाद्यान्न लगायतका वस्तुमा १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि भएका कारण जीवन कष्टकर बन्दै गएको छ । सयौं निर्माण कम्पनी आर्थिक कारोवार गर्ने कम्पनीलगायत बैंकसमेत धराशयी भएका छन् । पाँच बर्षअघिको दाजोमा घरहरुको मूल्यमा ३० प्रतिशतसम्म ह्रास भएको छ भने कोठाको भाडामा भने १० प्रतिशतसम्म वृद्धि भएको छ ।

कुहिरो र धूइरो; पारिजात र शिरीष

दशैँ र तिहारको आगमनसँगै काठमाडौँ उपत्यकामा कुहिरो लाग्न थाल्छ। जब बादल आकाशमा नउडी जमिनलाई चुम्बन गर्नतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी कुहिरो भन्दछौँ। रातमा जमिन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँ। कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्दछौँ। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन्। सडक र हवाई यातायातमा समेत अवरोध पुग्छ। पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ।

भूगोलमै हराए भूगोलका ज्ञाता

  • by

पूर्वी नेपालको गुन्सा गाउँबाट ताप्लेजुङका लागि उडेको तर गन्तव्यमा नपुगी बाटैमा हराएको हेलिकोप्टरमा सवार धेरै जना देशी–विदेशी विशिष्ट व्यक्तिहरूमध्ये डा. हर्क गुरुङ एक थिए जसलाई सञ्चारमाध्यममा भूगोलविद् र पूर्व राज्यमन्त्री भनेर चिनारी गराइएको छ।

गणतान्त्रिक नेपालमा भानुभक्त

  • by

१९५ वर्षअघि उदाएका नेपाली वाェ्मय ज्योति भानुभक्त आचार्य राणाकालीन सェ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे । हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भए भानुभक्त ।

एक स्रष्टा दुइ महाभारत

  • by

‘महाभारत’ प्राचीन विश्वका विशालतम ग्रन्थमध्ये प्रमुख र र्सवाधिक चर्चित पनि हो । त्यस युगको सबभन्दा ठूलो ‘कुरुक्षेत्र’ युद्धको वर्ण्र्ााा आधारित महाकाव्य इतिहास, दर्शन, राजनीति, रणनीति, शस्त्रास्त्र वर्ण्र्ााआदि धेरै विषयले ओतप्रोत छ । अठार पर्वमा विभाजित ग्रन्थमा नब्बे हजारभन्दा बढी श्लोक छन् । यति धेरै पात्र भएको अर्को ग्रन्थ लेखिएको छैन । सबै पात्रलाई पूरा निखारसहित प्रस्तुत गरिएको छ । कौरव र पाण्डव दर्ुइ पक्षको बीचमा भएको त्यो महायुद्धमा एसियाका अनेक राज्य र गणतन्त्र यो वा त्यो पक्षको सहयोगमा सामेल भएको वर्ण्र्ााछ ।

समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन

उठान :
साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न पनि सकिँदैन। यद्यपि, अध्ययनको सुविधालाई ध्यानमा राख्दै प्रस्तुत लेखमा सिक्किमेली समकालीन साहित्यको विवेचनात्मक तथा विकासक्रमिक अध्ययन गर्ने प्रयास गरिएको छ। यस क्रममा सन् १९९०-पछिका सिक्किमेली साहित्यिक गतिविधिलाई समकालीन साहित्यिक गतिविधिका रूपमा लिइएको छअर्थात समकालीन सिक्किमेली साहित्य भन्नाले १९९०-को दशकयता आजसम्मको सिक्किमेली नेपाली साहित्य बुझिनेछ।
समकालीन भन्नाले यसै समयको, आजको, वर्तमानको, समसामयिक भन्ने अर्थ बोध हुनाले सन् १९९०-को दशकयता नेपाली साहित्यका क्षेत्रमा देखापरेको प्रवृत्तिगत परिवर्तनका साथै राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, चिन्तन आदिको परिवर्तित रूपको प्रभाव र छाप के-कस्तो हिसाबमा भएको छ अनि साहित्य सिर्जनाले के-कस्तो गति लिएको छ ती सबैको अध्ययन गर्ने कोशिश यस लेखको अभीष्ट रहेको छ। सन् १९९०-को दशकको शुरुवात सॅंगसॅंगै भारतमा नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलन चरम सीमामा पुगिसकेको हुन्छअनि यसको नेतृत्व त्यस समय सिक्किमको कॉंधमा पनि आएको हुन्छ।

काइला दाइका कविता

  • by

असोज १५ मै कार्यक्रम गर्ने भनी भाइ ठाकुर बेलवासेले निम्ता दिनुभएको थियो । बैरागी काइलाको एकल कविता वाचन कार्यक्रम पहिलोपल्ट हुन लागिरहेको थियो काठमाडौंमा । आरोहण गुरुकुल र र्सवदा वाङ्मय प्रतिष्ठानको प्रयत्नमा हुन लागेको कार्यक्रम । काइलाको ठूलो फोटोसहित प्रचार सामग्री टागिएको थियो गुरुकुलमा । ‘खै भाइहरूले कविता पढ्नुपर्छ भनेका छन्, सकिने हो कि होइन’ भन्दै हुनुहुन्थ्यो बैरागी दाइ ।

गजलमा लयविधान

  • by

गजल गेय विधा हो र यो गाइनुपर्छ, चाहे सङ्गीतमा (जसलाई ‘कवाली’ गायन भनिन्छ), चाहे स्वतन्त्र लयमा (यसलाई ‘तरन्नुम’ शैली भनिन्छ) । यसको आशय के हो भने गजलमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकतालाई छन्द (बहर), लय, मात्रा इत्यादि जेजे नाम पनि दिन सकिन्छ तर लेखनमा छन्दको संरचना आफ्नै विशिष्ट प्रकारको हुने गर्छ ।

नाट्यसम्राट् बालकृष्ण सम

  • by

बालकृष्ण सम जहानिया राणापरिवारकै सदस्य पिता समरशमशेर र माता कृर्तिराज्यलक्ष्मीबाट काठमाडौं ज्ञानेश्वरमा संवत् १९५९ माघ २४ गते जन्मेका थिए । उनी वंशजका नाताले राणा भए पनि स्वभाव र आचरणका हिसाबले साधारण मानिस झैँ थिए । बालककालमा आफ्ना बाजे डम्बरशमशेरको क्रूर व्यवहार र आफ्नी बज्यैको दयालु स्वभाव समले देखेका थिए । बाजे र बज्यैका आचरण देख्ता समको कोमल हृदयमा बज्यैको प्रभाव पर्‍यो । फलस्वरूप उनी हिरण्यकशिपु होइन प्रहलाद बन्न पुगे । त्यसकारण उनी बाल्यकालदेखि नै नम्रता, शिष्टता र भद्रता अँगाल्न लागे ।

कविशिरोमणि लेखनाथ पौड्याल

१. जन्म, शिक्षा र कवित्वको प्रारम्भ
नेपाल अधिराज्यको गण्डकी अञ्चलअर्न्तर्गत कास्की जिल्लामा अर्घौँ अर्चलेमा संवत् १९४१ मा कविशिरोमणिको जन्म भएको थियो । पिता पं. दुर्गादत्त र माता वसुन्धरादेवीबाट जन्मेका लेखनाथ पौड्याल नामअनुसार काम पनि गरेर नेपालीसाहित्यका लेखनाथ नै बने । वंश, परम्परा, प्रकृति र समसामयिक स्थितिबाट नेपालीकविताको सिर्जनप्रति उनी प्रेरित भएका थिए । उनले शुरूमा गङ्गागणेशस्तोत्र, अमरकोश, सप्तशती (चण्डी) आदि पढेर आफ्नो अध्ययनको शुरुआत गरेका थिए । साथै काका पर्ने पितृप्रसादका हप्काइबाट उनी इखिएका पनि थिए । त्यसै वेलादेखि उनले कवितालेखनप्रति उन्मुख बन्ने अस्पष्ट सङ्कल्प गरेका थिए ।