Skip to content

विश्लेषण/समालोचना

काग! काग! –- शुभ बोल! शुभ बोल!

‘तोकीएको मितिमा चुनाव नगरे दूर्घटना हुने’, ‘हाम्रो माग पुरा नगरे दूर्घटना हुने’, ‘राजा राखे दूर्घटना हुने’, ‘राजा नफाले दूर्घटना हुने’ यि सबै हाम्रा महान नेताहरुको मुखारविन्दवाट निक्लने भविश्यवाणिहरु हुन । नीति, राजनैतिक सोच वा वैचारिक मतभेद रहे पनि यौटा कुरामा भने हाम्रा सबै दलका नेताहरुको समानता छ। त्यो हो: समय समयमा यस्तै प्रकारका दूर्घटना- मूलक- भविश्यवाणी गर्ने ।

बोलीदिए पुग्ने, जिम्मेबारि लिनु नपर्ने सुबिधा भएको र खाली हल्लामै रमाउने परिपाटि बसेकोले एक पटक त कुरा यत्ति सम्म पुग्यो की एक्कै पटक पूर्ण विपरित र अति भिन्न भविश्यवाणी पनि आए । यो कुनै मनगढन्ते कुरा होईन। संबिधान सभा चुनाव अगाडिका हाम्रा विभिन्न दलका नेताका उदघोषहरु हुन,

नेपाली साहित्यमा हाइकु

साहित्य र समाजको निकटतम सम्बन्ध हुन्छ । साहित्यले प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि ढंगबाट समाजमा आफ्नो प्रभावलाई गतिशिल बनाइरहेको हुन्छ । नेपाली साहित्यमा प्रचलित थुपै्र विधाहरु मध्ये केहि वर्ष यता हाइकु खरो देखिएको छ । हाइकु कविताको शुरुवात जापानमा भएको हो । अनौठो किसिमको शास्त्रिय संरचना ५-७-५ मा बाँधिएर लेखिनु पर्ने भएकोले पनि हाइकुको महत्व दिन प्रति दिन बढदै गैरहेको छ । हाइकु विश्व व्यापी बन्दै गएको छ ।

मेरो सम्झनाका माष्टर मित्रसेन

  • by

मैले माष्टर मित्रसेनलाई भारतको शिलाङ्गमा सन् १९३५ तिर देखेको हुँ। केही दिनसम्म उहाँसंग संगत पनि भयो । उहाँ एक राष्ट्रवादी सेवक हुनुहुन्थ्यो । यद्यपि उहाँको जन्म भारतमा भएको हो । र केही समय उहाँले फौजमा पनि काम गर्नुभएको कुरा उहाँको जीवनी पढ्दा थाहा हुन्छ । किन राजीनामा गर्नुभयो, त्यो त उहाँले नै जान्ने कुरा हो तापनि उहाँ आफ्नो गायन कला मार्फत् समाजमा रहेका नराम्रा रीतिथितिहरूलाई उजागर गर्नुहुन्थ्यो । उहाँको साथमा मैले बहादुर सिंह बराललाई पनि शिलाङ्गमै देखेको थिएँ । माष्टर मित्रसेनलाई आफ्नो गायन यात्रा जारी राख्न बहादुर सिंहको पनि सहयोग थियो क्यारे ।

दयाराम र राजारामहरू यो देशका भरोसा

  • by

सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन ।

कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा

ज्ञान मण्डल लिमिटेड वाराणसीद्वारा प्रकाशित ‘वृहत हिन्दी कोश’मा कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न व्यक्ति भनेको छ । त्यस्तै वामन शिवराम आप्टेको स्तरीय र मान्य भनी विद्वानहरूले स्वीकार गर्दै आएको ‘संस्कृत हिन्दी कोश’ले एक ऋषिको नाउँ भनी कौण्डिन्यको व्युत्पत्ति भनेर कुण्डिन±ष्यञ दिएको छ । ‘नेपाली वृहत शब्दकोश’ले भने कौण्डिन्य भनी पराशर र कौण्डिनीबाट जन्मिएका गोत्र प्रवर्तक ऋषि भनेको छ ।

भिक्षुको साहित्यिक यात्रा : भुतुचाको आलोकमा

  • by

आज हामी नेपालीहरू पहाडी र मधेशी क्षेत्री बाहुन र जनजातिका रूपमा आ-आफूलाई वर्गीकृत गर्न जुरमुराउँदै छौं । हामीबाट साझा नेपाली जातिको अवधारणा पातलिंदै जाँदो छ । यसले राष्ट्रलाई फाइदा हुन्छ कि हानि – यस सन्दर्भमा तराईमा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अद्वितीय योगदान दिनु हुने कवि भिक्षुको जीवनी र काव्य साधना तर्फहामीले ध्यान दिनु वान्छनीय देखिन्छ ।

अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

  • by

भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ?
आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली परिवेशमा हुर्के र उनले धनीमानीले सजिलै अवलम्बन गर्न नचाहने माक्र्सवादजस्तो राजनीतिक दर्शनलाई अंगीकार गरे ।

जनसम्मानको शिखरमा महाकवि

  • by

जा त मान्छे बन वजनदार
विश्व थर्का, पृथ्वी चर्का
मृत्युको जुघा उखेल्
दैनिक गन्धेझार रोई-रोई नउखेल्
मानवलाई स्वाभिमान, संर्घष्ा र स्वाधीनतानिम्ति कविताबाट यसरी झकझक्याउने, लोकतान्त्रिक संर्घष्ामा आफैं होमिने, कविता, गीत, नाटक, कथा, निबन्ध, काव्य, महाकाव्य आदिको नया“ सगरमाथा उभ्याउने, नेपाली चेतनालाई विश्वव्यापी तुल्याउने महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीबाट अन्तिम विदा लिएको आधा शताब्दी भयो ।

साहित्यसँगै राजनीति पनि

  • by

साहित्य र राजनीतिलाई सँगैसँगै समन्वयात्मक ढङ्गले अघि बढाउन चाहने कवि केदारमान व्यथितको जन्म वि. सं. १९७१ साल कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदी किनारको गाउँ बाँसबारी बाहुनेपाटीमा भएको हो । सानैमा पिताजीसँग काठमाडौँ आउनुभएका व्यथितको औपचारिक शिक्षा नेपाली तीन पास मात्र हो, तर उहाँमा जन्मजात कवि-प्रतिभा थियो र त्यसलाई उहाँले स्वाध्ययन र साधनाले उकास्नुभयो । सारांशमा उहाँ आˆनो निर्माण आफैँले गर्नुपर्छ भन्ने विचारका व्यक्ति हुनुहुन्छ ।

बालन नाच – लोप हुनबाट जोगाउने कि !

खासगरी ब्राहृमण-क्षेत्री समाजमा बालन गायन र त्यसको लयसागै नाच्ने परम्परा धेरै पुरानो हो । ब्राहृमण-क्षेत्री समाजमा प्रचलित रहेको हुनाले यसलाई ‘बाहुननाच’ पनि भनिन्छ । बालन, नेपाली संस्कृतिको एक महìवपूर्ण पक्ष हो । पश्चिमा संस्कृतिको प्रभावसागै केही यता बालन गाउने र नाच्ने चलनमा कमी मात्र आएको छैन, यो चलन झण्डै लोप हुने अवस्थामा पुगेको छ ।

नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण

  • by

भाषा विचार आदानप्रदान गर्ने माध्यम हो । भाषा समयको अन्तरालमा परिवर्तन पनि हुनसक्छ । विभिन्न कारणले गर्दा भाषाभित्र अनेक रूप पाइन्छन् । यससन्दर्भमा नेपाली भाषाको चर्चा गर्न सकिन्छ । नेपाली भाषालाई नेपालको एक महìवपूर्ण माध्यम भाषाका रूपमा लिइन्छ तर यसलाई उतिसारो महìव दिइएको पाइादैन । मूलतः साना नानीहरूदेखि लिएर ठूलाठूला भाषासेवी तथा भाषाप्रेमीहरूले पनि नेपाली भाषाको बोलचाल र लेखनसन्दर्भमा बेवास्ता गरेको पाइन्छ ।

लोकतान्त्रिक छलफल

  • by

ईश्वर छ, ईश्वर छैन । यो राम्रो छ, यो राम्रो छैन । यो जाति हो, यो जाति होइन । यो सबभन्दा काम लाग्ने र महìवपूर्ण कुरो होइन । हाम्रो मानव जीवनको इतिहासमा यस्ता पक्ष दिइएका कुराहरू, वादविवादका कुरा, मनपर्ने र नपर्ने कुरा परापूर्वकालदेखि चल्दै आएका छन् । आज पनि वर्तमानमा चलेका छन् र पक्का छ यस्ता मतभिन्नता, वादविवाद र पक्षविपक्षका कुरा भोलिका दिनमा पनि चलिनै रहनेछन् । यस्ता कुराले हाम्रो मानव जातिलाई के फाइदा गरेको छ वा क्षति गरेको छ ? यस प्रश्नको उत्तर पनि दुई किसिमकै छ र वा हुन्छ भन्ने देखिन्छ ।

थारु लोकरामायणको मौलिक स्वरूप ‘रौँनक पैयाँ’

  • by

थारू लोकजीवन आफ्नै भाषा र संस्कृतिले सम्पन्न छ । नेपालको तराई तथा भित्री मधेस र भारतको विशेषगरी उत्तरप्रदेशतिर बसोबास रहेको यस जातिको संस्कृतिमा स्थानअनुसार सामान्य पृथकता पनि पाइन्छ ।

देवकोटाः शिशुभक्षकका पक्षमा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्धद्घ गर्दछ ।

भन भन देउसे को थिए बलि राजा ?

  • by

दिदीबहिनी दाजुभाइको प्यारो मिलनको चाड तिहारको अर्को रमाइलो पक्ष देउसी भैलोको नाचगान पनि हो । देउसी भैलो खेल्न युवन र केटाकेटी मात्र होइन, बूढै उमेरका मान्छे पनि रौसिन्छन् । टोली नाइकेले लयखार ढड्ढमा नाटकीय शैलीले भट्याउने र सहभागीहरूले देउसिरे, भैलो, भैलीराम् घन्काउँदै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा घरपरिवारलाई सुखसमृद्धिको शुभकामना दिंदै यस घरको मन ठूलो छ हात ठूलो छ, देउसे भैलेलाई मुठीखोलेर पैसा दिन्छन्, मिठामिठा परिकार दिन्छन् भनी खूब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको । आपत पर्‍यो बलि राजालाई, सहयोग माग्न आएको पनि भन्ने गरिन्छ ।

छुवाछुत बिरुद्धको दुधको पेशा

  • by

बि सं २०१८ साल देखी नै राजा महेन्द्र कै पालामा तराइका सम्म फांटहरुमा नयाँ बस्ती बसाउन सुरु भयो । बर्मा बाट थुप्रै नेपाली हरु खेदियर नेपाल पसे । सुरुमा बडो दु:खका साथ जंगल बिनास गरी बस्ती बसाउन योग्य भुमी बनाइयो । चितवन -नवल परासी – कपिलवस्तु -रुपन्देही आदी जिल्ला हरुमा तत्कालिन पुनर्वास कंपनिले आफ्नै तरिका बाट बस्ती बसाइदियो ।

रामायणको समाजशास्त्र

  • by

एक्काइसौ शताब्दीको नया नेपाललाई आजभन्दा तेइस सय वर्ष पुरानो भारतवर्षका धर्म, संस्कृति र परम्पराले मार्गनिर्देश गर्न सक्छन् ? के संसारको कान्छो लोकतान्त्रिक गणतन्त्रका लागि राजतन्त्रका थोत्रापुराना मूल्यमान्यता र सामन्तवादी नीति र आचारविचार उपयोगी हुन सक्छन् ? न्याय, सत्य र शान्तिको विजयका लागि भन्दै महिषासुर र रावणको हत्याको खुसियालीमा ‘लोकतान्त्रिक गणतन्त्रको पहिलो बडादसैा’ धुमधामसाग मनाएका नेपालीजनले आफैलाई सोध्नुपर्ने प्रश्न हो यो ।

महाकविको शतवाषिर्की

  • by

“शब्द चातुर्य नै साहित्य हो भन्नेलाई म ठीक जवाफ दिन सक्दिन । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीको निमित्त लेख्दिन, लेख्दछु लेख्नुको निमित्त र आˆना बिचार, मानवहरूलाई सकभर सच्चा प्रकाश गर्नाको निमित्त । प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्‍यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेतभावले मनुष्यको कला विग्रन्छ । मनै तीन भाषाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ?”

महाकविका अन्तिम क्षणका साक्षी

  • by

“श्रेष्ठजी ! तपाईंको घर नजिक अस्पताल भएको कुरा सुनेको छु, डाक्टरहरूसँग तपाईंको हेलमेल राम्रै होला । मलाई कतैबाट चार ग्रेन मफिर्न अथवा पोटासियम साइनेड ल्याइदिए म तपाईंलाई जीवनको सच्चा साथी सम्झने थिएँ र तपाईंको सहयोग म सदा सम्झिरहने नै छु पनि ।”

बहुभाषाका ज्ञाता देवकोटा

  • by

लक्ष्मीप्रसाद देवकोटा नेपालको इतिहासमा अत्यन्तै गरिमामय ऐतिहासिक राष्ट्रिय व्यक्तिका रूपमा प्रतिष्ठापित छन् । पाँच दशकको जीवनावधिमा उनले आर्थिक विपन्नता, गरिबी, अभाव, विभिन्न शारीरिक र मानसिक पीडाकाबीच रहेर पनि नेपाली जनताको चेतना जगाउने, नेपाली शिक्षण संस्था स्थापना गर्ने, पत्रपत्रिका प्रकाशन गर्ने, शिक्षण गर्ने, सम्पादन गर्ने पाठ्यपुस्तक तयार गर्ने जागिरे लेखकको रूपमा, राजनीतिक क्रान्तिमा सामेल हुने, सल्लाहाकार सभामा विपक्षी दलको नेता हुने, शिक्षा तथा स्वायत्त शासन मन्त्रीसम्म हुने जिम्मेवारी बहन गरे ।