Skip to content

मुक्तक

टुक्रा टुक्रा पार्ने भयौ नि यो देशलाई

टुक्रा टुक्रा पार्ने भयौ नि यो देशलाई
सिमापारी सार्ने भयौ नि यो देशलाई
पहिचान को नाममा आफ्नैलाई लडायर
जातिय युद्धमा झार्ने भयौ नि यो देशलाई

जिन्दगी

तिमीलाई माया गरेपछि जालमा फसेछ जिन्दगी
धमिलो पानी भएको तालमा खसेछ जिन्दगी
राम्रो थियो तर बेसरी विग्रिएछ सारा जीवन
पागलपन र मृत्युको जञ्जालमा पसेछ जिन्दगी

तीन मुक्तक(आऊ तिमी अँधेरीमा,दुनियाँले पाइला टेक्ने,माया तिमीलाई )

(१)
आऊ तिमी अँधेरीमा अँगालोमा बेरौंला ।
कतिन्जेल तर्की जान्छौं म पनि त हेरौंला ।
यी नजरले हेरी तिमीलाई मन पराको धेरै भो,
बस केही दिन माईती घरमै सिन्दुर हाली लेरौंला ।

AshafalGautam

भन्यो मनले

  • by

बिस्तारै लेखनीको गति दौडाउछु भन्यो मनले
विचारमा कलमको मसी पौडाउछु भन्यो भनले
कहिले के भन्छ दौडाउछु, कहिले के भन्छ पौडाउछु
यहाँको चलन देखेर कुन दिन बौलाउछु भन्यो मनले

जिन्दगी दु;खेको घाऊ छ

खोइ के गरी निको बनाऊँ जिन्दगी, दु:खेको घाऊ छ
उमंग आशा उमारी जिन्दगी आफै मल्हम लगाउँछ
बल्झिन्दै फेरि निको हुँदै किन नाटक गर्छ जिन्दगी
भेटेर नै केर्कार गर्नुथ्यो त्यो भावी भन्ने कैले आउँछ ।

तीन मुक्तक (हतारैमा लाको माया, तिमीले आँखा झिम्काउँदा, समुद्रमा ऊर्ली आउने)

(१)
हतारैमा लाको माया गल्ती हुँदोरैछ ।
सामान किन्ने पैसा जस्तै चल्ती हुँदोरैछ ।
हाती आयो हात्ती आयो फुसा भनेझैं,
यस्तो माया लाउँदा रित्तो खल्ती हुँदोरैछ ।

तीन मुक्तकहरू (म, हुन्छ र, भन्यौ)

  • by

धेरै दिनपछि फेरि तिम्रा पत्र हेर्दैछु म
अतितका याद बल्झी अलपत्र पर्दैछु म
मायाका यी शब्दहरू मुटु छेड्ने बाँण भएछन्
शब्द-बाँण भाँच्न आँशु यत्र तत्र छर्दैछु म ।।

तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )

(१)
फाटेको माया टालेर बसेँ ।
मायाको जग हालेर बसेँ ।
तिमीले खुसी लुटी लगेनी,
मनमा माया पालेर बसेँ ।

(२)
तिमी संग माया लाईहाले ।
नखानु कसम नि खाईहाले ।
सुटुक्कै तिमीलाई थाहै नदिई
तिम्रो मनमा नि छाईहाले ।

(३)
एक्लै स्वर्ग तर के भो ।
भर पराईकै परे के भो ।
एकदिन छोडी जान्छु भन्थेऊ,
अब अन्तै सरे के भो ।…………दर्पण

तीन मुक्तक(फाटेको माया,तिमी संग,एक्लै स्वर्ग )

(१)
फाटेको माया टालेर बसेँ ।
मायाको जग हालेर बसेँ ।
तिमीले खुसी लुटी लगेनी,
मनमा माया पालेर बसेँ ।

(२)
तिमी संग माया लाईहाले ।
नखानु कसम नि खाईहाले ।
सुटुक्कै तिमीलाई थाहै नदिई
तिम्रो मनमा नि छाईहाले ।

(३)
एक्लै स्वर्ग तरे के भो ।
भर पराईकै परे के भो ।
एकदिन छोडी जान्छु भन्थेऊ,
अब अन्तै सरे के भो ।……दर्पण

तिमीलाई देखेर अब कति मान्नु हर्ष

  • by

१) तिमीलाई देखेर अब कति मान्नु हर्ष
तिमी आयौ भनेर मैले कति गर्नु खर्च
तिमीले प्रगतिको हुरी त कैले ल्याएनौ
केवल पात्रोमा मात्र पो छाएछौ नयाँ बर्ष !

तीन मुक्तक (माया लाउँदा, खुकुरीको धारमा, उकाली छोडी)

(१)
माया लाउँदा खालमा जस्तै दाऊ लाग्नु पर्दैन ।
मुटु दुख्दा बहिरी कुनै घाऊ लाग्नु पर्दैन ।
खोजी साहारा जाँदैछौ टाढा पराई गराई,
रुवाई मन मेरो तिमीले भो पाऊ लाग्नु पर्दैन ।

दुई मुक्तक

  • by

(१)
छ सय एकलाई संविधानसभा मोज हुन थाल्यो ।
भष्टचार त यिनका लागि पोज हुन थाल्यो ।
महंगीले दिनानु दिन जनताको डाड सेकिदा समेत,
राष्ट्रिय धन त यिनका लागि भोज हुन थाल्यो ।

(२)
गर्मी हुँदा पिई हाल्ने कोक होईन माया ।
रीस उठ्दा देखाई हाल्ने झोक होईन माया ।
उमेर बढ्यो, जवानी लाग्यो वैंशको प्यास मेटाउन,
जुन बेला पायो त्यही बेला खाने भोक होईन माया ।

SantoshTimalsina

भावनाको एक टुक्रा

  • by

मन भित्र बास दिएँ, थाहा छैन किन दिएँ
मुटु त मसँग नि थियो थाहा छैन किन लिएँ
विश्वास गरी माया उनको अमृत मानी विष पिएँ
कष्ट त आखिर मलाई भयो थाहा छैन किन पिएँ ।

तीन मुक्तक (आँखा सन्काई, मन चोरी, माग्न तिम्रो)

आँखा सन्काई उनको नजिक गा’छैन ।
नजरले हेरेँ बल्ल माया ला’छैन ।
दोबाटो देख्दा उनलाई मन त्यतै गा’को थियो,
आजकाल कहीँ कतै फेरि भेट भा’छैन ।

विश्वास

विश्वास नगर्नेलाई विश्वास दिलाउँ कसरी
विश्वासै विश्वासको परिधिमा अडिएको यस पृथ्वी
पृथ्वीवासीलाई विश्वास दिलाउँ कसरी
झुठो वोल्दीन साँचो वोल्छु भनी विश्वास दिलाउँकी
सारा देवी देवता भाकेर विश्वास दिलाउँ
थाहा छैन मलाई विश्वास दिलाउँ कसरी
विश्वासघात गर्यो भन्छन देख्ने सुन्नेले
आखिर कसले सिकाउने विश्वास दिलाउँ कसरी

सम्झौता

यो मुटुमा माया तिम्रो पोख्न सक्छौ भने
हासो दिइ आँसुहरू रोक्न सक्छौ भने
मुटुको घडेरी नै सटी सटी लिउला
जिम्मेवारी आधा आधा बोक्न सक्छौ भने

अरुण पौडेल

मुक्तक

१,

सपनालाई पुरेर म अब बिपना जिउन चाहन्छु।
बिगतलाई तुरेर म अब भबिष्य पिउन चाहन्छु ।
जति जे भो भैगयो, घाउ चर्कि रहन्छ हरपल,
अब खुशी चुरेर म एउटा माला सिउन चाहन्छु ।

२,

मैले मनमुटुले तिम्रो माया साटेकोथें।
तिम्रो पर्खाईमा एउटा युग काटेकोथें।
दु:खको खाडलमा गाडेरै गएनी निठुरी,
तिमीलाई खुशीले बाँध्ने डोरी बाटेकोथें।

बिजे “बिद्रोही”
ठुलोदुम्मा-९, भोजपुर।
हाल : इजरेल

मुक्तक

१,

सपनालाई पुरेर म अब बिपना जिउन चाहन्छु।
बिगतलाई तुरेर म अब भबिष्य पिउन चाहन्छु ।
जति जे भो भैगयो, घाउ चर्कि रहन्छ हरपल,
अब खुशी चुरेर म एउटा माला सिउन चाहन्छु ।

२,

मैले मनमुटुले तिम्रो माया साटेकोथें।
तिम्रो पर्खाईमा एउटा युग काटेकोथें।
दु:खको खाडलमा गाडेरै गएनी निठुरी,
तिमीलाई खुशीले बाँध्ने डोरी बाटेकोथें।

बिजे “बिद्रोही”
ठुलोदुम्मा-९, भोजपुर।
हाल : इजरेल