Skip to content

मुक्तक

दुई मुक्तक (दिन्छु, दिनु)

  • by

एक)
झर्नै परे आँखाबाट बरु झरी दिन्छु
तर मायाँ तिमीलाई मुटुभरि दिन्छु
किन खोज्छौ घर जग्ग पेन्सन्पट्टा भन ?
जिन्दगी नै तिम्रो नाम सारी गरी दिन्छु

पालो आयो

तीन चार गोली निलेका निडर छातीको पालो आयो अब
महिला, दलित, गरिब र जनजातिको पालो आयो अब
कति हेर्ने बूढाहरूका दाह्री, जुँगा फुलेका ती अनुहार,
बाजेहरू, बाटो लागे हुन्छ छोरा नातीको पालो आयो अब

म सँग प्रेम

म सँग प्रेम गरेर तिमीले त नोट पाइनौ होला
घृणा गर्छु भन्नलाई देखाउने खोट पाइनौ होला
आखिरमा छोड्न समेत तयार भयौ तिमी मलाई
फूलको बास्ना थाहा पायौ काँडको चोट पाइनौ होला

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

सात मुक्तकहरू

  • by

कस्तो सपना गरीब दु:खी ठुला-ठाला सबै रोएको देखेँ
उजाड वन पाखा अनि खोला नाला सबै रोएको देखेँ
ऐठन लाग्यो धेरै पटक गए राति सपनीमा
धान मकै फापर अनि कोदोको बाला सबै रोएको देखेँ ।

दुई मुक्तक (तिमीलाई, भएँ)

  • by

(१)
अन्तिम सासले, खोजिरह्यो तिमीलाई
मर्ने बेला उस्ले, सोधिरह्यो तिमीलाई
बतासले फूल, झारे पनि हाँगाबाट
सुवाशले सधैँ, रोजिरह्यो तिमीलाई

चार मुक्तक (एकदिन पराई,प्रित हाम्रो,तिम्रै नजिक,सुन चाँदी)

(१)
तिमीलाई माया गर्ने मान्छे एक दिन पराई हुनेछ ।
हेरी बस्छु बाटो तिम्रै घरमा रुवाई हुनेछ ।
मैले ला’को प्रीत सम्झी मर्ने बेला आऊ है तिमी,
जिन्दगीको अन्तिम क्षण नि तिम्रै कुराई हुनेछ ।

मुक्तक

नशालु तिम्रो नयनले केही भन्न खोज्दै छ
सुम्सुमाउदै हातले धड्कन गन्न खोज्दै छ
कामेका ती अधरले कस्तो रसपान गरायौ
भिजेर सारा सरीर भित्रभित्रै बल्न खोज्दै छ

समय

साँझलाई टेकी अघि बढ़्छ अँध्यारो
मध्यरातमा सर्वव्यापी हुन्छ अँध्यारो
तर, समयको चक्र एवम् अविरलता
बिहानीपख बिलुप्त हुन्छ अँध्यारो

गेजिँग
पश्चिम सिक्किम, भारत ।

नेपाल आमा

तेत्तीस कोटी देवताको बास छ मभित्र
देवताभन्दा धेरै ज्यूँदा लाश छ मभित्र
हिमाल बेच्यौ, नदी बेच्यौ, मेरो अस्मिता आँशु बेच्यौ
बेच्न बाँकी घिटीघिटी सास छ मभित्र ।

जनता

हातमा ठेला,निधारमा ऋणका पोका जनता
सधैँ नाङ्गा सधैँ सधैँ भोका जनता
छिमेकीको घाँसपातमा उफ्रन्छन् बाख्री नेताज्यू
तिनै पछिपछि लाग्छन् बोका जनता।

Anshumali

लेख्छौ भने

लेख्छौ भने भोकानाङ्गा गल्लीहरूको कथा लेख।
गल्लीभित्रका रुवाई र बिचल्लीहरूको कथा लेख।
ए कविज्यू, भोक, रोग, शोकका लागि यौवन बेच्ने
सुकुम्वासी टोलका ती डल्लीहरूको कथा लेख।

तीन मुक्तकरू (भयौ, सकिन, मीठो)

  • by

(१)
टाउकोमाथि कुल्चिँदा नि सहिरहेँ डाँस झैं भयौ
अत्याचारमा मौलाएर मलसाप्राको घाँस झैं भयौ
जे गरे नि हुन्छ भन्दै साँढे बनी डुक्री हिंड्दा
आकासिएको टुप्पो तान्दा पड्किएको बाँस झैं भयौ ।।

खाते

सँगै खेल्ने साथीभाइले बाते भन्छन् मलाई
धनीहरुले देखे भने खाते भन्छन् मलाई
ठूलाबडाले फालेको फोहोर खाई बाँच्छु
राम्रोसँग एक पेट खाइन भाते भन्छन् मलाई

तीन मुक्तक (बिन्ती आऊ भन्दिन्, नहुनु है सानु, तिम्रो मन रोक्का )

(१)
भित्र भित्रै जल्छु बरु बिन्ती आऊ भन्दिन् ।
तिमी बिना एक्लो भएँ माया लाऊ भन्दिन् ।
पिडा बोकाई मन भित्र मुटु जलाई तिम्रो,
देवी देउता भाकी कसम खाऊ भन्दिन् ।

अचेल (मुक्तक)

आफन्त र पराइ, उस्तै लाग्न थाले अचेल
आफ्नै ठानेका पनि, देखेर भाग्न थाले अचेल
खै कस्को बिश्वास गर्ने यहाँ, सबै उस्तै भएपछि
दुख पर्दा खेरी यहाँ, शत्रु पनि जाग्न थाले अचेल

तिमी थियौ र त आए

तिमी थियौ र त आए नि तिम्रो गाउँमा
मुटु दियौ र माया लाए नि तिम्रो गाउँमा
आहा त्यो रुप्, छटा अनि अधर्ले बोलायौ
र त पिरती बिसाउन पाए नि तिम्रो गाउँमा