मन पर्ने मान्छे लेनै दाइ भने पछी
प्रस्तप राख्दा खेरी नै भने पछी
जली रहेको मुटु देख्दा दएख्दै
झन जलाउन सलाई भने पछी
nrd.dev@gmail.com
नवराज देवकोटा “बहर”
१)
पूर्ण आकर पाउनु अघि गर्भ भित्रै मर्छे छोरी
विना दोषै समाजको तिरस्कारले झर्छे छोरी
अँठ्याई घाँटी पुरुषत्व लिन्छ मुठ्ठी स्वास अनि
मृत्युपछि पनि बद्नामीको तक्मा भिर्छे छोरी
मुटु भरी माया प्रीत कस्दै छिन रे उनी
मेरा लागी तीजको व्रत बस्दै छिन रे उनी
सौभाग्यलाई पुज्दैछिन रे दिलको ढोका उघारेर
मेरो मन मन्दिर भित्र पस्दै छिन रे उनी
मेरा लागी तीजको व्रत बस्दै छिन रे उनी
(१)
मायाको मोल हुने भए तराजुमा जोखिदिन्थे
बेहोशीमा तरल हुँदै नयनबाट पोखिदिन्थे
समयको गतिसङ्गै छायाजस्तै बिते जीवन
उन्कुक्तभै सक्ने भए मृत्युलाई रोकिदिन्थे ।
बा-आमा त्यागी आएँ सानैमा तिमी नै सर्वस्व ठानेकी थिएँ
बुहार्तन हप्की खेपेर पनि आदर र सत्कारले मानेकी थिएँ
के कमी भयो र? छेड्यौ यो मुटु बाँचेमा जीवनको अन्तिमैसम्म
राख्नेथेँ शीर पाउमा तिम्रो बुहारी धर्म त जानेकी थिएँ ।।
काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी
बोल्न पनि पो डर लाग्छ घात घातमा तिमी
जताततै दिनमा रातमा आकशको जूनमा देखें
फूलमा मात्रै होइन हाँगा र पात पातमा तिमी
१)
फूल भन्छ चुम्न आउ, काँडा भन्छ परै बस,
फूलको बिस्वाश हुन्न अरे, सुन्दरदेखि डरै बस
कस्को कुरा सुनौँ प्रभु फूल देखिसि मन मान्दैन
हाँस्दै काँडा भन्छ अझ्, ठिक छ नि त करै बस
(१)
बारम्बार किन हान्छौ वचनको त्यो तीरले मलाई ।
बरु रोप सक्छौ भने तिमी तातो झिरले मलाई ।
पलपल आजकाल तिम्रो यादमा तड्पी बाँच्चि राछु,
एकै पटक मर्छु बरु किन मार्छौं पिरले मलाई ।