Skip to content

मुक्तक

मन पर्ने मान्छे ले

मन पर्ने मान्छे लेनै दाइ भने पछी
प्रस्तप राख्दा खेरी नै भने पछी
जली रहेको मुटु देख्दा दएख्दै
झन जलाउन सलाई भने पछी
nrd.dev@gmail.com
नवराज देवकोटा “बहर”

तीन मुक्तक (रुवाएर कैले तिम्लाई, पानी रैछ जिन्दगी, तिम्लाई लिन )

(१)
रुवाएर कैले तिम्लाई हाँस्नु नपरोस ।
दुखाएर मुटु तिम्रो बाँच्नु नपरोस ।
तिम्रा भागका दुःख पीडा मैं सहुँला
दुःख संग नाता तिम्ले गाँस्नु नपरोस ।

सिक्दैछु

छोएर तिम्रो तस्बिर रुनलाई सिक्दैछु
ख्यालठट्टा होईन गम्भिर हुनलाई सिक्दैछु ।

तिमी पो उढ्छ्योउ चरी झै, घरी एता र उता
धर्तीबाटै आकाश छुनलाई सिक्दैछु । ।

(8:48 Am 2012-10-13)

रुवाई (अचेल जिएँ लाग्छ)

बिगतभन्दा हाँसेकी छु अचेल
वर्तमानसँग साईनो गाँसेकी छु अचेल
अलच्छिनी भन्छन तर बाध्यताले
पोथी भए पनि बासेकी छु अचेल ।

कहिले आँसु पिएर जिएँ
कहिले व्यथा लिएर जिएँ
झिनो आशा पालेर भएपनि
धातु झै खिएर जिएँ ।

जीन्दगी

आइ. टी. पढेर पनि, अष्पष्ट छ जीन्दगी
जागिर गरेर पनि, दु:खकष्ट छ जीन्दगी ।
कोही बुझेर त कोही, बुझ्नै नसकेर
लाग्नेहरुको यहाँ, छरपष्ट छ जीन्दगी ।।

दुई मुक्तक (मर्छे छोरी, टीका लाग्छ)

  • by

१)
पूर्ण आकर पाउनु अघि गर्भ भित्रै मर्छे छोरी
विना दोषै समाजको तिरस्कारले झर्छे छोरी
अँठ्याई घाँटी पुरुषत्व लिन्छ मुठ्ठी स्वास अनि
मृत्युपछि पनि बद्नामीको तक्मा भिर्छे छोरी

दुई मुक्तक (मन लाग्छ, मर्दो रै’छ)

  • by


डालीबाट सुक्या पात झैँ झर्न मन लाग्छ
कुवाएर यत्र तत्र देहा छर्न मन लाग्छ
अर्थहिन जीवन निभ्छ मेरो माटो हाँस्छ भने
साँच्चै आजकल अहिल्यै मर्न मन लाग्छ

तीन मुक्तक (कहिले काँही भड्कने, नियतिले आज जीवन, मुटुभित्र पोल्छ माया)

(१)
कहिले काँही भड्कने नि मुटु एउटै ।
प्रीत लाउने धड्कने नि मुटु एउटै ।
अतित्तका घाउहरू बल्झिआउँदा,
चस्स गर्दै चड्कने नि मुटु एउटै ।

तीन रुवाई (सोच्छौ भने, झुट नसम्झ, खराब हुदैन)

(१) अदुवालाई हल्दी सोच्छौ भने
स्वाभिमानलाई चल्ती सोच्छौ भने
खै के कुरा गरौ अब म
मेरो प्रत्येक कुरा गल्ती सोच्छौ भने ।

मेरा लागी तीजको व्रत

  • by

मुटु भरी माया प्रीत कस्दै छिन रे उनी
मेरा लागी तीजको व्रत बस्दै छिन रे उनी
सौभाग्यलाई पुज्दैछिन रे दिलको ढोका उघारेर
मेरो मन मन्दिर भित्र पस्दै छिन रे उनी
मेरा लागी तीजको व्रत बस्दै छिन रे उनी

दुई मुक्तक (कोसँग रिसाऊँ, अरू चाँहिदैन)

(१)
तिमी नै भन त के म त्योसँग रिसाऊँ?
तिमीलाई चाहने जो-जोसँग रिसाऊँ !
सताउँछौ तिमी छौ र पो त आफ्नो भन्ने
तिमीसँग नरिसाए, कोसँग रिसाऊँ ?

तीन मुक्तक (जोखिदिन्थे, मन छुने, जलाई दिनु)

  • by

(१)
मायाको मोल हुने भए तराजुमा जोखिदिन्थे
बेहोशीमा तरल हुँदै नयनबाट पोखिदिन्थे
समयको गतिसङ्गै छायाजस्तै बिते जीवन
उन्कुक्तभै सक्ने भए मृत्‍युलाई रोकिदिन्थे ।

UshaNeupane

तीन मुक्तकहरू (थिएँ, खुवाउँदैछ, भएँ रे)

बा-आमा त्यागी आएँ सानैमा तिमी नै सर्वस्व ठानेकी थिएँ
बुहार्तन हप्की खेपेर पनि आदर र सत्कारले मानेकी थिएँ
के कमी भयो र? छेड्यौ यो मुटु बाँचेमा जीवनको अन्तिमैसम्म
राख्नेथेँ शीर पाउमा तिम्रो बुहारी धर्म त जानेकी थिएँ ।।

काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी

-१-

काँडा रैछ्यौ चस्स घोच्ने बात बातमा तिमी
बोल्न पनि पो डर लाग्छ घात घातमा तिमी
जताततै दिनमा रातमा आकशको जूनमा देखें
फूलमा मात्रै होइन हाँगा र पात पातमा तिमी

दुई मुक्तक (परै बस, धस्दिन म)

  • by

१)
फूल भन्छ चुम्न आउ, काँडा भन्छ परै बस,
फूलको बिस्वाश हुन्न अरे, सुन्दरदेखि डरै बस
कस्को कुरा सुनौँ प्रभु फूल देखिसि मन मान्दैन
हाँस्दै काँडा भन्छ अझ्, ठिक छ नि त करै बस

पल पल मरे पनि

पल पल मरे पनि जिँउछु सके जति
यस्तो लाग्छ काल रात्रीमा पिँउछु सके जति
भो तिमी समीप नआउ व्यर्थै आँशु झर्छन् मेरा
बरु एक्लै फाटेको मन सिँउछु सके जति ।।

तीन मुक्तक (वचनको त्यो तिरले मलाई, तिम्रो घरको बाटो, पिउँदै नपीई तिमीलाई)

(१)
बारम्बार किन हान्छौ वचनको त्यो तीरले मलाई ।
बरु रोप सक्छौ भने तिमी तातो झिरले मलाई ।
पलपल आजकाल तिम्रो यादमा तड्पी बाँच्चि राछु,
एकै पटक मर्छु बरु किन मार्छौं पिरले मलाई ।

तीन मुक्तकहरू (लेराईदे, हुन सक्छ, मान्छेहरू)

  • by


हराएको मूल्यवान त्यो भेष लेराईदे
लौ न चरी प्रियतमको सन्देश लेराईदे
नयनहरू विछ्याएर पर्खिबस्छे आमा
भेटाउन तिन्को छोरा घरदेश लेराईदे