Skip to content

कथा

अब अर्को चुनाब नआओस्

हो रहेछ दाइ, त्यसैले म चाहिं यो पाली चुनाबमा तटस्थ बस्छु ।’ नबुङहाङको कुरा सुनेर पिईराखेको चियाको गिलास उठाउँदै बागेमान बोले, ‘होइन किन नि? कसरी थाहा भयो? यो पाली त हाम्रै दाइलाई उठाउने हो जिताउनलाई त हामी चुप लागेर हुन्छ र?’ तानेको एक सुरुप चियामा हावा मात्र आएकोले नबुङले गिलास हेरे, चिया सिद्धिसकेको रहेछ । क्याफेको साहुनीलाई चिया थप्ने ईशारा दिदैं नबुङ बोले, ‘अस्ति विद्यार्थी संगठनको चुनाबमा हुनुसम्म भयो नि, समुदायको केही हित गर्न सकिन्छ कि भनेर सचिव पदमा वसेको सुर्वा कल्याणकारी समाज पनि चुनाबमा यो पार्टी र त्यो पार्टी भन्ने हुँदा विग्रिराखेको छ । फूटाऊ र शासन गर भन्ने भनाई कतै सुनेको थिएँ, ठ्याक्कै त्यस्तै भयो । प्रत्येक पार्टीले हाम्रो समुदायको कोही न कोही अगाडि बढाएकै हुँदो रहेछ । पार्टीले गर्दा यो पाली जाति पनि ती टुक्रा भयो ।’

स्वच्छ पार्टीकाे सभा

यस पालिका चुनाबका स्वच्छ पार्टीकाे अहम प्रदर्शनका लागि पार्टीका अफिसमा मिटिङ्ग चलिरहेको थियो । याे चुनाबमा कसरी सबैको भन्दा राम्रो परिणाम पाउन सकिन्छ भन्नेमा सबैको धारणा आयो । साइकल मोटर साइकल र्याली गर्ने पनि सर्वसम्मत निर्णय भयो । सीमानाकाे ठाउँ परेकाले सीमानापारिका पनि सकेसम्म माेटर साइकल साइकल र मान्छेहरू पनि र्यालीमा मगाउने उपाय हुने भाे । सभा भव्य हुनु पर्ने सर्तमा कार्यकर्तालाइ खानपिउनमा लाग्ने सबै खर्चको र भन्डारकाे बन्दाेबस्त साम्सदज्यूले गर्नुहुने भो ।

स्वच्छ पार्टीकाे सभा

यस पालिका चुनाबका स्वच्छ पार्टीकाे अहम प्रदर्शनका लागि पार्टीका अफिसमा मिटिङ्ग चलिरहेको थियो । याे चुनाबमा कसरी सबैको भन्दा राम्रो परिणाम पाउन सकिन्छ भन्नेमा सबैको धारणा आयो । साइकल मोटर साइकल र्याली गर्ने पनि सर्वसम्मत निर्णय भयो । सीमानाकाे ठाउँ परेकाले सीमानापारिका पनि सकेसम्म माेटर साइकल साइकल र मान्छेहरू पनि र्यालीमा मगाउने उपाय हुने भाे । सभा भव्य हुनु पर्ने सर्तमा कार्यकर्तालाइ खानपिउनमा लाग्ने सबै खर्चको र भन्डारकाे बन्दाेबस्त साम्सदज्यूले गर्नुहुने भो ।

आहारा

‘ठूलाठूला देवीदेवता, ठूलाठूला भवन, राम्रो लवाइखुवाइ, राम्रो उन्नति, प्रगति गर्न सकिने र आफूले चाहेजस्तो काम पाउने भनेकै राजधानीमा हो ।’ गाउँमा सबैजसोबाट सधैँजसो यस्तै कुरा सुन्दै आएकाले बिर्खेले पनि आखिरमा काठमाडौँको बाटो ततायो ।

सुनेजस्तै गरी सबै कुरा भोग्न कहाँ पाइन्छ र ? काठमाडौँमा बिर्खेका कोही आफन्त थिएनन् । राजधानीमा उत्रेकै साँझ ऊ बास खोज्दै कुनै होटलमा पुग्यो । उसको गोजीले भने होटलको एक रात पनि नटर्ने देखियो । त्यसैले उसले फुटपाथको शरण लियो ।

समयको प्रहार

भरखरै क्याम्पसको पढाइ सिध्याएकोमा उसमा केही गर्ने जोस उम्लेको छ ।

एउटा अफिसमा काम पनि पायो उसले। अफिसमा काम गर्ने तौर-तरिका भन्ने उही पुरानै ढर्राको देख्छ – सेवा गर्ने कसैमा खासै उत्साह देखिंदैन् ।

“आफूले त सेवा भावले काम गरिएला, एक जनाले काम गरेर साध्य हुने कुरा पनि रहेन -अफिसको काम ।” अनि ऊ पनि पानीको बहावसँगै प्रवाहित हुन थाल्छ ।

कार्यक्रम (लघुकथा)

महानगरकै एक ठूलो तारे होटेलको सभाहल सहभागीहरूद्वारा खचाखच भरिएको थियो।
सभाहलको तामझाम निकै उत्कृष्ट थियो, बिदेशी सजावटका सामान, ध्वनी संयोजन देखि लिएर वातानुकुलनका सम्पूर्ण व्यवस्था ठीकठाक दुरूस्त भए नभएको रेखदेख गर्ने सहयोगी हरू तत्पर तथा तम्तयार देखिन्थे।

20170820_DeepaDhital-Letter

चिहानपारिको पत्र

नौ महिनासम्म मलाई गर्भमा राखेर आफूले आधा मलाई आधा खुवाएर जन्म दिने मेरी ममताकी आमा । मेरो जीवनको डायरी कोर्दै हिडेका मेरा बाबा, म यहाँ कुशल छु कुशलताको कामना गर्दछु । आज केही समयको अन्तरालपछि समयको झोलीबाट सुटुक्क चोरेर तपाईहरुकै सम्झनाका कोशेलीहरू यो चिहानपारिको बस्तीबाट हजुरहरुलाई नै पठाउँदैछु सायद अचम्म मान्दै हुनुहुन्छ होला । यो पत्र कुनै वियोगान्तको हुने छैन, मात्र हजुरहरुको सम्झनाको ।

तस्बीरःनरेन्द्र श्रेष्ठ

हरे कृष्ण, जय शम्भो

एक दिन मत्र्यलोकमा मासको पाँचौं सोमवार र कृष्णका जन्माष्टमी उही दिन २०७४ साउन ३०मा परेछन्, मानिसहरुको कोलाहल कान्तिपुरी नगरीमा देखेर यी दुवै इष्टदेव भलाकुसारी गर्न थाले ।

हे देवका पनि देव, भोलेबाबा तिमीलाई त आज महिनाको पाँचौं सोमबार भएर मान्नेहरुको लावालस्कर बाहिर चक्रपथसम्म पुग्यो नि ?

घैलाधर

दश वर्ष अघिको कामरेड अग्निधर ! विपुल क्रान्तिको अभियन्ता !

वर्गवैरीको मुटुको शूल । वितराजनको हृदयको फूल !

सो बखत गाउँका छितकी पातकी, कोदेशाहु, कामचोर मास्टर, चर्को व्याजमा पैशा लगानी गरी व्याज खाने सूदखोर, दुइटी तीनवटी स्वास्नी बटुल्ने कामी पुरुष ऊदेखि थरहरि हुन्थे । समाजमा विकृति विसंगति जन्माउने, गरीव निमुखालाई शोषण दमन गर्ने त्यस्ता पात्रपात्रीलाई नम्वर कुँदिएका थरिथरिका भाटाले डाम्ने गर्थ्यो ।

नारी स्वतन्त्रता

शिक्षिका राधिका पल्लोगाऊँको प्रशासकीय अधिकृत, रमेशसँग विवाह भएपछि राधाम्याम कहलाइन् तर श्रीमान कर, भन्सार, मालपोत, आन्तरिक राजश्वजस्ता कमाऊ अड्डामा जागिरे भै शहरमा वंगला, गाडीसहित कुश्त कमाए पछि शिक्षिकाबाट राजीनामा दिएर राधिका गाऊँदेखी शहरका महिला समूह, जमघट, ढिकुटी, जुवातास, सेकुवा, रक्सीसित भोजहरुमा सरिक हुँदै गइन् ; कारण पैसाको खोलो वगाउन सक्ने हैसियत देखिन्थ्यो । यो हैसियत बढेर उनी सरकारी सचिवको अर्धाङ्गिनी, एयरलायन्स तथा हाईड्रोपावरकी हिस्सेदार र उद्योगपतिसम्म बन्न पुगिन् ।

राष्ट्रियता (लघुकथा)

राष्ट्रियता उसको नशा-नशामा रगत बनेर दौडिरहेथ्यो।

देशकै एक प्रतिष्ठित नेताको नजिकको आफन्तको रूपमा उसकै प्रत्यक्ष निगरानीमा ऊ हुर्केको थियो। अझ भनौँ राष्ट्रियताको मामिलामा ऊ साना ठूला सबैलाई सम्झाउन समेत भ्याउँथ्यो।

जात्रा

जात्रामै त भेटिएकी हो ऊ ! जीवन पनि जात्रा नै त हो ।

मानिसहरू आफ्नो चरित्र छोपेर सधैँ झुटो आवरणमै त हिँडेका छन् यहाँ । तर खै आज मुकुटहरू नाँच्दामात्र चाहिं किन जात्रा भो ! अचम्म छ यहाँ… झुटको खेतीलाई कसैले जात्रा भन्दैनन् । तर व्यङ्यको नाम दिएर वास्तविकता दर्शाउदा चाहिं दुनियाले रमाइलो मानी मानी ताली पिट्छन् ।

न्याय (लघुकथा)

न्याय पाउँ महाशय।” रणे सभामा भन्दै थियो।

“ल भन रणे तँलाई के अन्याय पऱ्यो?” सभानाइके ले रणेसँग सोध्यो।

“ल के कसो भएको हो सभामा भन।” नाइकेले दिपे तर्फ फर्केर खै गऱ्यो।

एकदिन पक्कै सुदिन फर्किन्छ

टोक्योको ब्यस्त सडक, प्रचण्ड गर्मी, सडकदेखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, बाहिर मानिसहरू खारे-नान् (नान् र करी) खान लाइन लगाइरहेका छन् । जापानीहरुको बानी सानो कुरामा पनि ठ्याक्क लाइनमा बस्ने र पालो कुर्ने हुन्छ । काम गर्नेहरुले पनि कसैलाई पनि भेदभाव नगरी समानताका आधारमा सेवा उपलब्ध गराउने चलन छ । नातावाद र कृपावाद यहाँ चल्दैन । सबै बरावर भन्ने यहाँको मूख्य सोचाइ देखिन्छ । चन्द्रे र दले कुक किचनमा व्यस्त छन् भने साहु वेटर गर्दछन हलमा । चन्द्रेले करी बनाउँछ भने दलेले तन्दुरी हेर्छ । उनीहरुलाई भ्याइनभ्याइछ, रस्साकस्सी छ त्यहाँ ।

छोरो (सूत्र-कथा)

– चार पाँच छोरी जन्मिंदा पनि खुशी हुन नसकेका बा आमा छोरा जन्मिदा निकै खुशी हुन्छन् संसार नै जिते जस्तै विजय उत्सव मनाउँछ अविर जात्रा गर्छन् ।

– छोरो हुर्किदै जान्छ, बुझ्ने हुन्छ र आफ्नो अधिकार बा आमासँग खोज्न थाल्छ ।

– छोरालाई बा आमासँगको बसाई अपुरो लाग्छ र बिहे गर्छ ।

मन्त्रीपद (लघुकथा)

“नारायण! नारायण!!” काँधमा धारण गरेको जन्यौ कानमा सिउरेर शौचको लागि अघि बढ्दै गरिरहनुभएको परमपिता ब्रह्माजी देवर्षि नारदको आवाज सुनेर टक्क अडिनुभयो।

“के समाचार ल्यायौ पुत्र नारद? छिटो भन।” ब्रह्माजीले प्रश्न गर्नुभयो।

एकै बेथाका दुई बिरामीहरु

जीवन नबुझी, जीवन नभोगी र जीवन नजानीकन जीवनको आधाभाग सकिएको बल्ल थाहा हुन थालेको थियो सवितालाई । अलिकति पछुतो पनि हुन थालेको थियो । कता कता उनको मनभित्रको सुकेको रुखमा चिउला नपलाइकन जीवन सकिएको अनुभव भइरहेको थियो ।

यस्तो अनुभवका साथ उनका भित्री हृदय शुष्क, निरस, कठोर र वेदनाशून्य भएको रहेछ भन्ने पनि बोध हुन थालेको थियो र उनले यसो आफ्नो विगततिर हेरिन् । वास्तवमा उनलाई जीवनको साँचो अर्थको जानकारी नै नभई जीवन यहाँसम्म आइपुगिएछ भन्ने लाग्यो ।

पहिरन (अनूदित लघुकथा)

एक पटकको कुरा हो सौन्दर्य र कुरुपता समुद्रको किनारमा भेट भए। अनि उनीहरूले एक अर्कालाई भने, “जाउँ समुद्रमा स्नान गरौ।”

त्यसपछि दुवै निर्बस्त्र भए र समुद्रमा पौडन शुरु गरे। केही बेर पछि कुरुपता पानीबाट बाहिरियो र सौन्दर्यको पहिरनमा सजिएर हिँड्दो भयो।