दुबईको अजमान शहरस्थित द फोर्स कम्पनीमा कार्यरत थिएँ । छ महिना भयो घरबाट आएको पनि हातमा एउटा नयाँ मोबाइल छैन । साथीहरूसँग सापटी गरेर घरमा पठाएको पैसा सबै साथीहरू दिएर सकें । आज तीन तारिक, तलब आएको दिन । हातमा नयाँ कटकटी नोट सत्रशय दिराम थियो ।

यति पैसा जम्मा गर्न मलाई तीन महिना पन्ध्र दिन लाग्थ्यो । आधुनिक जमानामा चलेको समयलाई टक्कर दिन मैले आफ्ना आकंक्षाहरू आइफोन किन्न थालेको थिएँ । सबै पैसा लिएर त्यही शहरको महलमा पुगे । महलभित्र चिसो बतासले एकचोटी घरतर्फ सोच्न पुर्याइदियो ।

बिहान पेट भरे पनि साझको खानाको टुंगो छैन् । एकवर्ष पुरानो इस्टकोट तल टालिएको सुरूवाल लगाएर अँझै पनी बुवा गाउँ डुल्नुहुन्छ । एकजोर कपडा छैन् । आमाको पनि साडीको कहानी छुट्टै छ । बहिनी पनि दशमा गई उसको टिउसन खर्च र फारम खर्च औधी छ । तिउनमा तेलको सट्टा पानी हालेर भुटन गराउनु जस्तै छ । खै कसरी किनु नयाँ फोन ? कि त यही पुरानो फोन चलाएर घरमा सबै पठाउ जस्तै लाग्यो ।

बुवाले गरेको दुख सम्झिएँ । मलाई पढाउन हलो जोत्नु भएको सम्झिएँ । दिन रात नभनी काम गरेको सम्झिएँ । आफ्ना खुशीहरू र रहर सबै परित्याग गरी म र मेरी सानी बहिनीको लागि बुवाले के के गर्नुभयो, म कसरी भुलुँ ? भलै दुनिया को समयको र मान्छेको टक्कर म कसरी गर्नसक्छु ? म यहाँ आउँदा पनि बुवाले जिउनी पाएको औंठी पाएको सम्झिए । सवाल आफ्नै थिए, तर उत्तर भने एक शब्द थिएनन् ।

आइफोनको सेन्टरमा टोलाइरहेको मलाई देखेर उही सेन्टरीकी महिला लेड अंग्रेजीमा सोधिन्, “Sir, can I help you ?”

उसको कुराबाट म झसंग भएँ । महिना दिनको लामो निद्राबाट ब्यूँझिएजस्तै भयो । मन गह्रुगो भयो । बहिनीले पनि अस्ति फोनमा “दाइ हेएर स्टेट्र गर्नुछ । साथीले झिंग्रिएको बाल देखेर गिज्जाउछन्” भनेर भनेको सम्झिएँ । र मेरा कम्पनीको केही साथीहरूले पनि मेरो नोकिया मोबाइलको पनि मजाक उँडाएको सम्झिएँ ।

मनमा अनेक कुरा खेल्न थाल्यो । यो समयसँग म कसरी चलुँ ? हिजो बुवाले हाम्रा खुशीको लागि धेरै खुशी त्याग्नुभयो । रातलाई रात र रातलाई दिन भन्नु भएन । हरेकको सपना हुन्छ आमा बुवा खुशी राख्ने मईले यो आकांक्षा मार्नुपर्छ । यदि फोन किने भने म छोरो भएको आफूले आफूलाई कसरी घोषित गरौ । न त आफ्ना प्रश्नका उत्तर थिएँ न त ती महिलाका ।

त्यहाँबाट आफ्ना रहरहरूलाई पन्छाउदै निस्किएँ ।

तीज, दशैं, तिहार जस्ता ठुला चाड पनि मुखमै आएको छ । यतिले सपना त पुरा हुदैन । तैपनि चिल्लो मसिनो, नून र भुटन भएको तिउन खालान् । आमाको साडी र बुवाको स्टकोट र नयाँ सुरूवाल त आउला अनि बहिनी हेएर पनि स्ट्रेट होला । जाबो आइफोन त के छ किनौला पछि पनि । फेरि किनेरै के नै हुने हो र ? यदि चोरी भयो भने ? हरायो भने के हुन्छ ? सकिन्छ नि मेरा रहर अनि सपनाहरू । अहिले यही चलेको छ नोकिया चल्दासम्म ठिकै छ नचले रित्तै बसौला । हिजो पनि त फोनबिना नै चलेको थियो नि !

सुप्पोमा चामल केलाए जसरी, मनमा धैरै कुरा खेलाए । मनलाई सहानुभूति दिदै बैङ्कभित्र छिरे ।

सेतो सिसापछाडि बैङ्कको कालोध्वाँसो मान्छे थियो । सायद कर्मचारी हुँदो हो, उसैनजिक गई भनें, “पैसा पठाउन छ नेपाल ।”

उसले फिस्स हाँस्दैँ हेर्यो मतिर ।

खै के देखेर हाँसेको थियो थाहा थिएन । मेरो पछाडि कुनै मान्छेहरू कोही थिएनन् । तैपनि हाँस्यो तर म केही बोलिन । गोजीको पर्सबाट सानो चिर्कटो निकालें । पैसा नभएको खाली एकाउन्ट थियो बुवाको । बुवाको एकाउन्टको चिर्कटो र पैसा दिए ।

केही छिन computer छेडछाडपछि उसले भन्यो,”हो गया ।”

दश दिराम छुट्टै माग्यो, मैले गोजीवाट झिकेर दिएँ ।

“सर आज जागया ना पैसै ?” भनेर हिन्दीमै सोधें ।

उसले पनि आँखाँ तर्काउदै भन्यो,”हाँ गया घरपे फोन करके पुछो ।”

टर्रो बोलीमा भन्यो साला पाकी रछ, हिन्दी पनि किलिएर छैन भन्दै ।

पैसा पठाए बुवा भनेर कसरी भनुँ घरमा ? ब्यालेन्स पनि छैन मोवाईलमा र भनुला भन्दै मनमनै कुरा खेलाउदै । कोठातिर लागें ।

थकानले र ३५ डिग्री गर्मीले लतखत परेको शरिर कोठामा पुग्ना साथ, भुसुक्कै निदाएछु । सपनामा बुवालाई देखे बुवाले स्टकोट लगाएर गाउमा शानसँग मख्क पर्दै हिडेको देखे सबैलाई सम्झिए ।

एक्कासि नोकिया फोनको रिङटोनले निद र तितामिठा सपना भङ्ग गरिदियो । आँखाँ चिम्लिएका थिएँ । फोन उठाउने हिम्मत थिएन । करिब तीन घन्टी लामो बजेपछि साच्चिकै आँखा खुले । नयाँ नम्बर थियो नेपाली, उठाउन को हो ? किन होला जस्तै सवाल खेले मनमा तपैनी उठाएँ ।

मनिलो स्वर रून्चे बोलीमा अलिअलि चिनेको जस्तै आवज आयो । तर यही भनेर ठम्याउन सकिन । मैले सोधें,”हजुर को बोल्नुभएको ?”

“दादा म रितु बहिनी ।”

“अँ सानी के छ खबर ?”

मेरो कुरा सकिन नपाउदै भनी,”दादा बुवालाई मार्केटमा बाइकले ठक्कर दियो । ठक्कर दिने चालक पनि भागेछ । हस्पिटल लिएर आएका छौं । जबसम्म काउन्टरमा बिस हजार नेपाली जम्मा हुदैन तबसम्म इमरजेन्सी सेवा भर्ना गर्न नमिल्ने भनेको छ । आमाको तिलौरी राख्दा पनि डाक्टरले यो सुनवारको थलो होइन, सक्नुहुन्छ चाँडो पैसा जम्मा गर्नुस नाई त जे पनि हुन सक्छ भनेर भनेका छन् डाक्टरले । दादा म के गरुम केही सोच्न सकिन धन्न हजुरको नम्बर याद थियो । त्यसैले साथीको फोनबाट फोन गरेको ।”

म छाँगाबाट खस्न पुगे, मन धेरै पोल्यो बहिनीको कुराले । डाक्टर ती चालक सम्झेर रिस पनि उठयो र केही गर्न साथमा थिएन । बहिनीलाई सम्झाउदै भनें,”नआत्ती सानी पैसा राखिदिएको छु बुबाको एकाउन्टमा गएर झिक् र भर्ना गर् । अनि बुवा आमाको ख्याल गर् । म भोलि कल गर्छु ।”

फोन म आफैंले काटिदिएँ ।

मन बच्चा जस्तै थियो । रुन पो थालेछू । कोठामा कोही थिएन त्यसैले चिच्याएर रोएँ । धेरै रोएँ । एकछिन अगाडि सपनामा स्टकोट गाउँमा देखाउदै हिडेको बुवाको झलझली याद आयो । हेर आज आइफोन किनेको भए म कसरी बुवाको मुख देख्न पाउँथे र ? आफन्त त केबल नामको मात्र आफन्त छन् । दुख पर्दा परपर भाग्छन । यस्तै हो दुखी कर्म, भाग्यलाई दोष दिए आफ्नो आइफोन किन्ने आकांक्षालाई धिक्कारे ।

धन्य भगवान् भन्दै भगवानलाई सम्झिदै बुबाको उपचार र चाडै निको होस भन्ने कामना राख्दै गह्रुगो मन बनाएर डिउटी गएँ । डिउटीमा पनि मन मरेको थियो, जाँगर लागेन ।

दुई दिनपछि घरमा फोन गरे फोन बुवाको हातमा थियो । बुबाको आवाज कानले सुन्न नपाउदै आँखा रुन थाले । बुबाले पनि चाल पाउनुभएछ । “म ठिकै त छु घरकाले त रोएर पुरा गरे अब तँ पनि रोई,” भन्नुभयो ।

“आँखाको रूने काम मनको दुख्ने काम के छेक्न सकिन्थ्यो र !” मैले बनावटी हाँस्दै भने ।

“केही भाको होइन । त्यसै यसो ढाड मड्किया मात्र रछ त्यसै यत्रो हल्ला,” भन्दै बुवा पनि रुन लाग्नुभयो । “धन्न त थिइस् र बँचे ।”

झन बिसाएका आँखा साउने झरी जस्तै बर्सिन लागे । “घरमा मुसा मरेको समाचार सुन्दा परदेशमा रहेको छोराको आँखामा आँशु आउँछन् भने तपाई जन्मदाता बुवा कसरी सम्हाल्नु मन् !” बुवालाई भने ।

दश दिरामको रिर्चाजले केबल पाचमिनेट मात्र कुरा हुन्थ्यो । फेरि फोन टुइट्-टुइट् आवज आउन थाल्यो । भनें,”बुवा फोन राखिदिन्छु, ख्याल गर्नुहोला ।”

बुवाले पनि आफ्नो पनि ख्याल राखेस भन्दै संस्कृतमा आर्शिवाद दिनु भयो ।

फोन काटिदिए र मनमा छुट्टै छोरो हुनुको गर्व छायो । फेरि रुन पुगें, बस् सानो बहाना त चाहिने आँखालाई रुन ।

समाप्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *