Skip to content

कथा

थप्पड रोग (बालकथा)

रोगको संसारमा अर्को एउटा नयाँ रोग थपियो– थप्पड रोग ।

एकादेशमा एउटा अत्यन्त फोहरैफोहरले भरिएको ठूलो सहर थियो । त्यस सहरमा मानिसहरू मात्रै थुप्रिएका थिएनन् ससाना परजीवीहरू पनि राम्रैसँग सहजाएर बसेका थिए । त्यस्ता परजीवीहरूमा झिँगा, लामखुट्टे, उडुस र उपियाँको संख्या धेरै थियो । गाईभैँसी पालेर दूधदही खाने संस्कार क्रमशः कम हुँदै गएको त्यस फोहर नगरीमा रहेका सबैखाले मानिसका घरघरमा कुकुर र बिरालाहरू पाल्ने संस्कृति बढोत्तरी हुँदै गएको थियो ।

कल्पना नयाँ नेपाल


नेपालको इतिहासमा दूर्भाग्यपूर्ण धेरै घटनाहरु भए, जस्तो कि भीमसेन थापाको रहस्मय पतन, मदन भण्डारी र जीवराज आश्रित अनि राजा बिरेन्द्रको हत्या।
तैपनि नेपालमा नँया संबिधान बन्यो २०७२ सालमा।
त्यसको ५ वर्ष पछि म नेपाल फर्किदा त म तिन छक परे। राजनीति अब कुनिती रहेन। सप्रिएछ नेतागणको विचार। नेपाल स्वर्ग भएछ। के चाही गरेछन यिनले यत्रो बिकाश र उपलब्धिको लागि।
१ रास्ट्रीय पहिचान
२ आपसी बिश्वाश र सफा राजनीति
३ शिक्षा, स्वाश्थ्य, कृषी, पर्यटन र यातायात विकाश

ठूलो कान्छी

ठूलो कान्छी बिजुवानी उत्रिने भयो। माइला यम्बाले निम्तो गरेका प्रायः सबै गाउँले भेला भए। आँगनको बीचमा याग्राङसिङ रोपिएको थियो।

धनको नशा

नैतिक, अनैतिक तरिकाले हुन्छ कि ढाटेर, लुटेर, चोरेर जे गरेर हुन्छ जीवनमा धन प्रसस्त कमाउनु पर्छ । धन नै हो समाजमा मान, ईज्जत, शान, शौकत, यएस आराम र मनलाई शीतलता दिने । आजको जमानामा सबैभन्दा ठूलो कुरा हो धन …. धन भए शिक्षाको पनि जरुरत पर्दैन भन्ने एक व्यक्तिको मान्यता थियो ।

पन्ध्रौँ तलाको अपार्टमेन्ट

राति त्यत्रो हल्लीखल्ली हुँदा पनि नब्यूँझिने सानूसँग उनी आजित थिइन् । उनको खाटमुनि भुसको बोराझैं अचेत रहेरै उसले रात गुजार्‍यो । मानौं उनले आफ्नो स्लिपिङ ट्याब्लेट उसैलाई खुवाएर रेशमी च्यादर सपक्क ओढाइदिएकी होउन् ।

आरक्षण

छोरो एसएलसीमा फेल भएकोमा आमाचाहि‌ विद्यालयमा बडो आक्रोशित भएर पुगिन् र हेडमास्टरसका साथ कड्केर बोलिन्- “किन मेरो छोरो फेल गर्नु भो ? सँगैका धेरै पास भए मेरै चाहि‌ किन फेल भएको ?”

हेडसरले बडो स‌यमित भएर भने- “ऊ अलिक कमजोर नै हो । ऊ जस्तै केही कमजोर नानीहरू अरु पनि फेल भएका छन् । यसैले होला । अब मेहनत गरेर पढ्छ घरबाट पनि मद्दत हुनु पर्छ । अनि पास हुन्छ । हामीले उसलाई पर्याप्त मद्दत गरेकै हो तर के भयो हामीले जान्नै सकेनौ । हुन त फेल हुनु र पास हुनुमा हामीहरूको हात हुँदैन पनि ।”

धामी र बोक्सी (लघुकथा)

धामी रएकजना धामी कुनै बिरामीलाई फुकफाक गर्न पल्लो गाउँ जाँदै थियो । अचानक उसले कोही कराइरहेको आवाज सुन्यो । सुनसान र जंगलको बाटो, आवाज आएकोतिर हेर्यो । त्यहाँ एकजना महिला लडिरहेकी थिइन । उनको शरीर भरि घाउ थियो । उनी पीडाले छटपटीइरहेकी थिइन् । उनको अवस्था मरणासन्न थियो । कोही मान्छे छेउमा आएको देखेर ती महिला सकी नसकी बोलिन्- “तपाई को हुनुहुन्छ ? मलाई बचाउनुस् ।”

मामीकी रानी

गर्मीको बेला दिउसो घर अघिको आँपको रुखमुनि खाना खाएर बसेका छन् लालानाथजी । दिउसोको धेरै समय यसै रुखको मुनि बस्छन् र समय बिताउँछन् । अगाडि बाटामा आवत जावत गर्नेहरूलाई कसै कसैलाई यसो हालचाल सोधपुछ गर्छन् । मन बहलाउँछन् ।आँपका रुखबाट एक दुइओटा पाकेका आँप झर्न थालेका छन् । अहिले आँपका पाकेका दुइओटा दाना हातमा लिएका छन् कुनै भुराभुरीआएछ भने दिने विचार गरेर बसेका छन् । विद्यालय छुट्टीको बेला ता होइन तैपनि एक बालिका सडकबाट आइरहेको उनका आँखामा परी र उनले- “आँप खाने हो बेटा ?” भन्दै बोलाए, बालिका आई उनका अघिल्तिर ।

भाषण

मन्त्री बन्नासाथ सबै विसयका ज्ञाता सम्झि हरेक सभामा मन्त्रीलाई निम्ता गरिन्छ । यस्तै एक विदेशबाट आयात गरिएको नयाँ नयाँ प्रविधिबारे चलेको गोष्टीमा मन्त्रीको नाताले मीनबहादुर मुख्य अतिथि भई गोष्टीमा पुगे । उनेले त्यहाँ जोडदार भाषण दिए । दर्शकहरूले ध्यानमग्न भई भाषण सुने र तरर जोडको ताली बजाए ।

प्रवृत्ति (लघुकथा)

– साले नेता । बेकारमा संगत गर्न आँटेछु है दाइ । काम भने पटक्कै छैन, खाली कुरा मात्र बाह्र मुरीको । काम भने पटक्कै छैन । भेटेँ भने मैले जान्या छु साले नेतालाई । म त यस्ता नेतालाई चाकडी साकडी गर्दिन ।

– हे भाइ ! साँच्चै डाँकै हो त्यो नेता । जताबाट पनि कमिशन, जताबाट पनि घोटाला । स्वीस बैङ्कमा टन्न पैसा । खरबौँको सम्पत्ति । यो देशको सबैभन्दा डाँका नेता नै त्यै हो ।

मेरो एउटा जिबन कथा,

मेरो एउटा जिबन कथा,, (१)
समय आफ्नै गतिमा चलिरहेको छमेरो रफ्तार मेरो जिन्दगीको तेहि समय को पछी पछि बेसुर अनि बेताल मा एककोहोरो चलिरहेको जस्तो लागिरहेछ ।म बेहोसमाछु यात होसमा के मा छु मलाई थाहा छैन याहा के मत्लब बेहोस अनि होसको यो स्वार्थी जिन्दगी ।मन भित्र गुम्सीयका तिता अनि सत्य यथार्थ हरु चलचित्र को पर्दा माझै एक पछी अर्को गर्दै मेरो मन को पर्दा मा एका एक आउछन् ।म थाम्न सक्दैन यो अत भुत सक्ती मेरो मनले नकार्न पनि सक्दैन । तेसैले भन्दै छु म मेरो एउटा जिबनको कथा,,

जेठी केटी

“खा न ! के हेर्दैछस् ? यो त नखाई नखाई हो के यस्तो सुकेको ! टन्न खानु, मजाले सुत्नु । किन लिने अनावश्यक तनाब ?”

“कहाँ मैले तनाब लिनु ? म त सोचिराको छु ।”

“खाने बेलामा नि किन सोच्ने त ? खा खुरुखुरु ।”

आमाको खुसी

कक्षामा सधैं पहिलो हुने छोराको मार्कसिट हेर्नासाथ आज गीतालाई सारै रिस उठेर आयो । छोराको मार्कसिटलाई लिएर उनी गनगनाउन थालिन्, ‘यसलाई यो बनाउँला र त्यो बनाउँला भन्ने मेरो मनमा कति कति इच्छा थिए, यसले मेरा सारा इच्छालाई पानीमा पार्ने भयो । यसको के होला गति हे दैव ! के गरेर यसले जिन्दगी बिताउला ? यसले कसरी गरी खाला ? कसरी जीवन निर्बाह गर्ला ? ‘

शत्रु

‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा तिनी आप्नो सिद्धान्तको विरूद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गएको रूपैयाँ आफू आउँदा झगडा बोकी ल्याउँछ । तर दुख परेको बखतमा ‘राजद्वारे श्माशाने च’ तिनी गाउँलेको सहायतामा प्रस्तुत रहन्थे । जनककुमारीको एक्लो छोरो मर्दा जनककुमारीको पीरभन्दा तिनको सान्त्वनाले त्यहाँ भएका मान्छेहरूको आँखामा आँसु ल्यायो । गाउँलेहरूमा झगडा पर्यो भने तिनी नै मध्यस्थ हुन्थे । तिनले गरेको फैसलाले कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो । आफ्नो घरबाट तिनी कम निस्कन्थे र निस्केको दिन कि त कसैकहाँ मृत्यु भएछ कि झगडा भएछ भनी ठान्नुपर्थ्यो; सडकमा सब जना अदबसँग तिनको अभिवादन गर्थे ।

सपना

झसङ्ग भई निद्राबाट विउझिएका एक मन्त्री महोदयले सिरानीमुनि राखेका फाईल र कलम फुत्त फ्याले । मानौ उनले भयानक सपना देखे । अनिसँगै निदाइरहेकी श्रीमतीलाई घचघचाउदै ब्यूँझाएर भने ‘ए बाबुकी आमा लौन मलाई गालामा ठयाम ठयाम हान त’ ।

अर्ध निद्रामा परेकी श्रीमती केही नबुझेर छक्क परेर हेरिरहिन । मन्त्रीले झर्किदै आफैले आफनो गालामा ठयाम ठयाम हाने । त्यसपछि मन्त्रीज्युले खुसीको लामो सास फेरे र भने ‘अहो कस्तो अनर्थको सपना देखेछु । साच्चिकै पो हो कि भनेर मेरो त हात खुट्टा पनि फत्रक्क गलिसक्यो’ ।

आन्दोलन-३ (लघुकथा)

सूर्योदयसँगै भीड सडकमा उभियो ।

सडक जाम भयो । साम्प्रदायिक सम्बन्ध खलबलिने नारा लाग्यो । भिन्न सम्प्रदायका लागि होटल-पसल बन्द भए । लघुकथा सडकमा आयो । सडक छाड्न चेतावनी दियो । उल्टै चर्का नारा सुनिए । शान्ति बेहोस भयो ।

ज्यालादारी

साधारण गाउँले अपठित किसानहरू अँझै पनि उनलाई बिरस्पति पन्चपर्धान भन्छन् तर उनको नाम बृहस्पति हो । पन्चपर्धानबाट बुझिन्छ उनी ऊ बेलाका प्रधान पञ्च थिए । पञ्चायतको पछिल्लो चरणमा उनी आफ्नो गापंमा निरन्तर पन्ध्रवर्ष प्रधानपन्च भएपछि उनी राजनीति फेरियो अनि उनी पनि फेरिएर अध्यक्ष भए गाविसका । देशको स्थानीय तहको चुनाब हुन छाडेपछि उनी गल्ला व्यापारमा लागेका थिए । पाँचै वर्षमा गल्लाव्यापार फस्टाएर उनी साहू बृहस्पति माजनका रुपमा रुपान्तरित भएका हुन् । हुनेको दैव पनि दाहिनो भनेझैं उनको व्यवसाय यति धेरै फैलियो कि केही कामदारहरूलाई रोजगारी नै दिएर राखे उनले । अब बूढो हुँदै गएपछि कति एक्लो दुःख गर्ने भनेर त्यो व्यवसाय छोरालाई जिम्मा लगाई उनले अर्को लाइन समात्ने विचार गरे ।