Skip to content

कथा

अतृप्त यौन इच्छा

नहुष भन्ने राजाका छ भाइ छोराहरू थिए । जेठा यति थिए भने ययाती माहिला थिए यसरी नै संयाती, आयति, वियति र कृति ययातिका भाइहरू थिए । राजा नहुषले राज्य सञ्चालनको भार यतिलाई दिन चाहन्थे । यतिले राज्य सञ्चालन गर्ने काम लिन मानेन् । यतिलाई राज्य सञ्चालनमा हुने विविध खाले कुकर्महरू, भोगविलासका कर्महरूलाई उनले घृणा गर्दथे । उनले आफ्नै बाबु नहुषले शक्तिको आडमा इन्द्रकी पत्नी शचीसँग सहवास गर्ने कुप्रयास गरे ।

पीडाको बखान

आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझपख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र यो बाटो भएर बग्छ । हाम्रो खेतमा सिँचाइ हुँदैन । कारण, नहर खेतभन्दा दश/पन्ध्र फिट गहिरो छ ।

BishalDewal

निर्माताको अभिनय

‘आर्टिस मोड, रोल, एक्सन’ निर्देशकले नायकलाई आदेश दिए । नायकले भने अनुसार दुई प्रतिशत पनि अभिनय गर्न सकेन ।

निर्देशक अवाक भयो । नायक बम्कियो ‘म निर्माता हुँ, मैले लगानी गरेको छु, जसरी हुन्छ त्यसरी मलाई रोल खेलाऊ, अरू कुरा म जान्दिनँ ।

कानून लागू हुने देश

त्यसै दिनबाट मेरो बाहिरी संसार अँध्यारो भयो। हावा झै उड्ने मेरो मन कसरी थिग्रियो होला यत्तिका दस वर्ष? आफैंले बिताएका पलसँग पनि कति साँघुरो विश्वास?

साना थिए। कलिला थिए। भाँच्दा पिटिक्क भाँचिने इपिलका डाँक्ला-मेरी दुईवर्षे छोरी ज्योतिका कोमल अंगजस्तै। आज बयस्क भएछन्। मेरी ढुकढुकी ज्योति कत्री भैहोली? बयस्क भैसकी होली इपिलजस्तै बढेर ऊ या मेरो अभावमा पानी नपाएर सुकेका यी बकाइनाका विरुवाजस्तै भैहोली। उँभो बढ्न पनि त सहारा चाहिँदो रहेछ नि। नत्र एकै ठाउँका/एउटै उमेरका यी इपिल र बकाइनाका बोटमा किन यत्रो अन्तर?

पोष्टमार्टम रिपोर्ट

कोठा चिठिक्क मिलेको छ, खाट टेवल अनि सानो सुटकेस । कोठा मिलाउनलाई बढी मेहनत गरे जस्तो देखिन्छ ! टेवलमा सधैं झै किताव, छेउमा पानीको थर्मस अनि सिसाको गिलास । दुई जना पुलिस हातमा नेपाली कागज लिएर उसको कोठामा प्रवेश गर्दछन् । एक हुल जमात मानिस बाहिर कौतुहल्ताका साथ जिज्ञासु हुन्छन्, भनौ रमिते । म उसको अत्यन्त नजिकको साथी ठान्थे, हर कुरा मसँग साटछ भन्थे, तर आज यस्तो क्षण हुदा पनि म अज्ञानी भए । यसमा मेरो के दोष ? अहँ ! उसको पनि छैन ।

प्रतिकार

गाउँ छेवैको प्रहरी थाना सुनसान खडा छ । दुई युवती जम्ला हात गरिरहेका छन् । अगाडिको कुर्सीमा बस्न सकस मानिरहेकी हबल्दार दिदी अक्कनबक्क छिन् । वातावरणमा निर्जनता छाइरहेको छ ।

“चेलीहरू हो ! गर्नसम्म गरेछौँ । कानूनको मुखमै कालोमोसो दलेछौ । तिमीहरूलाई इज्जत नदिऊँ भने आफ्नो भूल स्वीकारेर कानूनको शरणमा आएका छौ । अर्कातिर आफ्नै विभागको धज्जी उडाउने काम गरेका छौ ।” हवल्दार आँखा मिच्दै थप्छिन्, “अरू हाकिमहरू अन्तै जानुभएको छ । यो थाना उहाँकै नेतृत्वमा थियो । उहाँ पछिको वरिष्ठ वरियाताक्रममा म नै पर्छु । अब म कसो गरूँ ?”

जालको कमाल

सुरजीतले खुसी हुँदै चिच्याए –“बा ए बा …!” घरको ढोका खोलेपछि बोल्दाबोल्दै सुरजीतको बोली रोकियो ।

काठको खटियामा सुतेका कनैयाले सुरजीततिर हेर्दै भने –“तँ खुसी हुनको कारण मलाई थाहा छ । तँ यस परीक्षामा पनि पहिला नै भइस् होइन ?”

सुरजीतले बाबुको निधार छाम्दै भने–“ला, तपाईंलाई त ज्वरो पो आएछ । ओठमुख पनि सुकेछ पानी खाने हो ?”

KhemrajPokharel

मिता

मैले नुर अलिको म्यासेजलाई पुरापुर बेवास्था गरेको थिएँ । तर उसले आफ्नो घर सप्तरी बताएपछि मात्र रेस्पोन्स गरेको थिएँ । म्यासेञ्जरमा तिलाठी घर बताएथ्यो नुर अलिले । ऊ नर्थ सान एन्टोनियोमा बस्दो रहेछ । म साउथमा । यो सुनेर ऊ निकै खुसी भयो । मलाई भेट्न निकै जिद्दी गर्यो । उसले यसरी जिद्दी गर्यो मानौ म कुनै मिथिला मुलुकमा आतिथ्य ग्रहण गर्दै छु । जिद्दीमा शौहाद्र्रता थियो, कृत्रिमता थिएन ।

भाइटीका

सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएर बेहोस भएकी भुजेल्नी पुत्रिरत्नको मुखै नदेखी भगवानकी प्यारी हुन पुग्छिन् । एकातिर पत्नी वियोगले बिक्षिप्त बनेको भुजेल माहिलो लासको छेउमा बसेर फुटीफुटी रुन्छ भने अर्कातिर मातृवियोगले तड्पिरहेको पाँच वर्षे यम लडिबुडी गर्दै चिच्याउन थाल्छ । बुहारीको अकालमै ज्यान गएकाले बुढी सासू पनि भक्कानिदै रुन्छिन् ।

विद्रोहको रात

आज धर्ती दुख्यो । माटो दुख्यो । बैरी हावाको कुत्सित मनसायले आफ्नो अधिकार ! अधिकार ! भनी भजाएर साम्प्रदायिकता हुल्याइरहेछन् । स्वाभिमान भनी मनको टुटुल्को उठ्ने गरी गिजोलिरहेछन् । सबैलाई एकजुट हुन दिन उनीहरु कहिल्यै चाहँदैनन् । चेतनाको प्रवाहलाई विजोग बनाउनु नै शासकहरुको रणनीति भइरहेको छ । कहिल्यै भाषिक अधिकार भनेर जनाताहरु विभाजित हुन्छन् अनि त उनीहरु दङ्ग हुन्छन् । त्यस्तै कहिल्यै प्रादेशिक अधिकार भन्दा पनि उनीहरु झन् दङ्ग हुन्छन् ।

DhamalaBhattarai

दाइजो

त्यतिबेला हामी सानै थियौँ । हाम्रो गाउँमा एक जना अधवैंसे मान्छे साइकलमा टीका–धागो बेच्न आउँथे । उनी आफ्नो पुख्र्यौली घर सप्तरी जिल्ला बताउँथे । झापातिर व्यापार गर्न आएको भन्थे । उनलाई हामी सम्मानले ‘भैया’ भनेर बोलाउँथ्यौँ । तर, बुबाले उनी तिमीहरूभन्दा ठुलो मान्छे भएकाले काका भनेर बोलाउनुपर्छ भन्नुहुन्थ्यो । हामीले काका भनेर बोलाउँदा उनी एकदमै बुढो भएको अनुभव गर्थे । हाम्रो भाषामा दाजुलाई ‘भैया’ भनेर बोलाइन्छ, त्यसैले तिमीहरूले मलाई भैया नै भनेर बोलाउनु भन्थे ।

PrabhatSubedi

रहस्यमय जीव (विज्ञान कथा)

ब्रह्माण्ड धेरै ठुलो छ । ब्रह्माण्डभित्र धेरै रहस्यमय कुराहरू लुकेका छन् । ब्रह्माण्ड आफैं एक रहस्य हो ।.यसको अन्त छैन । यो अनन्त छ । ब्रह्माण्डभित्र अनन्त आकाशगंगा अनन्त ग्रहहरू र असीमित ताराहरू छन् तर हामी केवल एउटा ग्रहको बारेमा जान्छौं, जसमा जीवन छ । हो यो पृथ्वी हो । तर अन्य ग्रहहरू पनि छन् जुनमा जीवन हुनसक्छ ।

यो ३०औँं शताब्दी हो । यहाँको प्रविधि एकदम उन्नत छ । यस युगमा व्यक्तिले हातले काम गर्नुपर्दैन । सबै कामहरू तिनीहरूका सहायक रोबोटहरूद्वारा गरिन्छ ।

रारा र चन्दन

२०४६ सालको बहुदल घोषणापछि राजनीतिक पार्टीहरूको राजकाज सुरु भयो । प्रायः राजनीतिज्ञहरू आफ्नो सङ्घर्षको बदलामा राजसी सुखभोगमा लिप्त भए । सायद भागबन्डा नमिलेको हुनसक्छ, तर केही राजनीतिज्ञहरूले आफ्नो लक्ष्य देश बनाउनु र जनताको जीवन स्तर उकास्नु हो भनेर बाउँटिए । तिनले दुर्गममा पसेर माओवादको नाममा सशस्त्र सङ्घर्ष सुरु गरे । यो आन्दोलन सरकार र माओवादीबीच पूरै दश वर्ष चल्यो । यस आन्दोलनमा सबैभन्दा बढी सर्वसाधारण पेलानमा परे । धेरैको ज्यान गयो ।

गौँथलीको गुँड

विश्व मानव जगत् कोरोनाको आगोमा पिल्सिइरहेको थियो । बुद्धको देशमा पनि युद्धको ऐलान दिँदै कोरोना भाइरस कोभीड १९ले उग्र रूप लिँदै थियो । सारा प्रकृति उही र उस्तै गतिमा चलिरहेको थियो । मात्र मान्छे घररूपी सुन्दर जेलमा बन्द थियो । सडकमा चहलपहल मन्द थियो । लकडाउनको शून्यता चारैतिर नाचिरहेकै थियो । ठिक त्यही समयमा कुसुमपुरीको भीमसेन टोलमा एउटा घरको अर्ध खुला सटरभित्र एक जोडी गौँथली भित्रिन्छ ।

फरक

ठुलाहरू भन्दै थिए -“सिंहदरबार गाउँ गाउँमा पुर्‍याउछौँ ।”

नभन्दै मौका मिल्नासाथ ठुलाले द्रुतगतिमा गाउँ गाउँमा सिंहदरबार लगे ।

कुनै पनि काम समयमा पूरा नभइरहेकोमा यो काम चाहिं समय अगावै सम्पन्न भएकोमा ठुलाले प्रशंसा ब्यौछार गराए ।

पुनर्मिलन

गर्मीमास । दिनभर जंगलमा आरा काटेर साँझपख लखतरान भएर घर आइपुग्दा आफ्नी स्वास्नीलाई घरमा नदेखेपछि हर्कमान रिसले भाउन्न हुन्छ । घरको चप्पा चप्पा छान मार्दा पनि केही खानेकुरो हात नलागेपछि स्वास्नीले बजार लगेर बेच्न ठिक्क पारेका खोयाबिर्के रक्सीका बोतलहरुमध्येका तीन बोतल रक्सी थकाई र भोकप्यासले रन्थनिएको हर्कमानले एकै सासमा तुर्याउँछ । फलस्वरुप नशाले उसलाई अनियन्त्रित बनाउँछ ।

बिहेको त्यो त्रास !

“अँ म त भगुसँगै बिहे गर्ने हो साह्रै मन” पर्‍यो भन्दै झन् गफ गर्न मच्चिइन् उनी (मेरो नाम भगवान भए पनि मामाघरमा सबैले भगु भन्नुहुन्थ्यो)। मलाई भने यत्री ठूली केटीले म जस्तो सानो केटासँग किन बिहे गर्छु भनेकी होली भनेर मनमनै चिन्ता पर्न थालेको थियो। उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म भने ११/१२ को त्यै पनि अलिक होचै थिएँ। उसले माया गरेर दिएका पाकेका बेलौती पनि मलाई फकाउन दिएजस्तो लाग्न थाल्यो। मलाई त साँचै उसले मसँग नै बिहे नगरी नछाड्ने भइ भने कसरी उसलाई दुलही बनाउने होला,दुलही भएपछि के गर्नु पर्ने हो भन्ने पनि थाहा नभएको त्यो उमेरमा एक्कासी आइलागेको यो टेन्सनले म भित्रभित्रै उकु

सोभ्नियोन

सोभ्नियोन विद्यालय तथा विश्वविद्यालयमा मेधावी थियो । ऊसँग सङ्गत गर्न मात्र पाउँदा पनि केटीहरु आफुलाई अहोभाग्य सम्झिन्थे । शिक्षकले सोधेका कठिनभन्दा कठिन प्रश्नहरु उसले सहजै उत्तर दिन्थ्यो । यसले गर्दा उसको विलक्षण प्रतिभा देखी शिक्षणसँस्थाले उसप्रति गर्व गथ्र्यो ।

यही कुरा विद्यालय तथा विश्वविद्यालयका दोस्रो भएकाहरु तथा अन्य विद्यार्थीहरुलाई जलन हुन्थ्यो ।

व्यापारिक प्रतिस्पर्धा

सारै दुःख भो पतिको निधनपछि हरिमायालाई । भएकी एक भर्खर आठ पुगरे नौमा हिँड्दै छे । छोरी सानै भएकोले हुर्काउन पढाउन अझ समस्या । तै सानोसानो घर भने थियो । यसैले डेराभाडा परेन । सानो नाङ्ले व्यापार थालिन् र एक दुई रुपियाँ कमाइ गरेर खाइनखाई जीवन धान्न थालिन् ।

हरिमायाले चिनेको मान्छे भएकोले एक दूध डेरीका मान्छेले घरबाटै दूध बेच्ने बन्दोबस्त गरिदिए । अलिक केही राम्रो हुन ता खोज्यो तर प्रतिश्पर्धा हुन सकेन सिधै पारिपट्टि अर्की साहूनीले उही व्यापार थालिन् ।

दन्ते किरा महापुराण

खुईया SSSs आइया आमै … तीन भुवन चौध लोक सबै देखिसके …..रातको आधा प्रहर देखि पिटिक्कै आखामा निन्द्रा छैन । तर यो दुखाइ नया र नौलो भन्ने चै पटक्कै हैन । मेरा जिजुहरु ले नि भोग्नु भयो अरे हजुरबुबा ले बुवाले अनि मैले पनि भोग्दै छु सायद आफ्नो दुख अरुको दुख भन्दा हजारौ गुणा ठूलो लाग्दो हो र त म एउटा खुट्टा काटिएको केशरकान्त कट्वालको अगाडि आफ्नो दात दुखाइलाइ बढावा दिदै छु ।