Skip to content

अनुभूति/मनोन्यास

आफ्नै कथा

आज मलाई अलिकति आफ्नै बारेमा बोल्न मन लाग्यो । र, बोलेँ ………………….

नातावाद, कृपावाद र चाकडीवादको अगाडि निष्ठावाद, इमान्दारवाद र कर्तव्यपरायणवादको केही जोर नचल्ने रहेछ । यसको सिकार म आफै भएको छु ।

२०३८ कार्तिकमा सरकारी सेवामा प्रवेश गरेर करिव १७ वर्ष गृह मन्त्रालय अन्तरगत, करिव २ वर्ष स्वास्थ्य अन्तरगत र हाल निर्वाचन आयोग अन्तरगत १५ औँ बर्ष चलिरहेको छ । यिनै निकायहरुमा मेरो जीवनका महत्वपूर्ण ३४ बसन्त पार भएका छन् । कमाउ अड्डाहरू पनि हुन्छन् भन्छन् तर आफूलाई कहिल्यै थाहा भएन ।

बुढेसकालमा क्याम्पस पढ्दा

पहिले जागिर अनुसारको पढाइ हुँदैनथ्यो । अहिले पढाइ अनुसारको जागिर हुँदैन । अर्थात् पहिले जागिर सस्तो र पढाइ महङ्गो थियो भने अहिले ठिक विपरित छ । पहिले मेट्रिक गर्ने विद्घान कहलिन्थ्यो भने अहिले स्नातकोत्तर डिग्री गर्नेको कुनै भाउ छैन, कसैले गन्दैन ।

५-६ पटक भर्ना हुँदै छाड्दै गरेको मैले त्यत्तिकै होइन । विएस्सी/विएड गरेर खरिदारस्तरको जागिर खाँदो म बबुरोलाई किन चाहियो स्नातकोत्तर डिग्री ? शाखा अधिकृत सरहको मा.वि. शिक्षक भएपछि भने मलाई स्नातकोत्तरको प्रमाणपत्र चाहियो । बढुवा हुनका अतिरिक्त उच्च मा.वि.का ११ र १२ कक्षा पढाउँन पनि मैले स्नातकोत्तर गर्नैपर्नै भयो । फेरि, समयको माग-“आजको जमानामा डिग्री नगर्ने मान्छे पनि के मान्छे ?”

एक अविस्मरणीय रात

जून बिनाको कालो रातमा मेघले गड्गडाहट बाजा बजाएको छ बर्षाले आफ्नो जलधारा केश फिजाई सक्दो नृत्यकला देखाएकी छ मलाई उसको केशको छिर्का पर्न बाट छेक्ने म माथिको जस्ता रहित छतलाई उसको नृत्य मंच बनाइ अनि घरीघरी आकाशकी बिजुली चम्कन्छे सायद त्यो सबै दृश्यलाई कैद गर्नको लागि आफ्नो नयनमा,चम्किलो प्रकाश लिएर साथमा म भने आफ्नो िबस्तारामा लम्पसार छु निद्रादेवीको प्रार्थना गर्छु कहिले उनी आउछिन भनि त्यसै माझ लामखुट्टेले यानीमाया भाकाको गीत गाउँदै आउछ, मलाइ कोट्टाएर बोलाउछ सायद यो नीशाचर रातको नृत्य नाटक हेर्नलाई म छुटेँ कि भनेर या यो रात बिताउन र उसको गीतको बोलमा मलाई नचाउन साथ मेरो खोज्दै होला।त्यसैले भाक्छ

संस्मरण–४४० (२०७१–०७–२४)

एकदिन म सपनामा सुतिरहेको थिएँ । सपनाको सपनामा मलाई पातले भन्यो – “म पात ! जीवनको सुरुवात । मनलाई आनन्दित बनाउने, घामबाट खाना लिएर विरुवालाई खुवाउने । फेरि हेर ! मेरो अर्को आयाम ‘म पात, जीवनको मध्ये । पानको पात वसन्त । मायाको सारा संसार बनाउन चाहने त्यसकारण यो मेरो प्रेमको टोकन ।’ फेरि मेरो अको आयाम हेर ‘ म पात । जीवनको अन्त्य । सुख्खा शिशिर । तरै पनि मलाई नै बाल्न दिई सबैको भोजन पाक गराई मिठ्याइ दिने ।’ फेरि हेर म पातको अर्को आयाम । ‘म पात । जति पनि म सृष्टि भएँ सबैमा म फरक । सृष्टिका यसलाई तुलना गरेर हेर । सबैका लागि यो एक उदाहरण । दैवको सिर्जनाभित्र सबै जीव भिन्न । कस्तो सबै आएब्स्ट्राक्ट कला । सबै जीवमा पनि छ । सबै मनुवामा पनि छ । तिमी मनुवामा पनि छ । सबै सृष्टि विभिन्नता तर एकता । त्यसैले सबै पात हुन् । मनन गर यो बात । कति राम्रो म पात । पात, पात, पात कति राम्रो मेरो बात ।”

आखिर किन उसले एक डलरमात्र माग्यो ?

संसारमा यस्ता धेरै मान्छे हुन्छन्, केही विशेष परिस्थिति वा विशेष चाखलाग्दा कुरा गर्दछन् । यस्ता कुरा कोहीलाई वास्ता हुदैन भने कोहीलाई सोच्न बाध्य बनाउदछ । दवाई पनि त्यस्तै हुन्छ, त्यही दवाई त्यही मात्रा कोहीलाई ट्याक्कै लाग्छ कोहीलाई समय लाग्छ वा लाग्न सक्छ । कुनै भाषण, अर्ती, सल्ला पनि कोहीलाई मन छुन्छ कुनैलाई मतलव नै हुदैन । गीत पनि त्यस्तै हुन्छ त्यही मेलोडीको गीत कोहीका आँखा रसाई दिन्छ, कोहीलाई सामन्यमात्र लाग्द छ । भजन पनि त्यस्तै हुन्छ, त्यही भजन कोहीलाई नशा लागेझैं लठ्ठ पारि दिन्छ भजनको रसस्वादनमा चुर्लुम्म डुब्दछन् भने कोहीलाई सामन्यलाग्द छ । मान्छेको अनुभूति पनि अनेक प्रकारका हुँदा रहेछन्, कसरी बयान गर्ने खै ?

यात्रा कथा

‘ग्रीन हाउस होटेल, लालगढ’ लेखेको भातघरमा आएर गाडी रोकियो | आफुलाई भुँडीमा हाल्नु भन्दा भएकोलाई व्यवस्थापन गर्न हतार थियो | गाडीबाट ओर्लिने बित्तिकै रातो अक्षरले शौचालय लेखिएको भित्तामा आँखा गयो तर अडिएन | त्यहि भित्तामा देखाइएको दिशानिर्देशन अनुसार बाटो लागेँ | पछाडि पट्टि पुग्दा गोडाचारेक केटाहरु भित्तै बगाउँला जस्तो गरि, पम्पिसेटले पानी फाले झैँ फालिरहेका थिए | महिला शौचालय थिएन |

लेख विदेश

अवसरको खोजी होस वा काम र दामको लागि होस नेपालका गाउँ गाउँबाट युवा युवतीहरू विदेशीने क्रम जारी छ । गाउँहरू लगभग युवा युवती बिहीन र केवल बृद्ध बृद्धाको थलो रहेको कुरा अब हाम्रा लागि नौलो रहेन । यो एउटा बिकराल समस्या पनि हो । यो नराम्रो पक्षसँगै यसको राम्रो पक्ष पनि छ । देशमा अर्थ भित्रिनुका साथ साथै कामदारहरू प्रशिक्षित पनि भैरहेछन । विकशित देशमा काम गर्दा नयाँ नयाँ प्रविधिवारे ज्ञान आर्जन गर्दै प्रशिक्षण प्राप्त गर्ने अवसर पाउछन । बिना लगानीमा प्रशिक्षण प्राप्त गरी फर्केर आई ती जानेका कुरा प्रयोगमा ल्याउन सक्छन । जसले गर्दा जीविकोपार्जनको लागि राम्रै सहयोग पुग्छ होला । यसले देश विकाशको लागि ठूलो टेवा मिल्छ । गाउँ गाउँबाट विकाश भए मात्र देश विकाश हुन्छ ।

ठूलो र असल मान्छे त्यतिकै भएको हुदैन ?

“भनिन्छ नि हुने बीरुवाको चिल्लो पात ” चिल्लो पात अर्थात स्वास्थ्य, निरोगी, तन्दुरुस्ती वा मल जल पुगेको, राम्रो स्याहार गरेको के शव्द प्रयोग गर्दा चित्त बुझ्दछ प्रयोग गर्दा हुन्छ । भन्न खोजिएको चाहि माथि आउने बीरुवा वा बालक शुरुदेखि नै राम्रो हुनु जरुरी छ । बाल्यअवस्था राम्रा नभएकाहरू के ठूला मान्छे भएका छैनन् ? प्रश्न उठ्न सक्छ, छन् सीमित, जस्तो पुरुषमा रत्नाकर डाकूबाट ऋषि बनेको र महिलामा फूलनदेवी डाकूबाट बेण्डिट क्वीन देखी एम. पि. हुदै मन्त्रीसम्म भएको उदाहरण नभएका होइनन् । त्यसमा पनि ठूला र असल भन्ने कुरा अलग हो । ती विशेष उदाहरणमा पर्दछन सामन्यमा होइन । जेनेरल टु स्पेसिफिकमा जांदा त्यस्तो उदाहरण दिन सकिन्छ तर पनि तिनीहरू किन कुबाटो समाते स्वस्पूर्त हो कि बाध्यात्मक हो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । बाध्यात्मकमा मर्ता क्या नही कर्ता भन्ने ढिपी आउन सक्छ त्यसकारण त्यस्तो बाटो समातेको हुन सक्छ तर चुरो कुरो त क्षमता हुनै पर्छ अनि परिश्रम र विश्वास भएकै हुन्छ ।

अठार अठारकै कारण दुखद अन्त्य भएको हो त यिनको ?

पश्चिमी अफ्रिकी मुलूक लाईबेरियामा पर्ने पन्ध्र काउण्टी मध्येको एक हो बोमी । राजधानी मन्रोभिया झण्डै सत्तरी कि.मी. पूर्व, दक्षिण एटलान्टिक महासागर, उत्तरमा बोप्पुलु र यसको पश्चिममा ग्राण्डक्याप माउण्ट काउण्टी पर्दछ । ई.स. १९९७ — २००३ ताका चाल्र्स टेलरको राष्ट्रपतीय कार्यकालमा पनि यो काउण्टी राम्ररी प्रभावित भएको थियो । क्षेत्रफलको हिसावले सानै भएनि हालको राष्ट्रपति एलन जोन्सन सर्लिफको गृह क्षेत्र भएको हुँदा महत्व राख्दछ ।

मृत्यु

मेरो सानैदेखिको सपना अमेरिका थिएन । यूरोपका कुनै चामत्कारिक विकाश भएका देशको कल्पना पनि थिएन । त्यहीँ पर्तिर सीमाना जोडिएको छिमेकी देश भारत पनि थिएन । आफ्नो जिल्ला छोडेर अर्को जिल्ला वा क्षेत्रमा गएर बस्ने चाहना पनि थिएन । गाउँकै माटो सुँघियो, लडीबडी गरियो, गाउँबेशीका गीतले बाल्यकालका दिनहरू बिते । जननीले यहीं खसालिन् । अरु पनि यहीं खसे । यहीं मरे । म पनि त्यही त हो भन्ने लाग्थ्यो । अँझ मलाई त के पनि लाग्थ्यो भने मेरा सारा परिवार आफन्तहरूसँग वरिपरि बसौं, मीठो मसिनो जो मिल्छ त्यही खाउँ । कसैको मृत्यु नहोस्, कसैलाई दु:खान्त कहानीको सामना गर्नु नपरोस् । होइन ! परमेश्वरको विधान नै मान्ने हो भने पनि मेरा अग्रज जहाँ जान्छन्, म पनि त्यहीँ जाउँ, उनीहरू जो बाटोमा हिंडे मेरो बाटो त्यही होस् । असल र परोपकारी काम मात्र गरौँ । तर त्यसो नहुने रहेछ । म बालक हुँदा डाँडाका घाम भएकाहरू एक पछि अर्को हुदैं गए । जो जवानी थिए तिनीहरू बूढाबूढी हुदैं गए र धमाधम मानो चामल बिसाउन लागे । समय चक्र र जीवन चक्र एकै जस्तो हो रहेछ ।

सगरमाथा

सगरमाथा विजय दिवस २९ मे
र भन्ने गरेको छु सगरमाथा मेरो देशमा पर्छ ़़़़़़़़़……………
—————————-
सन् २०१३ को मे महिनाको दिन चाइना एयरलाइनस बाट चीनको सांघाई एयरपोर्ट हुदै भारतको नया दिल्ली जाँदा इमिग्रेशन अफिसरले हाम्रो पासपोर्ट मागे जो इमिग्रेशन नियम कानून भित्र पर्ने कुरा हो |

भगवान बुद्ध र आजको दुखद स्थिति

जीवन एक तत्व हो। तत्व तत्वबिच द्धान्द्ध भइरहन्छ। प्राण तत्व, प्रकाश तत्व, वायु तत्व, जल तत्व, थल तत्व, ध्वनि तत्व, आकास तत्व नै प्रमुख हुन। यी तत्व-तत्वबिच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाव रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरू इस्वर भेटाउन सकेका छैनन। तत्व नै इस्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिशाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सबै तत्वको अन्बेषण गर्न सक्द्रैन। जस्ले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै जस्ले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ।

प्रज्ञाप्रतिष्ठानमा मेरा कर्म

२०६६ माघ १९।

त्यो दिन कुन बार पर्‍यो, सम्झिनँ। बिहान साहित्यिक मित्र सावित्री मल्लले फोन गर्नुभएको थियो, दिउँसो एकछिन मकहाँ आउन मन लाग्यो भनेर।

भो संस्थागत आर्थिक सहयोग चाहिएन

दुर्गम गाउको प्राथमिक विद्यालयमा पढाउछु । मेरो विद्यालय र गाउँघरको नाजुक अवस्था तथा आफ्नो दायित्व दाज्छु मन बुझ्दैन । अनि मन वह लगाउन राम्रा राम्रा लेखकको राम्रा र आदर्श पुस्तकहरू, जस्तै रविन्द्र मिश्रको ‘खान पुगोस दिन पुगोस’, स्व. जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’, कर्ण शाक्यको ‘सोच’, तथा जोन उडको ‘माइक्रोसफ्टदेखि वाहुनडाँडासम्म’ पढ्छु ।

भाग लागेको जीवन

जब हप्तामा एकदिन शनिबार आँउछ । तब म रोमाञ्चले केही प्रफुल्ल बन्छु । शनिबार एक दिन, मेरो लागि आफ्नो मौलिक जीवन आफ्नै ढंगले भोग्ने दिन । म यो दिन अरु दिनभन्दा बढी स्वायत्तताको अनुभूत गर्छु । यस दिनलाई अलि छुट्टै ढंगले सदुपयोग गर्ने कोसिस गर्छु ।

अरु दिन मेरो लागि आफैं पराधीन हुने दिन । मैले आफ्नो स्वायत्तता गुमाएको दिन । आफू आफूबाटै वन्धित, वाधित र परतन्त्रमा जकडिएको दिन । चारैतिर सिक्री नै सिक्रीले कसिएको दिन । समयको विवश वाँधा हुनु मेरो नियति ।

अधुरो सिर्जनाका पीडाहरू

रोजीरोटी जुटाउने सुसे धन्दामा दिनका सुन्दर हिस्साहरू खर्च हुँदाछन् । सातामा एकदिन आउने शनिबार फाइल भित्र चेपिएका कागज पल्टाउछु । अधुरा कविताका पानाहरू, अधुरा कथा, अधुरा निबन्ध र अधुरा समीक्षाका थुप्रै रचनाहरू वर्षौंदेखि बेबारिसे भएर फाइलमा थुप्रिएका छन् । अधुरो सिर्जनाका पीडा छातीभरि चस्किन थाल्छन् । कुन क्षण् कुन संबेगमा बेगिएर लेखिएका ती अपुरा सिर्जना पूरा गर्ने आँट आउँदैन । तिनलाई पूरा गर्न पुन: भावनाको मुल फुट्नुपर्छ मुटुभित्र; अहँ फुट्दैन, फुट्दैन फुट्दैन । जति गर्दापनि फुट्दैन । कोसिस गरेर लेख्दापनि त्यो मात्र कृतिम बन्छ । प्राकृतिक मुटु रसाउदै रसाउन्न ।

तनाव ग्रुप अफ ल क्याम्पस

एस एल सी परीक्षा पछि मेरो पहिलो क्याम्पस पाटन संयुक्त थियो जहाँ विज्ञान विषय लिएर अध्ययन गरें । तर मैले देखेको र परिवारले सोचेको म डा बन्न सकिन त्याहाँबाट । एक वर्ष पढाइको नाममा रमाइलो र आवारागिरीमा वित्यो । त्यस्पछि बुवाले मलाई वकिल बनाउने इच्छा पाल्नुभएको रहेछ । ल क्याम्पसमा भर्ना गरिदिनु भयो । मैले यो अवसरलाई कुनै हालतमा नगुमाउने प्रण गरेको थिएँ ।